Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    What's Hot
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • सुमात्रा परियोजनाको सामाजिक परीक्षण
    • एमालेको चुनावी बाचा–पत्र सार्वजनिक
    • एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने
    • चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह
    • कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार
    • ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप
    • रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप
    • कांग्रेस जुम्लाको निर्वाचनको नेतृत्व सेजुवाललाई
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    हिमाली जिल्लामा पाइने गुची च्याउ लोप हुँदै

    naurate nepaliBy naurate nepaliOctober 9, 2025 समाचार No Comments4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    असोज २३ जुम्ला
    हिमाली जिल्लामा पछिल्ला वर्षहरूमा वनमा पाइने गुची च्याउ कम भेटिन थालेको छ । हिमाली क्षेत्रको चिसो हावापानीमा पाइने गुची च्याउ स्वादमा मिठो र पोषिलो हुन्छ । यो च्याउ सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेकका वनहरूमा वर्षा सुरु हुने समयमा पाइन्छ । जुम्लाका मानिसहरूले वनबाट टिपेर ल्याउँछन् र स्थानीय व्यापारीहरूलाई बेच्छन् । नेपालका व्यापारीहरूले भारतीय व्यापारीहरूलाई बेच्छन् । पोषण र औषधीय गुणले भरिपूर्ण यो च्याउको नेपाल, भारत र चीनमा धेरै माग छ ।

    तर, प्राकृतिक रूपमा मात्रै पाइने भएकाले यसको उत्पादन सीमित हुन्छ । संकलकहरूका अनुसार पछिल्ला वर्षहरूमा वनमा यो च्याउ पाइन छाडेको छ । गुच्ची च्याउ घटिरहेको हुनाले संकलक र सरकार दुवैको आम्दानी घटिरहेको छ । जुम्ला, पातारासी गाउँपालिका–४ डिल्लीचौरकी अन्दाजि ३६ वर्षिया निरू बुढा हरेक वर्ष गुच्ची च्याउ टिप्न जंगल जानुहुन्छ । दिनभरि खटेर ५० वटासम्म च्याउ भेटिने गरेको उहाँले बताउनुभयो ।

    सानैदेखि च्याउ टिप्दै आउनुभएको निरू बुढाको अनुभवमा पछिल्ला वर्षहरूमा च्याउ उम्रिन कम हुँदै गएको छ । यस वर्ष उहाँले २० हजार रुपियाँको मात्रै च्याउ बेच्नुभयो, जबकि तीन वर्ष अघिसम्म उहाँले ३५ हजार रुपियाँसम्मको च्याउ बेच्ने गर्नु भएको थियो । गुची च्याउ दुई किसिमको हुन्छ । सेतो र कालो । कालो गुच्ची च्याउ विशेष गरी ओसिलो ठाउँमा पाइन्छ भने, सेतो गुच्ची च्याउ घमाइलो पाखामा पाइन्छ । स्थानीय मानिसहरूले यसलाई टिप्ने, खाने र बेच्ने गर्छन् ।

    पातारासी गाउँपालिका–४, डिल्लीचौरकी लालदेवी बोहोराका अनुसार, घरबाट करिब दुई घण्टा हिँडेपछि जंगलमा गुची च्याउ भेटिने गरेको बताउनु भयो । उहाँ बालापनदेखि नै हरेक वर्ष भ्याएसम्म च्याउ टिप्न जंगल पुग्नुहुन्छ । च्याउ संकलकहरूको अनुभवमा, अहिले पहिले जति च्याउ भेटिँदैन । उनीहरूका अनुसार समयमा पानी नपर्ने मौसमी अवस्था, वन फँडानी र आगलागी जस्ता कारणले च्याउ कम हुन थालेको छ । यसको सीमित उत्पादन, संकलनको असजिलोपन र उच्च मागकै कारण मूल्य महँगो छ ।

