Author: Aakash Sunar

जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ का युवा दीपक भट्टराई अहिले गाउँमा ‘नयाँ सोचका आविष्कारक’ का रूपमा परिचित भएका छन्। र गाउँमा चर्चाको विषय बनेका छन्। कारण हो उनले आफ्नै घरको छतमा बनाएको नयाँ उपकरण — ‘फिस्टेल एयर’ — अहिले सबैको ध्यान खिचिरहेको छ। दीपकले गाउँमै पाइने सामान्य सामग्री प्रयोग गरेर यो उपकरण तयार पारेका हुन्। टिनका पाइप, रबरका टुक्रा, प्लास्टिकका टुक्रा र फलामका साना भागहरू जोडेर उनले हावाको दबाब र तापक्रम सन्तुलनमा आधारित उपकरण बनाएका हुन्। प्रविधिक डिजाइन सबै कुरा दिपक ले गरेका छन्।र झ्याल ढोका पेन्टिङ कलर तिला गाउँपालिका ३ का धनलाल सार्की ले गरेका छन ।धनलाल भन्छन म…

Read More

जुम्ला । गुठिचौर गाउँपालिका–३ मा भालुको आक्रमणबाट आमा र छोरी गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब ७ बजे घाँस काट्न गएका बेला भालुले अचानक आक्रमण गरेको स्थानीयवासीहरूले जानकारी दिएका छन्। आक्रमणबाट ४५ वर्षीया पार्वती शाही र उनकी १८ वर्षीया छोरी सीता शाही (नाम परिवर्तन) गम्भीर घाइते भएका हुन्। दुवै जनालाई स्थानीयवासीको सहयोगमा उद्धार गरी गुठिचौर स्वास्थ्यचौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार बिहान झाडीभित्र घाँस काट्दै गर्दा पछाडिबाट आएको भालुले एक्कासि आमा–छोरीमाथि हाम फालेर आक्रमण गरेको थियो। आमा छोरीले भाग्ने प्रयास गरे पनि भालुले हात र टाउकोमा गम्भीर चोट पुर्‍याएको बताइएको…

Read More

जुम्ला । करिब तीन वर्षदेखि बेपत्ता रहेका तातोपानी गाउँपालिका–६ का विकास कामी सुक्रबार सकुशल आफ्नै घर फर्किएका छन्। लामो समयदेखि बेपत्ता कामीलाइ परिवार र आफन्तजनले खोजी–तलास गर्दा पनि अत्तोपत्तो नलागेका उनी अचानक स्वदेश फर्किएपछि परिवार गाउँमा छुट्टै खालको चहलपहल र खुसीको माहोल छाएको छ। विकास बेपत्ता भएको खबर गाउँभरि फैलिँदा परिवारका सदस्यहरू दिन–रात चिन्तित बनेका थिए। परिवारले प्रहरीदेखि लिएर मिडिया लगायतका विभिन्न निकायमा खोजतलासको पहल गरे पनि उनको अवस्था पत्ता लागेको थिएन। “तीन वर्षसम्म हरेक ढोका ढक्ढक्यायौँ, तर कतै पनि छोराको खबर पाएनौँ। आज अचानक घर फर्किँदा सपनाजस्तो लाग्छ,” उनका आमा आँसु झार्दै बताइन्। विकास घर फर्किएलगत्तै गाउँलेहरूले उनलाई भव्य…

Read More

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–३ बुड्थबाडामा ३२ वर्षीय तिर्थ बुढ्थापा  मृत फेला परेका छन्। आफ्नै घरमा झुण्डिएको अवस्थामा देखिएपछि घटनाले गाउँभरि स्तब्धता छाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिनबाबू रेग्मीका अनुसार दिउँसो करिब ३ बजेतिर छिमेकीहरूले मृतकलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लगिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या हुनसक्ने आशंका गरिएको भए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयहरूका अनुसार तिर्थ मेहनती र…

Read More

जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लामा क्रियाशील तीन जना पत्रकारलाई विशेष सम्मान गरेको छ। नियमित पत्रकारिता पेशामा सक्रिय भई सामाजिक, खेलकुद, महिला आवाज तथा कृषि–पर्यटन क्षेत्रलाई अघि बढाउन योगदान पुर्‍याएको कारण उनीहरूलाई यस वर्ष विभिन्न विधामा पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत दूबो खबरका प्रधान सम्पादक कालीबहादुर परियारलाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कार, रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपानेलाई गौरी पद्म स्मृति पत्रकारिता पुरस्कार र कर्णाली सवाल अनलाइनका सञ्चालक विजय रावतलाई कृषि तथा पर्यटन पत्रकारिता पुरस्कार दिइएको हो। पुरस्कार प्राप्त प्रत्येक पत्रकारलाई नगद १० हजार रुपैयाँ, कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो। गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा…

