लोकप्रिय समाचार
What's Hot
- जुम्लाको जुगाडा खोला दिनानदिन कुरुप बन्दै
- जुम्लाको धौलिगाड खानेपानी आयोजनाको काम ठप्प, पाँच वर्षपछि पनि पहिलो प्याकेज अधुरो
- सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- सुर्खेतको प्रहरी हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु
- तिला–३ कुडारीको काठेपुल जिर्ण, जोखिममा आवतजावत
- गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को
- खुला फुटबल प्रतियोगिता जनसेवा युवा क्लब विजयी
- तिला गाउँपालिका–३ त्रिवेणी बजारमा आगजनी, घर जलेर खरानी
Author: Aakash Sunar
जुम्ला, ४ भदौ सिंजा उत्यकाका गाउँहरूमा पछिल्ला वर्षहरूमा एलपी ग्यासको प्रयोग तीव्र रूपमा बढेको छ । दाउरा बाल्ने परम्परागत संस्कृतिबाट आधुनिक ऊर्जा प्रयोगतर्फको यो परिवर्तनले वन–जंगलको संरक्षणमा मद्दत गरेको छ, धुवाँरहित खाना पकाउने वातावरण बनाएको छ र महिलाको श्रम भार समेत घटाएको छ । तर, यसको अर्को पक्ष पनि छ—सही ज्ञान अभावले विपद् जोखिम बढाएको छ । ग्याँस लिक हुँदा आगलागी हुन सक्छ, हतारमा नियन्त्रण गर्न नसक्दा मानव–धनको क्षति हुन्छ भन्ने चेतना धेरैमा छैन । यही अवस्थालाई ध्यानमा राख्दै सिंजा गाउँपालिका, कारितास जर्मनी, कारितास नेपाल, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको संयुक्त पहलमा एक विशेष कृतिम विपद् अभ्यास सम्पन्न गरिएको…
जुम्ला । कर्णालीको मुटु हिमाली भेग जुम्लामा रहेको ऐतिहासिक स्तुम्बा गुम्बा पछिल्लो समय धार्मिक पर्यटन र सांस्कृतिक अध्ययनको प्रमुख केन्द्रका रूपमा चिनिँदै गएको छ। गुम्बाभित्र रहेको चैत्य स्तुम्बाले मात्र धार्मिक आस्था र विश्वासलाई जीवन्त बनाइरहेको छैन, यसले जुम्लाको पर्यटनलाई भावपूर्ण मनोरञ्जन दिने आध्यात्मिक धरोहरको रूपमा पनि चिनाइरहेको छ। स्थानीय बौद्ध समुदायका अनुसार स्तुम्बा गुम्बा र चैत्य स्तुम्बा सदियौँ पुरानो इतिहास बोकेको स्थल हो। यहाँ नियमित रूपमा बौद्ध पूजा, प्रार्थना र ध्यान कार्यक्रम आयोजना हुन्छ। हिन्दू, बौद्ध र अन्य धर्मका मानिसहरू मिलेर यहाँ पूजाआजा गर्ने परम्पराले धार्मिक सहिष्णुता र सद्भावको सन्देश दिएको छ। इतिहासविद्हरूका अनुसार चैत्य स्तुम्बा केवल एक धार्मिक प्रतीक…
भदौ ३ जुम्ला जुम्ला — नेपालकै सर्वाधिक उचाइमा खेती हुने अद्वितीय धान प्रजाति मार्सी धान अहिले केसर खेल्ने चरणमा प्रवेश गरेको छ। जुम्लाको पहाडी बस्ती वरिपरि रातो–हरियो र सुनौलो धानका बालाले सजिएका खेतबारीहरूले गाउँघरलाई रमणीय बनाएको छ। जिल्लाका किसानहरूले यस वर्षको उत्पादनमा आशा व्यक्त गरेका छन्। “मौसम अहिलेसम्म अनुकूल छ। रोग–कीरा पनि खासै देखिएको छैन। पानी पनि समयमै परेको छ, यसैले यो वर्ष राम्रो धान हुने आशा गरेका छौँ,” हिमा गाउँपालिका–५ का किसान धनबहादुर शाहीले बताए। २,३०० मिटरदेखि ३,०५० मिटरको उचाइमा मात्र फल्ने यो धानलाई “विश्वकै सबैभन्दा उचाइमा फल्ने धान” पनि मानिन्छ। स्थानीय भाषामा रातो धान वा मार्सी भनेर चिनिने…
