पुस २१ जुम्ला
रैथाने सीप र कला संस्कृतिमा जीवन समर्पण गर्नु भएका जुम्ला चन्दननाथ नगरपालिका–३ डाँडाकोट निवासी डाक्टर गोविन्द नेपाली संस्कृति संरक्षणमा लाग्नु भएको छ । उहाँले काठमाण्डौँमा संग्रहालय बनाउनु भएको छ । देश भरीमा २२ वटा संग्रहालय उहाँकै डिजाईमा निमार्णधिन अवस्थामा छन् । साथै एक दर्जन भन्दा बढि पुस्तकहरु प्रकाशन गरि सक्नु भएको छ । हुड्को नाच नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण पहिचान हो ।
हुड्को नाच केवल मनोरञ्जनको साधन मात्र नभई समाजको इतिहास र चेतनालाई जीवन्त बनाउने माध्यमका रूपमा लिइन्छ । आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रभावका कारण हुड्को नाच लोपोन्मुख हुँदै गएको डाक्टर नेपालीको भनाइ छ । हालै मात्र उहाँको मानव समृद्धिका लागि रैथाने ज्ञान नामक पुस्तक बजारमा आएको छ । हुड्को नेपालको विशेषगरी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा प्रचलित प्राचीन लोक बाद्य हो । यो वीरगाथा, युद्धकथा, राजाहरूको प्रशंसा र सामाजिक घटनासँग जोडिँदै पुस्तौंदेखि मौखिक परम्परामा बाँचेको छ । हुड्को नाचमा १३ वटा वस्तुहरु प्रयोग हुने गर्दछ ।
जसमा हुडको, फेटा, ईटारुपी सुईटर, सुरुवाल, दउरा, तारे वेल्ड, हातमा लाउने पाउजु, नाडीमा लाउने पाउजु, कम्बर बाध्ने छट्क्या वेल्ट, फुक्का माला, तिरुपाते पटुका, फुका मौरे माला र सिन्धुरे सप्तरंगी वेल्ट हुन्छ । हुड्कोको छालामा पर्ने आघातले कम्पन उत्पन्न भई ध्वनि निस्कन्छ । यसबाट १६ ताल, ९ लय र ३ पाउजु ध्वानि उत्पन हुन्छ ।
यसले शरिरमा उर्जा, स्मृति बढाउने काम गर्दछ । वेदमा ऋग्वेद र सामवेदमा उल्लेखित ताल, नाद, वाद्य र छन्दको विस्मृतिरगँ यसको साईनो गासिएको हुन्छ । भावनात्मक र सांस्कृतिक सम्बन्ध देखिन्छ । हुड्के गीतहरू लोककाव्य हुन्छन् । यसले वीरता, प्रेम, दुःख–सुख, इतिहास र नेपाली लोकसाहित्य र सांस्कृतिकमा यसको महत्वुपुर्ण भुमिका रहेको पाइन्छ । हुड्को नाच नेपाली मौलिक पहिचानसँग जोडिएको अमूल्य सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण भावी पुस्ताका लागि अपरिहार्य देखिन्छ ।

