Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - श्रम गरे पनि ज्याला नपाएको गुनासो
    समाचार

    श्रम गरे पनि ज्याला नपाएको गुनासो

    soraj shahiBy soraj shahiJuly 18, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    518340388 1062393909419557 7973773738874514870 n
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ठेकेदार सम्पर्क विहीन

    साउन ३ जुम्ला
    तिला गाउँपालिका–४ नुवाकोटका दलबहादुर नेपाली सहितका कामदारहरूले आफुहरूले गरेको श्रमको ज्याला अहिलेसम्म नपाएको गुनासो गरेका छन् । कामदारहरूका अनुसार उनीहरूले डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–२ झ्याकोटमा विद्यालय भवन निर्माण र जुम्लाको सिँजा गाउँपालिकाको जाँचमा खानेपानी योजना निर्माण कार्य गरेका थिए ।

    तर, त्यसको पारिश्रमिक अहिलेसम्म नपाएको उनीहरूको आरोप छ । कामदार दलबहादुर नेपालीका अनुसार डोल्पामा २०८० सालमा गरिएको कामको साढे ३ लाख रुपैयाँ र सिँजामा २०८१ सालमा गरिएको कामको ६ लाख ९५ हजार रुपैयाँ ठेकेदारले अहिलेसम्म नबुझाएको बताउनु भयो ।

    “डोल्पामा ४० जना र सिँजामा ३१ जना गरी कुल ७१ कामदारले पारिश्रमिक पाउन बाँकी रहेको नेपालीको भनाइ छ । उहाँका अनुसार जाजरकोटका राजेन्द्र रसाइली नाम गरेका ठेकेदारले दुईवटै स्थानमा काम गराएर पैसा नदिई हाल सम्पर्कविहीन भएको आरोप लगाउनु भयो । कामदारहरूले सम्बन्धित निकायसँग न्याय माग्दै ठेकेदार विरुद्ध छानबिन र कारबाहीको माग गरेका छन् ।

    श्रमको मूल्य नपाएर अन्यायमा परेका कामदारहरूले पत्रकारहरू मार्फत न्याय खोज्ने प्रयास थालेका छन् । काम गरेर पनि पारिश्रमिक नपाउनु मजदुर माथिको अन्याय भएको दलबहादुर नेपालीको भनाइ छ । उहाँले ठेकेदार विरुद्ध सम्बन्धित निकायमा आवाज उठाउन पत्रकारहरूलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

    कामदारहरूले ठेकेदारलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ठेकेदार रसाइली हाल सम्पर्कविहीन रहेको कामदारहरूको बताएका छन् । “फोन गर्दा पनि उठाउँदैनन्, पैसा नदिई भाग्नु भएको छ” दलबहादुर नेपालीले बताउनु भयो । उहाँले थप्नुभयो, श्रम गरेर पेट पाल्ने मजदुरमाथि अन्याय भएको छ । यस्तो अवस्थाको विरुद्धमा पत्रकार, नागरिक समाज र राज्यले आवाज उठाउई दिनु पर्ने उहाँको भनाइ छ ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    soraj shahi
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.