जुम्ला भदौ ३ जुम्ला — नेपालकै सर्वाधिक उचाइमा खेती हुने अद्वितीय धान प्रजाति मार्सी धान अहिले केसर खेल्ने चरणमा प्रवेश गरेको छ। जुम्लाको पहाडी बस्ती वरिपरि रातो–हरियो र सुनौलो धानका बालाले सजिएका खेतबारीहरूले गाउँघरलाई रमणीय बनाएको छ। जिल्लाका किसानहरूले यस वर्षको उत्पादनमा आशा व्यक्त गरेका छन्। “मौसम अहिलेसम्म अनुकूल छ। रोग–कीरा पनि खासै देखिएको छैन। पानी पनि समयमै परेको छ, यसैले यो वर्ष राम्रो धान हुने आशा गरेका छौँ,” हिमा गाउँपालिका–५ का किसान धनबहादुर शाहीले बताए। २,३०० मिटरदेखि ३,०५० मिटरको उचाइमा मात्र फल्ने यो धानलाई “विश्वकै सबैभन्दा उचाइमा फल्ने धान” पनि मानिन्छ। स्थानीय भाषामा रातो धान वा मार्सी भनेर चिनिने…
जुम्ला — जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा साउन १३ गते सुरु भएको बडिमालिका तिर्थ यात्रा आज साउन ३० गते सम्पन्न भएको छ। सरकारी टोलीसहित स्थानीय श्रद्धालुहरूको सहभागितामा सम्पन्न यो शताब्दी–पुरानो धार्मिक यात्रा करिब दुई हप्तासम्म हिमाल, खोल्सा र दुर्गम भूभाग पार गर्दै सम्पन्न भएको हो। यस वर्ष पनि मुख्य पुजारीको जिम्मेवारी विष्णुप्रसाद उपाध्यायले सम्हाले। उनी लगातार १५ वर्षदेखि यो कठिन यात्रा एकपटक पनि छुट्याए बिना गर्दै आएका छन्। “यो देवताको कृपा हो, म ६० वर्ष पुगुन्जेलसम्म यो सेवा निरन्तर गर्नेछु। यो व्यक्तिगत होइन, समाज र परम्पराको लागि हो,” उपाध्यायले यात्राबाट फर्किएलगत्तै भने। यात्राबाट फर्किएलगत्तै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय…
बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। गएराति अविरल वर्षापछि आएको बाढीले गाउँपालिकाभित्रका ११ वटा घर पूर्ण रूपमा बगाएको स्थानीय प्रशासनले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार बाढीले घरसँगै खाद्यान्न, लत्ता–कपडा, पशुधन र खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। घटना पछि अझै पनि बाढीको जोखिम कायम रहेको भन्दै १७ वटा घर उच्च जोखिम क्षेत्रमा रहेको जनाइएको छ। पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको र राहत सामग्री वितरणको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकाय, स्थानीय स्वयंसेवक र बासिन्दा मिलेर उद्धार र राहत कार्य तीव्र पारिएको छ। अहिले प्रभावित क्षेत्रमा सडक तथा सञ्चार…
जुम्ला, २९ साउन लगातारको वर्षासँगै कर्णाली राजमार्ग अन्तर्गत खल्लाचौर नजिक आज बिहान ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक आवागमन पूर्णरूपमा बन्द भएको छ। करिब बिहान ७ बजे आएको पहिरोले राजमार्ग दुवै तर्फका सवारी साधन बीचमै रोकिएका छन्। अचानक बाटो बन्द भएपछि जुम्ला–सुर्खेत र अन्य गन्तव्यतर्फका यात्रुहरू सडकमै अलपत्र परेका छन्। वैकल्पिक मार्ग उपलब्ध नहुँदा तत्काल यात्रा अगाडि बढाउने सम्भावना छैन। सडक विभागका प्राविधिक र स्थानीय प्रशासनका टोली घटनास्थलमा पुगेर सडक सफा गर्ने प्रयास गरिरहेका छन्। तर, ठूला ढुंगा र माटो हटाउन कठिनाइ हुने भएकाले कम्तीमा आज दिनभर यातायात प्रभावित हुने अनुमान गरिएको छ। स्थानीयवासी र सुरक्षाकर्मीले यात्रु तथा चालकलाई अनावश्यक जोखिम…
