मङ्सिर ९ जुम्ला
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । जुम्लामा र्यालीको आयोजना गर्दै अभियानको सुरुवात गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र वहादुर शाही लगायतका व्यक्तिहरूको सहभागितामा अभियान सुरु गरिएको छ । विश्वभर मनाइने यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम सहित सञ्चालन हुने राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य)ले बताउनु भयो ।
“प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ अभियानको सुरुवात भएको छ । लैङ्गिक हिंसाको अन्त्य घरबाट सुरुवात गर्नु पर्ने आचार्यको भनाइ छ । उहाँले लैङ्गिक हिंसाले समाज विकासमा बाधा पुगेको बताउनु भयो । यस्तै कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र वहादुर शाहीले लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिनु पर्ने औँल्याउनु भयो । लैङ्गिक हिंसा अन्त्यका लागि सामुहिक आवाज बुलन्द बनाउँदै समानता, सम्मान र मर्यादापूर्ण समाज निर्माण अभियानको मुल उद्देश्य रहेको उहाँको भनाइ छ ।
महिला र पुरुषका बिचमा हुने असमानतालाई न्युनिकरण गर्नु पर्छ । लैङ्गिक हिंसाको फरक रुपले द्धन्द्ध सृजना हुने शाहीले बताउनु भयो । दिवस मार्फत हिंसा न्युनिकरण, जनचेतना अभिवृद्धि, समुदायसँग समन्वय तथा पीडितमैत्री सेवा–सुविधामा पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सामुहिक प्रतिबद्धता बिना लैङ्गिक हिंसा अन्त्य सम्भव नहुने भन्दै समुदाय, संस्था र सरकारबीचको संयुक्त प्रयासले मात्र दिगो परिवर्तन ल्याउन सकिने चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा थापाले बताउनु भयो । १६ दिने अभियानले समाजलाई संवेदनशील, उत्तरदायी र हिंसा रहित बनाउने दिशामा योगदान पु¥याउने विश्वास गरिएको उहाँको भनाइ छ ।
महिलामाथि हुने घरेलु तथा सार्वजनिक हिंसा, दुव्र्यवहार, यौनजन्य दमन, मानव बेचबिखन जस्ता अपराध रोकथाम र पीडितको संरक्षणका लागि विश्वव्यापी रूपमा सञ्चालन हुने यो अभियान नेपालभर पनि विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ । अभियान डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन सम्पन्न हुनेछ ।

