लोकप्रिय समाचार
What's Hot
- प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
- भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
- जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
- मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
- भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
- नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
- नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
- एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
Author: Aakash Sunar
जुम्ला । ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नारासहित ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस जुम्लामा विभिन्न कार्यक्रमहरू गरी भव्य र सम्मानजनक वातावरणमा मनाइएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइन्छ। अम्बिका मल्ल : “अपाङ्गता भएका व्यक्तिका अधिकारको पहुँच सुनिश्चित गर्नैपर्छ” कार्यक्रममा महिला तथा बालबालिका शाखाकी प्रतिनिधि अम्बिका मल्लले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवासुविधा सुनिश्चित गर्न स्थानीय तह, समुदाय र परिवार सबै समान रूपमा जिम्मेवार रहेको बताइन् उनले नौवटै वडामा समावेशीतामूलक सेवा विस्तारका लागि सक्रिय प्रयास भइरहेको जानकारी गराइन्। अपाङ्गता संजाल जुम्लाका अध्यक्ष…
नौरते नेपाली कर्णाली प्राविधिक शिक्षालय जुम्ला कर्णाली प्रदेशको एक मात्र अग्रणी प्राविधिक शिक्षालय हो । जहाँ कृषि, वन, निर्माण तथा सीपमुलक शिक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । कर्णाली क्षेत्रको भौगोलिक, आर्थिक तथा सामाजिक वास्तविकतालाई ध्यानमा राख्दै यहाँको युवाशक्तिलाई सीपयुक्त बनाउने उद्देश्यले यो शिक्षालय स्थापना गरिएको हो । यो शिक्षालमा अध्ययन गर्नु भएका जुम्ला चन्दननाथ नगरपालिका–६ छिनागाउँका टेकेन्द्र वहादुर थापाले दुई कार्यकाल शिक्षालयको प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो । आफुले अध्ययन गरेको शिक्षालयमा प्रमुख भएर काम गर्ने अवसर जो कोहि व्यक्तिलाई सजिलै मिल्दैन । तर, थापाले सुवर्ण अवसर पाउनु भयो । धेरै संस्थामा नेतृत्व फेरबदल हुन्छ । तर संस्थाको स्वरूप…
जुम्ला । तातोपानी गाउँपालिका–१ राँका गाउँमा दाउरा संकलन गर्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। आज दिउँसो करिब १२:३० बजे अन्दाजी ५० वर्षीया दुर्गा सार्की गाईचौर–उधेरी खोला छेउको भीरबाट करिब २०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको प्रहरी स्रोतले जनाएको छ। दुर्गा सार्कीसँगै दाउरा टिप्न गएकी लक्ष्मी कठायतका अनुसार दुर्घटना एकाएक भएको थियो। “खस्न लागेको देखेर चिच्याएँ, समाउन खोजे पनि भ्याइनँ,” कठायतले घटनाबारे बताइन्। स्थानीयका अनुसार उक्त क्षेत्र वर्षौंदेखि दाउरा संकलनका लागि प्रयोग हुँदै आए पनि भिरालो भू–भागका कारण जोखिम उच्च रहँदै आएको छ। घटनापछि प्रहरी र स्थानीयवासीले उद्धारका प्रयास गरे पनि सार्कीको मृत्यु पहिले नै भइसकेको पुष्टि…
जुम्ला । पातारासी गाउँपालिकामा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक किशोरको ज्यान गएपछि स्थानीयवासी स्तब्ध बनेका छन् । दिउँसो करिब ४ बजेर ३० मिनेट जाँदा पातारासी–१ सेलगढी गाउँ नजिक ढुङ्गा ढुवानीमा रहेको ट्याक्टरले ठक्कर दिँदा पातारासी–२ का १७ वर्षीय नन्दराम बुढाको मृत्यु भएको छ । घटनास्थल नजिकै गाउँको बाटो हुँदै पैदल हिँडिरहेका नन्दरामलाई क.०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले अचानक ठक्कर दिएको हो। स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि लैजाने प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर चालक धर्मेन्द्र बुढा हाल फरार छन्। उनकाे खोजी कार्य तीव्र गतिमा भइरहेको…
