Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - लम्पी स्किन नियन्त्रण गर्न गाईभैँसीलाई खोप लगाऔँ
    समाचार

    लम्पी स्किन नियन्त्रण गर्न गाईभैँसीलाई खोप लगाऔँ

    soraj shahiBy soraj shahiJuly 18, 2025Updated:July 18, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    cover
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन २ गते
    पछिल्लो समय देशका विभिन्न भागमा लम्पी स्किनको कारण गाईभैँसीमा सङ्क्रमण हुने क्रम बढ्दो छ।दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको सङ्क्रमणदर पुनः बढ्न थालेको हो । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा।नवराज श्रेष्ठ यो रोगले विशेषगरी, बर्खायाममा गाईभैँसीमा सङ्क्रमण गराउने बताउनुहुन्छ।चैत वैशाखपछि लामखुट्टे, किर्ना, भुसुनाको टोकाइबाट गाईभैँसीमा यो रोगको सङ्क्रमण बढ्ने डा श्रेष्ठको भनाइ छ।

    उहाँका अनुसार वैशाखदेखि असार अन्तिमसम्म १३ हजार भन्दा बढी गाईभैँसी यो रोगको सङ्क्रण पुष्टि भएको छ।यो अवधिमा सङ्क्रमण फैलिएका १२ जिल्लामा दुई सय गाईभैँसी मरिसकेका छन्। पशु चिकित्सक डा। श्रेष्ठ लम्पी स्किन गाईभैँसीमा किटाणुबाट लाग्ने रोग भएको बताउनुहुन्छ।यो रोगले गाईलाई बढी सङ्क्रमण गर्छ।

    नेपालमा लम्पी स्किन पहिलो पटक विसं २०७७ सालको साउन महिनामा मोरङमा पुष्टि भएको थियो।सोही समय १५, १६ वटा जिल्लामा सङ्क्रमण फैलिएको थियो।पशु सेवा विभागको तथ्याङ्क अनुसार अहिलेसम्म आर्थिक वर्ष २०७९र०८० मा लम्पी स्किनले सबैभन्दा बढी ६५ हजार गाईभैँसी मरेका थिए।उक्त अवधिमा ७७ जिल्लामा यो रोग फैलिएको थियो।

    सङ्क्रमित पशुको सिङ्गान, र्‍याल, सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका पशु, सङ्क्रमित पशुसँग लसपस भएको दानापानी, सोत्तरबाट यो रोग एक पशुबाट अर्कोमा सर्ने गर्छ । उच्च ज्वरो आउने, छालामा गाँठागुठी आउँने, गिर्खा फुटेर गहिरो घाउ हुने, घाउमा कीरा पर्ने यो रोगका प्रमुख लक्षण हुन्।

    टाउकोदेखि शरीरका छालामा गिर्खा आउने गर्छ।विस्तारै गिर्खा पाकेर घाउ हुने र सङ्क्रमण हुने, गर्भ तुहिने, सङ्क्रमितको मुखबाट र्‍याल निस्कने, खुट्टाका जोर्नी सुनिने, पानी जम्ने, थुनमा घाउ हुने, आँखामा चिप्रा लाग्ने, गोबर तथा पिसाबमा रगत देखिने जस्ता लक्षण देखिने गर्छन् ।यो रोग लागेपछि निको हुन तीनदेखि एक महिना समय लाग्ने गर्छ।

    यो बाहेक रोग लागेका गाईभैँसीले दाना पानी कम खानुका साथै दुधको उत्पादन घट्ने गर्छ।जति छिटो उपचार गर्‍यो त्यती नै जटिलता कम हुने गर्छ ।डा। श्रेष्ठका अनुसार लम्की स्किन लक्षणका आधारमा उपचार गरिन्छ।यो रोग पशुबाट मानिसमा नसरे पनि सङ्क्रमित पशुको दुध र मासुको सेवन नगर्न चिकित्सकको सुझाव छ।

    रोग लाग्न नदिन ‍‍‍ सङ्क्रमण फैलिएको क्षेत्रमा पशुलाई सामूहिक चरनमा नलैजान उहाँले आग्रह गर्नुभयो।रोग नियन्त्रण गर्न खोरमा भएको पशुलाई खोप लगाउन र रोग लागेको भए खरिद बिक्री नगर्न उहाँको सुझाव छ।
    स्रोत ः गोरखापत्र

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    soraj shahi
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.