Author: Aakash Sunar

जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा हिमपात पर्न सुरु भएको छ। सोमबार राति सुरु भएको हिमपातले जुम्लाको उच्च पहाडी र हिमाली भेग सेताम्य बनेको छ। चिसो हावा र बाक्लो हुस्सुसँगै यहाँको मौसम झन् कठ्याङ्ग्रिँदो बन्दै गएको छ। जिल्लाको तातोपानी, गुठिचौर, पातारासी, सिन्जा, हिमा र चन्दननाथ नगरपालिकाका अग्ला डाँडा–काँडामा बाक्लो हिउँ जम्न थालेको छ। केही अग्ला अग्ला स्थानमा दुई देखि तीन इन्चसम्म हिउँ जमिसकेको स्थानीयवासीहरूले बताएका छन्। अग्ला डाँडाहरूमा हिमपात परिरहेको छ भने तल तल वर्षापनि परिरहेको छ चिसो बडे सगै बजारहरूमा पनि भीड घटेको र बिहान–बेलुका पसलहरू समयभन्दा अगाडि बन्द हुने क्रम बढेको छ। हिउँसँगै तापक्रम ह्वात्तै घटेको छ।…

Read More

जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा हिमपात पर्न सुरु भएको छ। सोमबार राति सुरु भएको हिमपातले जुम्लाको उच्च पहाडी र हिमाली भेग सेताम्य बनेको छ। चिसो हावा र बाक्लो हुस्सुसँगै यहाँको मौसम झन् कठ्याङ्ग्रिँदो बन्दै गएको छ। जिल्लाको तातोपानी, गुठिचौर, पातारासी, सिन्जा, हिमा र चन्दननाथ नगरपालिकाका अग्ला डाँडा–काँडामा बाक्लो हिउँ जम्न थालेको छ। केही अग्ला अग्ला स्थानमा दुई देखि तीन इन्चसम्म हिउँ जमिसकेको स्थानीयवासीहरूले बताएका छन्। अग्ला डाँडाहरूमा हिमपात परिरहेको छ भने तल तल वर्षापनि परिरहेको छ  चिसो बडे सगै बजारहरूमा पनि भीड घटेको र बिहान–बेलुका पसलहरू समयभन्दा अगाडि बन्द हुने क्रम बढेको छ। हिउँसँगै तापक्रम ह्वात्तै घटेको छ। जिल्ला…

Read More

जुम्ला । चन्दननाथ नगरपालिका–७ मिचा गाउँस्थित बाटुल सेना भन्ने ठाउँमा गए राति भालुको आक्रमण भएको छ।मिम बा रावलको स्वामित्वमा रहेको जय मालिका कृषि फर्ममा भालुको आक्रमण हुँदा ठूलो क्षति भएको हो। स्थानिय मिमबहादुर रावल (फर्मका मालिक) का भेडा गोठमा बसिरहेका फर्ममा भालुले आक्रमण गर्दा १५ देखि १६ वटा भेडा बेपत्ता भएका छन् भने एक भेडा मरेको अवस्थामा फेला परेको हो। स्थानीयका अनुसार, राति करिब मध्यराततिर भालु गोठमा पसेर भेडा तानेर लगेको अनुमान गरिएको छ। बिहान फर्मका मालिकले निरीक्षण गर्दा गोठ वरिपरि रगतका दाग र भालुको पाउका छाप भेटिएका थिए। भालुको आक्रमणका कारण स्थानीय किसानहरूमा त्रास फैलिएको छ। पछिल्ला वर्षहरूमा मिचा…

Read More

जुम्ला । हिमाली जिल्ला जुम्लामा चिसो बढ्न थालेसँगै जाडो मौसमले जनजीवन प्रभावित बनाउँदै लगेको छ। बिहान–बेलुकी बाक्लो हुस्सु, चिसो हावा र ओसको कारण सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ। विशेषगरी बिहान र साँझको समयमा हिउँ परेजस्तो हुस्सुले सडकमा आवागमनसमेत प्रभावित बनाएको छ। मौसम पूर्वानुमान शाखा जुम्लाका अनुसार पछिल्ला केही दिनयता दैनिक तापक्रम निरन्तर घट्दै गएको छ। राति तापक्रम शून्य डिग्री सेल्सियस नजिक पुग्ने र दिउँसो पनि १० डिग्रीभन्दा तल रहने गरेको जनाएको छ। तापक्रम घटेसँगै घरबाहिर निस्कँदा हात–खुट्टा सुन्निने, छालामा चिलाउने समस्या पनि देखिन थालेका छन्। चिसो बढेसँगै स्थानीयहरूले न्यानो कपडा, ब्लाङ्केट र आगो ताप्ने सामग्रीको जोहो गर्न थालेका छन्।…