    गुची च्याउ प्रति किलो दश हजार रुपियाँसम्ममा बिक्री हुन्छ र माग बढी हुँदा कहिलेकाही त्यसभन्दा पनि महँगो पर्न सक्छ । ढुसीको विकसित वर्गमा पर्ने गुची च्याउ सडेका वस्तु र रुखका मुढामा उम्रन्छ । समयमै टिप्न नसके यो कुहिएर जान्छ । जुम्लाका व्यापारी मीन बहादुर कठायतका अनुसार, यो च्याउको मुख्य बजार भारत र चीन हो ।

    चीनले आफ्नो अनुकूलता अनुसार मूल्य घटाउने र बढाउने गर्दा कहिलेकाहीँ व्यापारी र संकलक दुवैलाई घाटा हुने गरेको उहाँले बताउनुभयो । वन डिभिजन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढथापाका अनुसार, मौसमअनुसार वनमा च्याउको उत्पादन घट्ने वा बढ्ने भइरहेको बताउनु भयो । जुम्लाका सबै सामुदायिक वन क्षेत्रमा गुची च्याउ पाइने गरेको उहाँको भनाइ छ । सामुदायिक वनले उपभोक्तालाई च्याउ संकलन गर्न निःशुल्क अनुमति दिन्छन् ।

    संकलकहरूले जति च्याउ जम्मा गर्छन्, त्यहीअनुसार आम्दानी गर्छन् । एक सिजनमा किसानले कम्तीमा २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको पाइन्छ । सामुदायिक वन उपभोक्ता समूह जुम्लाका सचिव भगवती भण्डारीका अनुसार, पुस, माघमा हिउँ कम पर्ने र वैशाख (जेठमा पानी कम पर्ने भएकाले वनमा च्याउ कम पाइन थालेको बताउनु भयो । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने, कर्णाली प्रदेशमा गुची च्याउको संकलन र निकासीको परिमाणमा घटबढ भइरहेको छ ।

    कर्णाली प्रदेश वन निर्देशनालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७४र७५ मा हुम्ला, जुम्ला, डोल्पा, दैलेखबाट १ हजार ४४६ किलो गुच्ची च्याउ भारतमा निकासी भएको थियो । त्यसबाट ३ लाख ७१ हजार ७५० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७५÷७६ मा १ हजार ५७२ किलो गुची च्याउ निकासी गरी ७ लाख ४७ हजार ५० रुपैयाँ राजस्व संकलन भएको थियो ।

    कर्णाली प्रदेश वन निर्देशनालयका वरिष्ठ वन अधिकृत सूर्य प्रसाद शर्माका अनुसार, आर्थिक वर्ष २०७६÷७७ मा १२ लाख पाँच हजार र आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा कम १७ हजार ९५० रुपियाँ राजस्व च्याउ निकासीबापत संकलन भएको थियो । नेपालको हावापानीमा गुची च्याउ दुई हजार २ सय मिटर आसपासको उचाइमा धेरै पाइन्छ ।

    तर लेखोटहरूमा यो १८ सय मिटरदेखि तीन हजार पाँच सय मिटरसम्म पाइने कुरा पाइन्छ । चिस्यान भएको माटोमा आफैँ उम्रने यो च्याउमा प्रोटिन, भिटामिन, क्याल्सियम र फस्फोरस पाइन्छ । मौसममा हुने परिवर्तनका कारण जंगलमा पाइने यो च्याउको उत्पादन घटबढ हुँदा च्याउ टिपेर आम्दानी गर्नेहरूको जीविकोपार्जनमा असर परेको छ ।

    Post Views: 9

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    चुनावको बेला प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाको आग्रह

    कांग्रेसको दुई दिनमै दुई दर्जन बढी गाउँमा प्रचार

    ज्ञानेन्द्र शाहीले दुष्प्रचार गरेको रास्वपा उम्मेदवार कठायतको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    सुमात्रा परियोजनाको सामाजिक परीक्षण

    February 6, 20260 Views
    0 Views

    एमालेको चुनावी बाचा–पत्र सार्वजनिक

    February 5, 20260 Views
    0 Views

    एमाले तातोपानीको चुनावी कमाण्डरमा आदी प्रसाद न्यौपाने

    February 5, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.