Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - राजनीति - सिँजा क्षेत्रमा इन्टरनेट सेवा नहुँदा जनजीवन प्रभावित
    राजनीति

    सिँजा क्षेत्रमा इन्टरनेट सेवा नहुँदा जनजीवन प्रभावित

    naurate nepaliBy naurate nepaliOctober 8, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    sinja narakoat jumla naurate
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    12 / 100
    Powered by Rank Math SEO
    SEO Score

    असोज २२ जुम्ला
    जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा अहिलेसम्म इन्टरनेट सेवा पुग्न सकेको छैन् । इन्टरनेट सेवा नहुँदा स्थानीय समुदाय, विद्यालय तथा वडा कार्यालयहरूले दैनिक प्रशासनिक र शैक्षिक कार्य गर्न समस्या भोगिरहेका छन् । स्थानीयले फोन तथा इन्टरनेट दुवै सेवामा समस्या हुने गरेका बताएका छन् । विद्यालयहरूले अनलाइन फर्म भर्ने, शैक्षिक विवरण पठाउने जस्ता काममा कठिनाइ झेल्नु परेको छ ।

    त्यस्तै, वडा कार्यालयहरूले पनि विभिन्न पत्राचार र अनलाइन प्रणालीमार्फत गरिने सरकारी काम गर्न नपाउँदा सेवा प्रवाह प्रभावित भएको बताएका छन् । शान्ति जन आधारभुत विद्यालयका प्रधानाध्यापक प्रमान बहादुर रोकायाले गाउँमा इन्टरनेट त के मोबाईलमा नेटवर्कको सिग्नल समेत स्थिर नभएको बताउनु भयो । उहाँले भन्नुभयो, सामान्य फोन गर्न पनि निकै समस्या हुन्छ । कहिलेकाँही फोन लागे पनि आवाज काटिने वा नबुझिने हुन्छ ।

    प्रधानाध्यापक रोकायाले नेताहरूले इन्टरनेट सेवा ल्याउने बाचा धेरै गरे पनि अहिलेसम्म त्यो केवल बाचामै सिमित रहेको बताउनु भयो । उहाँका अनुसार विद्यालयका अनलाइन कार्यक्रम र शैक्षिक रिपोर्टिङ ठप्प अवस्थामा छन् । स्थानीयवासीले पनि सञ्चार सेवाको अभावमा सूचना आदान–प्रदान र आपतकालिन सम्पर्कमा कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै चाँडै इन्टरनेट र स्थिर मोबाइल सेवा विस्तार गर्न माग गरेका छन् ।

    सिँजा गाउँपालिका–६ का वडाध्यक्ष लाल बहादुर बुढाले इन्टरनेट खोज्दै जनताको सेवा दिन नराकोटबजार र जुम्ला बजार धाउनु पर्ने अवस्था रहेको सुनाउनु भयो । वडा कार्यालयमा नेटवर्क आएपनि काम गर्दैन् । कहिलेकाँही नेटवर्क आउने ठाउँमा पुगेर मात्रै अनलाइन काम गर्नु पर्ने अवस्था रहेको बुढाको भनाइ छ । स्थानीय सर्जुन रोकायाका अनुसार सिँजाको माईथाप्ला टावर नै स्थानीयका लागि समस्या बनेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, फोन राम्रोसँग चल्दैन, नेटवर्क पनि आउँदैन् । सरकारी निकायले सिँजालाई प्रविधिको दृष्टिले पछाडि पारेका छन् । जनप्रतिनिधिहरुलाई इन्टरनेट सेवा सञ्चालनका लागि पहल गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । इन्टरनेट नहुँदा नागरिकता, सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता लगायतका अनलाइन प्रणालीबाट हुने कामहरुमा ढिलो भइरहेको छ ।

    नेपाल टेलिकम जुम्ला शाखाका प्रमुख नरहरि नेपालले सिँजामा इन्टरनेट र नेटवर्कको समस्याका बारेमा औपचारिक रूपमा जानकारी नभएको बताउनु भयो । सिँजा क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गर्ने उहाँको भनाइ छ । डिजिटल नेपाल अभियानको चर्चा चलि रहेका बेला सिँजाका जनताले अझै पनि नेटवर्कमा समस्या भोग्नु पर्ने बाध्यता रहेको छ ।

    डिजिटल नेपालको सपना पुरा हुन हिमाली तथा पहाडी क्षेत्रका बस्तिहरूमा इन्टरनेट सेवा स्थायी रूपमा पुग्न जरुरीे छ । स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै चाँडै इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन् ।

    ताजा खबर मुख्य समाचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    naurate nepali
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.