Read More

जुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार मध्य “युवा तथा खेलकुद पुरस्कार “पुरस्कार बाट जुम्लामा रहि पत्रकारिता गरि रहेका पत्रकार काली बहादुर परियार पुरस्कृत भएका छन् । जुम्लामा रहेर रेडियो हुँदै विभिन्न माध्यम बाट पत्रकारिता सुरूवात गरेका गुठिचाैर रिसर्च सेन्टर एण्ड मिडिया प्रा.लि द्वार संचालित दुबाे खबर डटकमका संचालक तथा दिगाे पाेष्ट डटकम जुम्लाका प्रधान सम्पादक परियार पुरस्कृत भएका हुन् । महासंघले तोकेको म्यादभित्र प्राप्त आवेदकमध्ये मूल्याङ्कन गरेर परियारलाई यस वर्षको युवा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको थियाे । पुरस्कारमा १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिरहेकाे छ । यस्तै जुम्लाका…

Read More

जुम्ला । सिँजा गाउँपालिका–३ नराकोट बसपार्क नजिक सोमबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जना चालक घाइते भएका छन्। प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिका–४ का ललजिंग बुढाले चलाइरहेका भे २ त २०६२ नम्बरको ट्याक्टर पार्किङ गर्ने क्रममा अचानक नियन्त्रण गुमेपछि दुर्घटना भएको हो। ट्याक्टरको इञ्जिनतर्फ मात्र पल्टिए पनि ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक बुढाको टाउको, बायाँ कान र हातमा चोट लागेको छ। उनलाई तत्कालै सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको हो। चिकित्सकका अनुसार उनको अवस्था मध्यम भए पनि थप उपचार आवश्यक देखिएको छ। स्थानीयले भने पार्किङ गर्ने ठाउँ साँघुरो र असुरक्षित रहेको भन्दै पटक–पटक यस्तो…

Read More

जुम्ला असोज भोलि ६ गतेदेखि जुम्लामा ‘जुम्ला आइडल’ प्रतियोगिता सुरु हुने भएको छ। स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ। आयोजक समितिका अनुसार प्रतियोगितामा जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटसहित कर्णाली प्रदेशका अन्य जिल्लाका प्रतिस्पर्धीहरू सहभागी हुनेछन्। प्रारम्भिक चरणमा हुने अडिसनपछि छनोट भएका प्रतिस्पर्धीहरूले गायन, नृत्य, वादन र विभिन्न सिर्जनात्मक प्रस्तुतीमार्फत आफ्नो कला प्रदर्शन गर्नेछन्। निर्णायक मण्डलमा स्थानीय तथा राष्ट्रिय स्तरमा परिचित कलाकार र संगीतकर्मीहरू रहनेछन्। उनीहरूले प्रस्तुतिको आधारमा अंक प्रदान गर्नेछन्। प्रतियोगिताले युवाहरूमा आत्मविश्वास बढाउनुका साथै जुम्लाको सांस्कृतिक पहिचानलाई देशव्यापी रूपमा चिनाउने अपेक्षा गरिएको छ। साथै, यसबाट उदाएका कलाकारलाई…

Read More

जिल्ला फुटबल संघ, जुम्लाले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल मंगलबार चन्दननाथ नमुना मावि र जेआर कर्णाली बोर्डिङबीच भएको थियो। खेलमा चन्दननाथले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोल गर्दै सहज जित हात पारेको हो। जेआर कर्णालीले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा उपविजेतामा सीमित हुनुपर्‍यो। दोस्रो हाफमा पाएको पेनाल्टी पनि सदुपयोग गर्न नसक्दा उपाधि हातबाट फुत्किएको हो। प्रतियोगितामा छात्रतर्फ जिल्लाभरका १४ टिमले सहभागिता जनाएका थिए। छात्रातर्फ भने सरस्वती मावि, रिनिले उपाधि जित्न सफल भयो। छात्रा र छात्रतर्फ गरेर कुल २४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। विजेता र उपविजेता टोलीलाई शुक्रबार ट्रफी र मेडल वितरण गरिएको एन्फा…

Read More

८ मुक्तक आरु ओखर स्याउ सुन्तला फल्छ कर्णालीमा झरो टुकि लालटिन अझै बल्छ कर्णालीमा प्रकूतिको उपहार हो मेरो जन्म थलो भ्रष्ट नेता अस्थिर सरकार ढल्छ कर्णालीमा हिजो अस्ति मायाको घमण्ड थियो कसै-कसैलाइ मनमा हर्ष अनि अहम्ता थियो कसै-कसैलाइ मायाको चौतारी भत्किए छ  आज राम्रै भए छ हिजो अस्ति मायानै सबथोक थियो कसै-कसैलाइ‌। छिमेकी राष्ट्र ले चन्द्रमामा  हेर यान उठाउँछ मेरो देशले एरपोर्टमा लास ल्याउन भ्यान पठाउँछ ‌। अझै त्यति मात्र कहाँ होर मेरो देशको सरकारले एक ब्यक्ति पाँच लाख बाकसमा ज्यान पठाउँछ।‌ दुष्ट दलालको षड्यन्त्रको जालमा छ मेरो देश गुन्डा र फटाहाको धुर्त्याइको खालमा छ मेरो देश निर्वज्म सुशासनहरु…

Read More