जुम्ला । तातोपानी गाउँपालिका–१ राँका गाउँमा दाउरा संकलन गर्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ।
आज दिउँसो करिब १२:३० बजे अन्दाजी ५० वर्षीया दुर्गा सार्की गाईचौर–उधेरी खोला छेउको भीरबाट करिब २०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको प्रहरी स्रोतले जनाएको छ।

दुर्गा सार्कीसँगै दाउरा टिप्न गएकी लक्ष्मी कठायतका अनुसार दुर्घटना एकाएक भएको थियो।
“खस्न लागेको देखेर चिच्याएँ, समाउन खोजे पनि भ्याइनँ,” कठायतले घटनाबारे बताइन्।

स्थानीयका अनुसार उक्त क्षेत्र वर्षौंदेखि दाउरा संकलनका लागि प्रयोग हुँदै आए पनि भिरालो भू–भागका कारण जोखिम उच्च रहँदै आएको छ।
घटनापछि प्रहरी र स्थानीयवासीले उद्धारका प्रयास गरे पनि सार्कीको मृत्यु पहिले नै भइसकेको पुष्टि गरिएको छ।

Share.

Leave A Reply

Exit mobile version