What's Hot
- जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
- चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
- जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
- शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
- प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
- तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
- पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
- युवा प्रतिनिधिमा धिरज जैशी चयन
Author: Aakash Sunar
जुम्ला । खलंगा बजारबाट तलतिर जाँदै गरेको मोटरसाइकल मिचा नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आज दिउँसो भएको उक्त दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। प्राथमिक जानकारीअनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। घाइतेहरूको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जुम्ला । नेपालको सर्वोच्च उचाइमा फल्ने ‘मार्सी धान’ काट्ने चटारो अहिले जुम्लाका किसानहरूमा छाएको छ। कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा फैलिएका खेतबारी अहिले सुनै सुन देखिन्छन्। बिहानको हुस्सु र चिसो हावाबीच किसानहरू खाँदामा हाँसो र उत्साहको माहोलमा धान काट्न व्यस्त छन्। जुम्लाको तातोपानी, गुठिचौर, पातारासी, चन्दननाथ, सिँजा र हाँकु क्षेत्रका किसानहरू अहिले खेतमै रमाइरहेका छन्। करिब २,५०० देखि ३,००० मिटर उचाइमा खेती हुने यो लाल रङको धान मार्सी ले जुम्लाको पहिचान मात्रै होइन, गौरव पनि बनेको छ। मार्सी धान नेपालकै सबैभन्दा उच्च उचाइमा फल्ने प्रजाति हो। यसको विशेषता भनेको चिसो मौसम र पहाडी भूगोलमा पनि राम्रोसँग फल्ने क्षमतामा छ।…
१. लिईपछिँ मेरो मन जफत गरेर । राख्नुपर्ने हो तिम्ले इज्जत गरेर ॥ टुक्रिएको भए पनि फित्ता गर अब । जसोतसो बाँच्छुपर्ला मर्मत गरेर ॥ २. समयसँगै बदलिने त्यो तिम्रो रहर केलाइँछ हो । सधैं खडेरी जमीनमा आखिर नहर केलाइँछ हो ॥ तिमिले नै भन्यौ हाम्रो माया अमृत सरह । आज फेरी त्यही माया जहर केलाइँछ हो ॥ ४. फेरी पनि तिम्रै मनमा बसाइ सर्न आए माया । आफन्तको खुशीयाली शत्रु मान्न आए माया ॥ जाल हुँदछ मायाको खेल भन्ने थाहा हुँदा पनि । मूर्ख भइ प्रेमको खेल फेरी हान्न आए माया ॥ ५. वल्ला आशा कैले कहीँ उतार चढाव…
जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ का युवा दीपक भट्टराई अहिले गाउँमा ‘नयाँ सोचका आविष्कारक’ का रूपमा परिचित भएका छन्। र गाउँमा चर्चाको विषय बनेका छन्। कारण हो उनले आफ्नै घरको छतमा बनाएको नयाँ उपकरण — ‘फिस्टेल एयर’ — अहिले सबैको ध्यान खिचिरहेको छ। दीपकले गाउँमै पाइने सामान्य सामग्री प्रयोग गरेर यो उपकरण तयार पारेका हुन्। टिनका पाइप, रबरका टुक्रा, प्लास्टिकका टुक्रा र फलामका साना भागहरू जोडेर उनले हावाको दबाब र तापक्रम सन्तुलनमा आधारित उपकरण बनाएका हुन्। प्रविधिक डिजाइन सबै कुरा दिपक ले गरेका छन्।र झ्याल ढोका पेन्टिङ कलर तिला गाउँपालिका ३ का धनलाल सार्की ले गरेका छन ।धनलाल भन्छन म…
जुम्ला । गुठिचौर गाउँपालिका–३ मा भालुको आक्रमणबाट आमा र छोरी गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब ७ बजे घाँस काट्न गएका बेला भालुले अचानक आक्रमण गरेको स्थानीयवासीहरूले जानकारी दिएका छन्। आक्रमणबाट ४५ वर्षीया पार्वती शाही र उनकी १८ वर्षीया छोरी सीता शाही (नाम परिवर्तन) गम्भीर घाइते भएका हुन्। दुवै जनालाई स्थानीयवासीको सहयोगमा उद्धार गरी गुठिचौर स्वास्थ्यचौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार बिहान झाडीभित्र घाँस काट्दै गर्दा पछाडिबाट आएको भालुले एक्कासि आमा–छोरीमाथि हाम फालेर आक्रमण गरेको थियो। आमा छोरीले भाग्ने प्रयास गरे पनि भालुले हात र टाउकोमा गम्भीर चोट पुर्याएको बताइएको…
