मंसिर १३ जुम्ला
नेकपा एमाले जुम्लाले एघारौं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ । खुला प्रतिनिधिमा नेकपा एमाले जिल्ला अध्यक्ष शान्तिलाल महत र पूर्व सांसद देविलाल थापा चयन हुनु भएको छ । महिला प्रतिनिधिमा मेनका पछाँई र शान्ता शाही, दलित प्रनितिधिमा राम वहादुर नेपाली र युवा प्रतिनिधिमा धिरज जैशी चयन भएको नेकपा एमाले जुम्लाका पार्टी सचिव मान वहादुर रोकायाले बताउनु भयो ।
रोकायाका अनुसार प्रतिनिधि छनोटका लागि धेरै उम्मेदवारी परे पनि अन्ततः सर्वसम्मत रूपमा निर्णय गरिएको हो । विवाद रहित तवरबाट नेकपा एमालेले प्रतिनिधि छनोट गरेको पार्टी अध्यक्ष महतले बताउनु भयो । उहाँले नेकपा एमाले प्रति भएको घेराबन्दिलाई तोड्नका लागि पार्टी एक ढिक्क भएर अघि बढेको बताउनु भयो ।
अहिले नेकपा एमाले प्रति देशि र विदेशी शक्तिको हमला भइरहेको छ । महतका अनुसार जुम्लाबाट महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले राष्ट्र र राष्ट्रियताको पक्षमा दृढ रहँदै मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । नेकपा एमालेको मंसिर २७–२९ मा ११ औँ राष्ट्रिय महाधिवेशन काठमाण्डौँमा हुँदैछ ।

