चैत २८ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका भित्र फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएपछि स्थानीय सचेत युवाहरु सक्रिय भएका छन् । उपेन्द्र बुढथापाको नेतृत्वमा युवाहरुले बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेका हुन् । नगरपालिकाले यस अघि चन्दननाथ–२ को दुनादुनै क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर, भण्डारीवाडा गाउँका स्थानीयको विरोधपछि उक्त स्थानमा फोहोर व्यवस्थापन प्रभावित भएको छ ।

उपयुक्त स्थानको अभावका कारण नगरपालिकाले नियमित रूपमा फोहोर संकलन गर्न सकेको छैन । यसको असर बजार क्षेत्रमा स्पष्ट देखिएको छ । अहिले बजारका विभिन्न स्थानमा फोहोर थुप्रिन थालेको छ । जसले नगरको सरसफाइ र पहिचानमै प्रश्न उठाएको छ । यस्तो अवस्थामा सफा र स्वच्छ नगर निर्माणका लागि युवाहरु अग्रसर भएका छन् । उपेन्द्र बुढथापाको नेतृत्वमा सुरु भएको सरसफाई अभियानले बजार क्षेत्रको फोहोर व्यवस्थापनमा केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

यद्यपि, अभियानलाई दिगो र प्रभावकारी बनाउन नगरपालिका, सम्बन्धित निकाय तथा अन्य युवाहरुको समेत सक्रिय सहभागिता आवश्यक देखिन्छ । फोहोर संकलनसँगै यसको उचित व्यवस्थापनमा ध्यान दिन सके मात्र चन्दननाथलाई सफा र व्यवस्थित नगरका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

Share.

Leave A Reply

Exit mobile version