जुम्ला – तातोपानी गाउँपालिका–३ खरखडामा बुधबार साँझ भएको आगलागीले एक परिवारको जिन्दगीभरको मेहनत क्षणमै खरानी बनाइदिएको छ। साँझ करिब ६:३० बजेतिर स्थानीय खेम बुढाको टिनले छाएको तिनतले कच्ची घरको तेस्रो तला आगोले पूर्णरूपमा नष्ट गर्यो। आठ कोठे घरको माथिल्लो तलामा राखिएका अन्नपात, लत्ता–कपडा, भाँडाकुडा र वर्षौंको सञ्चित घरेलु सामग्री केही मिनेटमै जलेर नष्ट भए। प्रारम्भिक जानकारी अनुसार नास्ता पकाउने क्रममा चुलोबाट निस्केको आगो बिस्तारै फैलँदै तेस्रो तलालाई समातेको अनुमान गरिएको छ। आगलागीको ठ्याक्कै कारण अझै पुष्टि भएको छैन। आगोको लप्काले छतको टिन तताउँदै वरिपरिको काठका भाग चर्काउने क्रममा भयावह रूप लिएको थियो। त्यसबेला गाउँका मानिसहरू तत्क्षण घटनास्थलमा पुगे र बाल्टिन,…
जुम्ला — एक समय पर्यटकीय सम्भावनाको प्रतीक मानिने गुठिचौर उपत्यका अहिले अन्धाधुन्ध दोहन र अव्यवस्थित विकासका कारण सौन्दर्य गुमाउँदै छ। हरियालीले ढाकिएको, कचौराजस्तो फैलिएको यो उपत्यका पछिल्ला वर्षमा आन्तरिक पर्यटकको प्रिय गन्तव्य बन्दै आएको थियो। तर, अवैध गिट्टी–बालुवा उत्खनन्, डाँडापाखामा डोजरको अनियन्त्रित प्रयोग र चुरे क्षेत्रको दोहनले गुठिचौरको प्राकृतिक रूपान्तरण अब कुरुपतामा बदलिँदै छ। उपत्यकाको वरिपरिका डाँडामा सडक विस्तार र अन्य निर्माणको नाममा जथाभावी ढुंगा–माटो निकालिएको छ। प्रवेशद्वारकै भीर भत्काइएपछि सामान्य वर्षामा समेत पहिरोको लेदो उपत्यकामा बग्ने गरेको छ। उपत्यकाको जलप्रवाह अन्तिम बिन्दुमा समेत निर्माण व्यवसायीले अवैध रूपमा नदीजन्य वस्तु संकलन गरिरहेका छन्, जसले यहाँको जैविक र भौगोलिक संरचनालाई खतरा…
जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KHSI) जुम्लाको नयाँ उपकुलपतिमा स्थानीय चिकित्सक डा. पुजन रोकाया नियुक्त भएका छन्। प्रतिष्ठानमा करिब एक दशकदेखि सतत सेवा दिँदै आएका रोकाया जुम्लाकै स्थायी बासिन्दा हुन्। प्रधानमन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णय अनुसार मंगलबार डा. रोकायासहित मुलुकका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको नियुक्ति गरिएको हो। प्रधानमन्त्री कार्यालयका स्रोतअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. भरत बहादुर खत्रीले मंगलबारै औपचारिक रूपमा नियुक्तिपत्र बुझेका छन्, भने बाँकी तीन उपकुलपतिहरूलाई बुधबार बिहान प्रधानमन्त्री निवासमा बोलाई नियुक्तिपत्र प्रदान गरिनेछ। सरकारको निर्णयअनुसार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – डा. पुजन रोकाया विपी कोइराला स्वास्थ्य…