Read More

जुम्ला । जुम्लामा पछिल्लो समय फुटबलप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ। अहिले गाउँका बालबालिकादेखि सहरका युवासम्म फुटबलप्रेमी बनेका छन्। बिहान सबेरै विद्यालय जाने विद्यार्थीहरू बेलुका विद्यालय सकेर फुटबल मैदानतर्फ दौडिन्छन् भने बृद्धहरूले पनि खेल हेर्न उत्साहका साथ मैदान पुग्ने गरेका छन्। हिउँदको ठण्डा मौसम होस् वा गर्मीको बेलुका, खेलमैदानमा युवाहरूको भिड देख्न सकिन्छ। स्थानीय विद्यालय, युवा क्लब र खेलप्रेमी समूहहरूले फुटबललाई व्यवस्थित बनाउन विभिन्न प्रयास गर्दै आएका छन्। गाउँ–गाउँमा हुने मैत्रीपूर्ण खेल र अन्तर–विद्यालय प्रतियोगिताले नयाँ खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ। जिल्ला मुख्यालय खलंगादेखि तातोपानी र हिमा गाउँपालिकासम्म  र गाउँहरूमा फुटबल प्रतियोगिता आयोजना हुँदै आएका छन्।…

Read More

जुम्ला । गैरकानूनी जुवातासको लत फेरि जुम्ला सदरमुकाममा फैलिन थालेको छ। यही क्रममा प्रहरीले शुक्रबार राति चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालमा छापा मार्दै सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीका अनुसार, गुप्त सूचनाका आधारमा गरिएको कारबाहीमा सात जना जुवाडे रंगेहात पक्राउ परेका हुन्। उनीहरूबाट नगद एक लाख उनान्सी हजार रुपैयाँभन्दा बढी बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जुवातास खेल्ने समूह स्थानीय देसाङ तामाङको घरमा लामो समयदेखि गोप्य रूपमा सक्रिय थियो। प्रहरीको भनाइमा, “पक्राउ परेकाहरूले नजिकका बस्तीहरूबाट मानिसहरू बोलाएर नियमित रूपमा जुवा खेल्ने गरेका थिए।” यस घटनापछि प्रहरीले जुम्ला बजार क्षेत्रमा…

Read More

जुम्ला । स्याउ विमाको भुक्तानीमा लगातार ढिलाइ भएको आरोपमा जुम्लास्थित शिखर इन्स्योरेन्स कम्पनीमा किसानहरूले पुनः तालाबन्दी गरेका छन्। कर्णालीका विभिन्न गाउँपालिकाबाट आएका किसानहरूले शुक्रबार बिहान कम्पनीको कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन्। उनीहरूले “विमा रकम तत्काल देऊ”, “किसानको हक सुनिश्चित गर” भन्ने नारासहित प्रदर्शनसमेत गरेका थिए। किसानहरूको भनाइअनुसार गत वर्ष स्याउ उत्पादनमा आएको असिना र हावाहुरीका कारण ठूलो क्षति भए पनि इन्स्योरेन्स कम्पनीले अहिलेसम्म क्षतिपूर्ति रकम वितरण गरेको छैन। किसानले पटक–पटक कार्यालय धाएका भए पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ। तालाबन्दीपछि स्थानीय प्रशासन र सुरक्षा निकायले घटनास्थल पुगेर किसानहरूलाई शान्त गर्न प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। यसअघि…

Read More

जुम्ला । खलंगा बजारबाट तलतिर जाँदै गरेको मोटरसाइकल मिचा नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आज दिउँसो भएको उक्त दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। प्राथमिक जानकारीअनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। घाइतेहरूको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

जुम्ला । नेपालको सर्वोच्च उचाइमा फल्ने ‘मार्सी धान’ काट्ने चटारो अहिले जुम्लाका किसानहरूमा छाएको छ। कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा फैलिएका खेतबारी अहिले सुनै सुन देखिन्छन्। बिहानको हुस्सु र चिसो हावाबीच किसानहरू खाँदामा हाँसो र उत्साहको माहोलमा धान काट्न व्यस्त छन्। जुम्लाको तातोपानी, गुठिचौर, पातारासी, चन्दननाथ, सिँजा र हाँकु क्षेत्रका किसानहरू अहिले खेतमै रमाइरहेका छन्। करिब २,५०० देखि ३,००० मिटर उचाइमा खेती हुने यो लाल रङको धान मार्सी ले जुम्लाको पहिचान मात्रै होइन, गौरव पनि बनेको छ। मार्सी धान नेपालकै सबैभन्दा उच्च उचाइमा फल्ने प्रजाति हो। यसको विशेषता भनेको चिसो मौसम र पहाडी भूगोलमा पनि राम्रोसँग फल्ने क्षमतामा छ।…

Read More

१. लिईपछिँ मेरो मन जफत गरेर । राख्नुपर्ने हो तिम्ले इज्जत गरेर ॥ टुक्रिएको भए पनि फित्ता गर अब । जसोतसो बाँच्छुपर्ला मर्मत गरेर ॥ २. समयसँगै बदलिने त्यो तिम्रो रहर केलाइँछ हो । सधैं खडेरी जमीनमा आखिर नहर केलाइँछ हो ॥ तिमिले नै भन्यौ हाम्रो माया अमृत सरह । आज फेरी त्यही माया जहर केलाइँछ हो ॥ ४. फेरी पनि तिम्रै मनमा बसाइ सर्न आए माया । आफन्तको खुशीयाली शत्रु मान्न आए माया ॥ जाल हुँदछ मायाको खेल भन्ने थाहा हुँदा पनि । मूर्ख भइ प्रेमको खेल फेरी हान्न आए माया ॥ ५. वल्ला आशा कैले कहीँ उतार चढाव…

Read More