जुम्ला । तिला गाउँपालिका–३ कुडारीमा शुक्रबार सम्पन्न बेमौसमी तरकारी खेती तथा सामग्री वितरण सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तिला गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा प्रविधिकहरूको समन्वयमा आयोजित तालिममा वडा नं. ३ र ७ का किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममा कृषि शाखाका सातौँ तहका अधिकृत राजेश विश्वकर्मा र कृषि प्रविधिकहरूले सहभागी किसानलाई बेमौसमी तरकारी उत्पादनका आधुनिक विधि, ग्रिनहाउसको निर्माण तथा व्यवस्थापन, बीउ छर्नेदेखि रोग कीरा नियन्त्रणसम्मका व्यावहारिक सीपहरू प्रदान गरेका थिए। तालिमको क्रममा किसानहरूलाई खेतबारीमै लगेर ग्रिनहाउस निर्माणको प्रत्यक्ष अभ्यास गराइएको थियो। सहभागी किसानहरूले प्लास्टिक टनेल, सिँचाइ प्रणाली, माटो व्यवस्थापन तथा मल–किटनाशकको उचित प्रयोगबारे विस्तृत जानकारी…
जुम्ला । नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकी प्रमुखहरूका लागि ‘विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन’ सम्बन्धी दुईदिने अभिमुखिकरण तालिम जुम्लाको पौवा होटलमा सम्पन्न गरेको छ। कार्यक्रममा नगरपालिका भित्र रहेका विभिन्न स्थानीय तहबाट आएका स्वास्थ्य स्वयंसेविका र चौकी प्रमुखहरूको सक्रिय ३९ जनाको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई स्थानीय तहमा बारम्बार देखिने पहिरो, डढेलो, बाढी–डुबान, हावाहुरी, आगलागी, हिमपहिरो जस्ता प्राकृतिक विपद्का प्रकार, जोखिम पहिचानका विधि, समुदायस्तरमा गरिने पूर्वतयारी, आपतकालीन प्रतिकार्य योजना निर्माण, र जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखिन सक्ने नयाँ चुनौतीबारे विस्तृत रूपमा जानकारी प्रदान गरिएको थियो। प्रशिक्षकहरूले जोखिम नक्सांकन , प्राथमिक उपचार सीप,…
जुम्ला । हिमा गाउँपालिकामा हाल अधिकांश घरधुरीसम्म खानेपानी सेवा पुगेको तथ्यांकले देखाएको छ। गाउँपालिकाभर ‘एक घर, एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएपछि स्थानीयवासीले घरमै स्वच्छ पानी पाउन थालेका हुन्। प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार गाउँपालिकाका करिब २३ सय २ घरधुरीमध्ये ८० प्रतिशत घरमा खानेपानीको सुविधा विस्तार भइसकेको छ। सरकारको लक्ष्यअनुसार विभिन्न योजनाबाट धारा जडान गरी समग्र पहुँच वृद्धिमा जोर दिइएको उनको भनाइ छ। खानेपानी विस्तारमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना’ले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। स्वच्छ पानी उपलब्ध भएपछि स्थानीयहरूको स्वास्थ्य, सरसफाइ र दैनन्दिन जीवनस्तरमा सकारात्मक परिवर्तन देखिने अपेक्षा गरिएको उनले…
जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका–१, चोत्रागाउँको माथिल्लो भागमा अवस्थित दुधकुण्ड पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। समुद्री सतहदेखि झण्डै ४६ सय मिटर उचाइमा रहेको यो ताल धार्मिक आस्था र प्राकृतिक सौन्दर्य दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। गरुड पंक्षीको प्वाँख फैलिएको आकार झैँ देखिने दुधकुण्ड वरपरको पहाडी भू–दृश्यलाई अझ सुन्दर बनाइदिन्छ। चोत्रागाउँबाट करीब पाँच घण्टाको पैदलमार्ग पार गरेपछि पुगिने दुधकुण्डमा विशेषगरी नाउँ पूर्णिमाको अवसरमा गाथा चोख्याउने परम्परा स्थानीयमा प्रचलित छ। तालको किनारबाट सुरु हुने कठोर उकालो, बीच–बीचमा पर्ने खाल्सी र ढुंगामय चट्टान पार गर्दै माथिल्लो किनारमा पुगेपछि सेतो हिउँले सजिएको दृष्यले जो–कोहीलाई मोहित बनाउँछ। हाल दुधकुण्डसम्म पहुँच सहज…
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार हिमाको गत आ.व २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले वार्षिक भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गरेका थिए । गत आवमा विकास निर्माण, कृषि, पर्यटन, खानेपानी, सिँचाई, विधालय, सडक, भवन लगायतका पूर्वाधार निर्माण तथा चालु तर्फका जनचेतनात्मक तथा उत्पादनमुलक गरी ६१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए । उनका अनुसार चालु तथा पुँजिगत तर्फका ६१ वटा योजना र कार्यक्रम सम्पन्न हुँदा ७ करोड २१ लाख ७ हजार ४६३…
