पुस ७ जुम्ला
जुम्ला चन्दननाथ नगरपालिका–१० का मक्कर बहादुर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारमा दाबी गर्नु भएको छ । कर्णाली प्रदेश भरिका २४ योग्य, क्षमतावान र अनुभवी व्यक्तिमध्ये उहाँले पनि दाबी गर्नु भएको हो । २०८० साल माघ ८ गते शिक्षा प्रशासन सेवाको उपसचिव पदबाट राजीनामा दिनु भएका भण्डारीले पार्टीले आह्वान गरेको समानुपाति उम्मेदवारमा दाबी गरेको बताउनु भयो ।
अनलाईनबाटै समानुपातिकको उम्मेदवारी दिएको उहाँको भनाइ छ । रास्वपाले समानुपातिक उम्मेदवारका लागि सूचना आह्वान गरेको थियो । पार्टीले आह्वान गरेको सूचना अनुसार योग्य र सांसदका लागि उपयुक्त पात्र भएकाले उम्मेदवारीमा दाबी गरेको भण्डारीले बताउनु भयो ।
२०८० साल माघ १२ गते उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनु भएको हो । भण्डारी रास्वपाका जिल्ला संयोजक समेत हुनुहुन्छ । पार्टीले आह्वान गरेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा दाबी सहित नाम दर्ता गराएको भण्डारीको भनाइ छ । लामो समयको शिक्षा प्रशासनको अनुभव, संगठन चलाउने क्षमता, जनतासँगको आत्मीय सम्बन्धलाई उहाँले आफ्नो बलिया पक्ष ठान्नु भएको छ ।