जुम्ला । करिब तीन वर्षदेखि बेपत्ता रहेका तातोपानी गाउँपालिका–६ का विकास कामी सुक्रबार सकुशल आफ्नै घर फर्किएका छन्। लामो समयदेखि बेपत्ता कामीलाइ परिवार र आफन्तजनले खोजी–तलास गर्दा पनि अत्तोपत्तो नलागेका उनी अचानक स्वदेश फर्किएपछि परिवार गाउँमा छुट्टै खालको चहलपहल र खुसीको माहोल छाएको छ। विकास बेपत्ता भएको खबर गाउँभरि फैलिँदा परिवारका सदस्यहरू दिन–रात चिन्तित बनेका थिए। परिवारले प्रहरीदेखि लिएर मिडिया लगायतका विभिन्न निकायमा खोजतलासको पहल गरे पनि उनको अवस्था पत्ता लागेको थिएन। “तीन वर्षसम्म हरेक ढोका ढक्ढक्यायौँ, तर कतै पनि छोराको खबर पाएनौँ। आज अचानक घर फर्किँदा सपनाजस्तो लाग्छ,” उनका आमा आँसु झार्दै बताइन्। विकास घर फर्किएलगत्तै गाउँलेहरूले उनलाई भव्य…
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–३ बुड्थबाडामा ३२ वर्षीय तिर्थ बुढ्थापा मृत फेला परेका छन्। आफ्नै घरमा झुण्डिएको अवस्थामा देखिएपछि घटनाले गाउँभरि स्तब्धता छाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिनबाबू रेग्मीका अनुसार दिउँसो करिब ३ बजेतिर छिमेकीहरूले मृतकलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लगिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या हुनसक्ने आशंका गरिएको भए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयहरूका अनुसार तिर्थ मेहनती र…
जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लामा क्रियाशील तीन जना पत्रकारलाई विशेष सम्मान गरेको छ। नियमित पत्रकारिता पेशामा सक्रिय भई सामाजिक, खेलकुद, महिला आवाज तथा कृषि–पर्यटन क्षेत्रलाई अघि बढाउन योगदान पुर्याएको कारण उनीहरूलाई यस वर्ष विभिन्न विधामा पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत दूबो खबरका प्रधान सम्पादक कालीबहादुर परियारलाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कार, रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपानेलाई गौरी पद्म स्मृति पत्रकारिता पुरस्कार र कर्णाली सवाल अनलाइनका सञ्चालक विजय रावतलाई कृषि तथा पर्यटन पत्रकारिता पुरस्कार दिइएको हो। पुरस्कार प्राप्त प्रत्येक पत्रकारलाई नगद १० हजार रुपैयाँ, कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो। गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा…
जुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार मध्य “युवा तथा खेलकुद पुरस्कार “पुरस्कार बाट जुम्लामा रहि पत्रकारिता गरि रहेका पत्रकार काली बहादुर परियार पुरस्कृत भएका छन् । जुम्लामा रहेर रेडियो हुँदै विभिन्न माध्यम बाट पत्रकारिता सुरूवात गरेका गुठिचाैर रिसर्च सेन्टर एण्ड मिडिया प्रा.लि द्वार संचालित दुबाे खबर डटकमका संचालक तथा दिगाे पाेष्ट डटकम जुम्लाका प्रधान सम्पादक परियार पुरस्कृत भएका हुन् । महासंघले तोकेको म्यादभित्र प्राप्त आवेदकमध्ये मूल्याङ्कन गरेर परियारलाई यस वर्षको युवा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको थियाे । पुरस्कारमा १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिरहेकाे छ । यस्तै जुम्लाका…
जुम्ला । सिँजा गाउँपालिका–३ नराकोट बसपार्क नजिक सोमबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जना चालक घाइते भएका छन्। प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिका–४ का ललजिंग बुढाले चलाइरहेका भे २ त २०६२ नम्बरको ट्याक्टर पार्किङ गर्ने क्रममा अचानक नियन्त्रण गुमेपछि दुर्घटना भएको हो। ट्याक्टरको इञ्जिनतर्फ मात्र पल्टिए पनि ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक बुढाको टाउको, बायाँ कान र हातमा चोट लागेको छ। उनलाई तत्कालै सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको हो। चिकित्सकका अनुसार उनको अवस्था मध्यम भए पनि थप उपचार आवश्यक देखिएको छ। स्थानीयले भने पार्किङ गर्ने ठाउँ साँघुरो र असुरक्षित रहेको भन्दै पटक–पटक यस्तो…
