What's Hot
- जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
- चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
- जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
- शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
- प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
- तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
- पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
- युवा प्रतिनिधिमा धिरज जैशी चयन
Author: Aakash Sunar
जुम्ला । जुम्लाको तिला गाउँपालिका–५ तर्फ जाँदै गरेको एक अटोमा अचानक आगलागी हुँदा सवारीसाधन पूर्ण रूपमा नष्ट भएको छ। तर, अटोभित्र रहेका यात्रुहरू भने सकुशल छन्। स्थानीयवासीका अनुसार अटो बाटोमै गुडिरहेको बेला अचानक आगो लागेपछि चालकले तुरुन्तै अटो रोक्ने प्रयास गरेका थिए। आगो फैलन थालेपछि यात्रुहरू समयमै बाहिर निस्कन सफल भएपछि मानवीय क्षति हुन पाएन। आगलागीका कारण अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनापछि स्थानीयहरूले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि अटो जोगाउन सकिएन। आगो लाग्ने कारणबारे यकिन जानकारी नभएको र यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार मेकानिकल समस्या वा विद्युत् सर्ट हुनसक्ने…
जुम्ला ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति, जुम्लाले विश्व बन्धुत्व दिवस तथा राज्ययोगिनी दादी प्रकाशमणीको १८औँ पुण्यतिथिको अवसरमा शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो। प्रतिष्ठान स्थापना भएको डेढ दशकभन्दा बढी भइसके पनि अझै ब्लड बैंक सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकले बारम्बार रगतको अभाव खेप्नु परेको छ। कहिलेकाहीँ त विरामीका लागि रगत खोज्न सुरक्षाकर्मी र आफन्तहरूले ठूलो कठिनाइ भोग्नुपर्ने अवस्था रहँदै आएको छ। यिनै समस्या समाधानका लागि यो रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयकी सञ्चालिका मिना रानाभाटले बताइन्। उनले भनिन्, “रक्तदान भनेको जीवन दान हो। विश्व बन्धुत्व…
जुम्ला । करिब डेढ दशकदेखि ग्रामीण पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका पत्रकार नौरते नेपाली यस वर्षको “कर्णाली समावेशी पत्रकारिता पुरस्कार” बाट सम्मानित भएका छन्। कर्णाली प्रदेश सरकारले यसै वर्ष स्थापना गरेको यस पुरस्कारको पहिलो प्राप्तकर्ता नेपाली बनेका हुन्। बुधबार कर्णाली प्रदेश स्थापना दिवस तथा सहिद स्मृति दिवसको विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशी र मुख्यमन्त्री यामलाल कँडेलले संयुक्त रूपमा नेपालीलाई प्रमाणपत्रसहित रु. ३५ हजार राशिको पुरस्कार प्रदान गरेका थिए जुम्लाको गुठिचौर गाउँपालिका–५, देपालगाउँका स्थायी बासिन्दा नेपालीले पत्रकारिताको यात्रा “गाउँकै भुइँतहबाट उठेको आवाज” को रूपमा सुरु गरेका थिए। रेडियो कर्णालीमा कार्यक्रम संयोजक र गोरखापत्र दैनिकका जुम्ला संवाददाता रहँदै उनले स्थानीय विषय,…
जुम्ला, ४ भदौ सिंजा उत्यकाका गाउँहरूमा पछिल्ला वर्षहरूमा एलपी ग्यासको प्रयोग तीव्र रूपमा बढेको छ । दाउरा बाल्ने परम्परागत संस्कृतिबाट आधुनिक ऊर्जा प्रयोगतर्फको यो परिवर्तनले वन–जंगलको संरक्षणमा मद्दत गरेको छ, धुवाँरहित खाना पकाउने वातावरण बनाएको छ र महिलाको श्रम भार समेत घटाएको छ । तर, यसको अर्को पक्ष पनि छ—सही ज्ञान अभावले विपद् जोखिम बढाएको छ । ग्याँस लिक हुँदा आगलागी हुन सक्छ, हतारमा नियन्त्रण गर्न नसक्दा मानव–धनको क्षति हुन्छ भन्ने चेतना धेरैमा छैन । यही अवस्थालाई ध्यानमा राख्दै सिंजा गाउँपालिका, कारितास जर्मनी, कारितास नेपाल, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको संयुक्त पहलमा एक विशेष कृतिम विपद् अभ्यास सम्पन्न गरिएको…
जुम्ला । कर्णालीको मुटु हिमाली भेग जुम्लामा रहेको ऐतिहासिक स्तुम्बा गुम्बा पछिल्लो समय धार्मिक पर्यटन र सांस्कृतिक अध्ययनको प्रमुख केन्द्रका रूपमा चिनिँदै गएको छ। गुम्बाभित्र रहेको चैत्य स्तुम्बाले मात्र धार्मिक आस्था र विश्वासलाई जीवन्त बनाइरहेको छैन, यसले जुम्लाको पर्यटनलाई भावपूर्ण मनोरञ्जन दिने आध्यात्मिक धरोहरको रूपमा पनि चिनाइरहेको छ। स्थानीय बौद्ध समुदायका अनुसार स्तुम्बा गुम्बा र चैत्य स्तुम्बा सदियौँ पुरानो इतिहास बोकेको स्थल हो। यहाँ नियमित रूपमा बौद्ध पूजा, प्रार्थना र ध्यान कार्यक्रम आयोजना हुन्छ। हिन्दू, बौद्ध र अन्य धर्मका मानिसहरू मिलेर यहाँ पूजाआजा गर्ने परम्पराले धार्मिक सहिष्णुता र सद्भावको सन्देश दिएको छ। इतिहासविद्हरूका अनुसार चैत्य स्तुम्बा केवल एक धार्मिक प्रतीक…
