Close Menu
    लोकप्रिय समाचार

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    What's Hot

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    Subscribe
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home - समाचार - सिलाई कटाईबाट आत्म निर्भर बन्दै जुम्लाको पातरासीका महिलाहरु
    समाचार

    सिलाई कटाईबाट आत्म निर्भर बन्दै जुम्लाको पातरासीका महिलाहरु

    karnaliajaBy karnaliajaDecember 15, 2025Updated:December 15, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Messenger creation 403076A2 3866 4654 B84A 56213FCEC88A
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    10 / 100
    Powered by Rank Math SEO
    SEO Score

    कृष्णमाया उपाध्याय

    मंसिर, २९ जुम्ला ।

    जुम्ला । जुम्लाको पातरासी गाउँपालिकाका महिलाहरु सिलाई कटाई व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । पातरासी गाउँपालिकाको चुकेनी साना जलविद्युत आयोजना निर्माण पश्चात त्यहाँको बत्ती प्रयोग गरेर सिलाई कटाइ गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएको बताएका हुन् ।

    पहिला हाते मेसिन मार्फत कपडा सिलाउँदा भने जस्तो आम्दानी गर्न नसकेपनि अहिले बत्तीबाट चल्ने मेसिन मार्फत कपडा सिलाउँन पाउँदा भने जस्तो आम्दानी गर्न सफल भएको पातरासी गाउँपालिकाको लासी बजारमा विगत ७ वर्ष देखि यता सिलाई कटाई व्यवसाय गर्दै आएकी सम्झना बुढाले बताइन् ।

    Messenger creation E2A97C6D 1114 4E87 9391 F2242D1477EB

    सम्झना मात्र होइनन् पातरासीको लासी बजारमा उनि जस्तै १४ जना महिलाहरुले सिलाई कटाई व्यवसाय गर्दै आएका छन् । उनिहरु पहिला कृषि व्यवसायमा आवद्ध रहेको समयमा आर्थिक अभाव झेल्दै आएको भएपनि अहिले आफुलाई पैसा चाहिएको बेला कसैसँग हात थाप्न परेको छैन ।

    सिलाई कटाई व्यवसायबाट कमाएको पैसा घर खर्च गरेर पनि बचेको पैसा गाउँ घरमै सञ्चालन हुँदै आएका सहकारी संस्थाहरुमा समेत बचत गर्दै आएको उनिहरुले बताएका छन् ।

    Messenger creation 24F1F25D CE08 45F9 AB34 EC336D8009A8

    सम्झनाले भनिन्, पातरासी गाउँपालिकाका सबै गाउँका मानिसहरु कपडा सिलाउनको लागि आउने भएकाले अहिले आफुहरुले सिलाई कटाईबाट राम्रो आम्दानी गर्दै आएको बताएकी छन् । एक दिनमा ५ जोर जति लुगा सिलाउँदै आएको छु, यसले भने जस्तो आम्दानी गर्न पाउँदा आफ्नो घर खर्च चलाउन सहज भएको छ, उनले भनिन् ।

    कुर्ता सुरुवाल, चोलो, लगायतका महिलाहरुका लगाउने सबै प्रकारका कपडा र सामुदायिक विद्यालयका विद्यालय पोशाक समेत सिलाउँदै आएको हुनाले हामीले भने जस्तो आम्दानी गरिरहेका छौ, उनले भनिन् । यहाँ म मात्रै होइन मेरा १४ जना महिला साथीहरुले रिराज परियोजनाको सहयोगमा तालिम पाएर राम्रो आम्दानी गर्न सफल भएका छौ ।

    लुगा सिलाइबाट मासिक रुपमा २५ हजार देखि ३० हजार सम्म आम्दानी गर्न सफल भएको महिलाहरुले बताएका छन् । तिज, दसैँ, तिहार जस्ता चाडपर्वको समयमा त्यो भन्दा पनि धेरै कमाई गर्दै आएको उनिहरुको भनाई छ ।

    कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा र च्भ्च्ब्क् परियोजनाको सहयोगमा कककबत्तीबाट चल्ने टुकी मेसिनको सहयोग पाइसकेपछि आफुहरुलाई आर्थिक रुपमा मजबुद बन्न सहज भएको त्यहाँका महिलाहरुले बताएका छन् ।

    उनिहरुले भने हामीले सिलाई कटाइ मार्फत त राम्रो आम्दानी गरेका छौँ, तर मेसिन बिगे्रपछि बनाउने ठाउँ छैन, त्यसको लागि हामीलाई मेसिन बनाउने दक्ष जनशक्तीको व्यवस्था जिल्लामा भइदिएको भए सहज हुने बताएका छन्। मेसिन बिग्रेको खण्डमा सुर्खेत र नेपागंज समेत पठाउनु पर्ने समस्या रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    karnaliaja
    • Website

    Related Posts

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू

    जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम

    May 9, 2026

    महिन्द्रा कम्पनीका सवारी साधन प्रयोगकर्तासँग भेटघाट

    May 8, 2026

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 2026
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Facebook X (Twitter) Instagram Pinterest
    • गृहपृष्ठ
    • राजनीति
    • खेलकुद
    © 2026 ThemeSphere. Designed by ThemeSphere.

    Type above and press Enter to search. Press Esc to cancel.