भदौ ३ जुम्ला जुम्ला — नेपालकै सर्वाधिक उचाइमा खेती हुने अद्वितीय धान प्रजाति मार्सी धान अहिले केसर खेल्ने चरणमा प्रवेश गरेको छ। जुम्लाको पहाडी बस्ती वरिपरि रातो–हरियो र सुनौलो धानका बालाले सजिएका खेतबारीहरूले गाउँघरलाई रमणीय बनाएको छ। जिल्लाका किसानहरूले यस वर्षको उत्पादनमा आशा व्यक्त गरेका छन्। “मौसम अहिलेसम्म अनुकूल छ। रोग–कीरा पनि खासै देखिएको छैन। पानी पनि समयमै परेको छ, यसैले यो वर्ष राम्रो धान हुने आशा गरेका छौँ,” हिमा गाउँपालिका–५ का किसान धनबहादुर शाहीले बताए। २,३०० मिटरदेखि ३,०५० मिटरको उचाइमा मात्र फल्ने यो धानलाई “विश्वकै सबैभन्दा उचाइमा फल्ने धान” पनि मानिन्छ। स्थानीय भाषामा रातो धान वा मार्सी भनेर चिनिने…
जुम्ला भदौ ३ जुम्ला — नेपालकै सर्वाधिक उचाइमा खेती हुने अद्वितीय धान प्रजाति मार्सी धान अहिले केसर खेल्ने चरणमा प्रवेश गरेको छ। जुम्लाको पहाडी बस्ती वरिपरि रातो–हरियो र सुनौलो धानका बालाले सजिएका खेतबारीहरूले गाउँघरलाई रमणीय बनाएको छ। जिल्लाका किसानहरूले यस वर्षको उत्पादनमा आशा व्यक्त गरेका छन्। “मौसम अहिलेसम्म अनुकूल छ। रोग–कीरा पनि खासै देखिएको छैन। पानी पनि समयमै परेको छ, यसैले यो वर्ष राम्रो धान हुने आशा गरेका छौँ,” हिमा गाउँपालिका–५ का किसान धनबहादुर शाहीले बताए। २,३०० मिटरदेखि ३,०५० मिटरको उचाइमा मात्र फल्ने यो धानलाई “विश्वकै सबैभन्दा उचाइमा फल्ने धान” पनि मानिन्छ। स्थानीय भाषामा रातो धान वा मार्सी भनेर चिनिने…
जुम्ला — जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा साउन १३ गते सुरु भएको बडिमालिका तिर्थ यात्रा आज साउन ३० गते सम्पन्न भएको छ। सरकारी टोलीसहित स्थानीय श्रद्धालुहरूको सहभागितामा सम्पन्न यो शताब्दी–पुरानो धार्मिक यात्रा करिब दुई हप्तासम्म हिमाल, खोल्सा र दुर्गम भूभाग पार गर्दै सम्पन्न भएको हो। यस वर्ष पनि मुख्य पुजारीको जिम्मेवारी विष्णुप्रसाद उपाध्यायले सम्हाले। उनी लगातार १५ वर्षदेखि यो कठिन यात्रा एकपटक पनि छुट्याए बिना गर्दै आएका छन्। “यो देवताको कृपा हो, म ६० वर्ष पुगुन्जेलसम्म यो सेवा निरन्तर गर्नेछु। यो व्यक्तिगत होइन, समाज र परम्पराको लागि हो,” उपाध्यायले यात्राबाट फर्किएलगत्तै भने। यात्राबाट फर्किएलगत्तै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय…
बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। गएराति अविरल वर्षापछि आएको बाढीले गाउँपालिकाभित्रका ११ वटा घर पूर्ण रूपमा बगाएको स्थानीय प्रशासनले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार बाढीले घरसँगै खाद्यान्न, लत्ता–कपडा, पशुधन र खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। घटना पछि अझै पनि बाढीको जोखिम कायम रहेको भन्दै १७ वटा घर उच्च जोखिम क्षेत्रमा रहेको जनाइएको छ। पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको र राहत सामग्री वितरणको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकाय, स्थानीय स्वयंसेवक र बासिन्दा मिलेर उद्धार र राहत कार्य तीव्र पारिएको छ। अहिले प्रभावित क्षेत्रमा सडक तथा सञ्चार…
जुम्ला, २९ साउन लगातारको वर्षासँगै कर्णाली राजमार्ग अन्तर्गत खल्लाचौर नजिक आज बिहान ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक आवागमन पूर्णरूपमा बन्द भएको छ। करिब बिहान ७ बजे आएको पहिरोले राजमार्ग दुवै तर्फका सवारी साधन बीचमै रोकिएका छन्। अचानक बाटो बन्द भएपछि जुम्ला–सुर्खेत र अन्य गन्तव्यतर्फका यात्रुहरू सडकमै अलपत्र परेका छन्। वैकल्पिक मार्ग उपलब्ध नहुँदा तत्काल यात्रा अगाडि बढाउने सम्भावना छैन। सडक विभागका प्राविधिक र स्थानीय प्रशासनका टोली घटनास्थलमा पुगेर सडक सफा गर्ने प्रयास गरिरहेका छन्। तर, ठूला ढुंगा र माटो हटाउन कठिनाइ हुने भएकाले कम्तीमा आज दिनभर यातायात प्रभावित हुने अनुमान गरिएको छ। स्थानीयवासी र सुरक्षाकर्मीले यात्रु तथा चालकलाई अनावश्यक जोखिम…
