लोकप्रिय समाचार
What's Hot
- नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
- नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
- एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
- प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
- जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
- संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
- दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
- जुम्लामा प्रथम स्ववियू कप भलिबल प्रतियोगिता वैशाख ९ देखि शुरु
Author: naurate nepali
चैत २८ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका भित्र फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएपछि स्थानीय सचेत युवाहरु सक्रिय भएका छन् । उपेन्द्र बुढथापाको नेतृत्वमा युवाहरुले बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेका हुन् । नगरपालिकाले यस अघि चन्दननाथ–२ को दुनादुनै क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर, भण्डारीवाडा गाउँका स्थानीयको विरोधपछि उक्त स्थानमा फोहोर व्यवस्थापन प्रभावित भएको छ । उपयुक्त स्थानको अभावका कारण नगरपालिकाले नियमित रूपमा फोहोर संकलन गर्न सकेको छैन । यसको असर बजार क्षेत्रमा स्पष्ट देखिएको छ । अहिले बजारका विभिन्न स्थानमा फोहोर थुप्रिन थालेको छ । जसले नगरको सरसफाइ र पहिचानमै प्रश्न उठाएको छ । यस्तो अवस्थामा सफा र…
चैत २८ जुम्ला जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयका पूर्व प्रमुख एडिन लसले लामो समयपछि शिक्षालयको अवलोकन गर्नु भएको छ । उहाँले २०४३ देखि २०४४ सालसम्म शिक्षालय प्रमुखका रूपमा कार्यभार सम्हाल्नु भएको थियो । अवलोकनका क्रममा उहाँले शिक्षालयको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी लिनु भएको शिक्षालय प्रशासनले जनाएको छ । उहाँको भ्रमणले शिक्षालयको समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय नेपालकै पहिलो प्राविधिक शिक्षालयका रूपमा परिचित छ । शिक्षालयले लामो समयदेखि प्राविधिक धारका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । पूर्व प्रमुख लसको अवलोकनप्रति शिक्षालय परिवारले खुशी व्यक्त गरेको छ । उहाँको…
चैत २६ जुम्ला प्याप्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याप्सन) जुम्लाको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाका १२ वटा नीजि विद्यालयका १७ वटा टिम सहभागी छन् । उहाँका अनुसार छात्र १२ र छात्राको ५ टिम सहभागी हुनेछन् । प्रतियोगिताको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले उद्घाटन गर्नु भएको हो । उहाँले औपचारिक शिक्षा संगै खेलकुदले बालबालिकालाई अनुसाशित बनाउने भएकाले यो यस्ता प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गर्नुभयो । साथै जुम्लामै रेफ्री उत्पादन गर्न एन्फासंग सहकार्य गरी नगरपालिकाले लगानी गर्ने समेत प्रतिबद्वता व्यक्त गर्नुभयो । एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले…
चैत २४ जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लामा अधिकृत स्तरका कर्मचारी कागजमै सीमित हुँदा कार्यालयको दैनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी जुम्लामा रहे पनि प्रमुख दुई कर्मचारी काठमाडौँस्थित सिंहदरबारमा काजमा बस्दा प्रशासनिक काममा असहजता बढेको हो । कार्यालय स्रोतका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा -क्षेत्री) दुवै जना हाल काजमा सिंहदरबारमा कार्यरत छन् । सहायक प्रमुख जिल्ला अधिकारी महतलाई गृह मन्त्रालयले गत मंसिर ८ गते जुम्लामा सरुवा गरेको थियो । तर, उहाँ हाल राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा बस्दै आउनु भएको छ । त्यसैगरी, शाखा अधिकृत रेश्मा बुढा…
चैत २० जुम्ला ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसमा जुम्लामा ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । जिल्ला सहकारी संघ जुम्लाले ज्येष्ठ नागरिक संघमा उपस्थितलाई फलफल वितरण गरेको हो । ६० जना जति ज्येष्ठ नागरिकलाई दिवसका अवसरमा फलफूल वितरण गएिको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले बताउनु भयो । उहाँले दिवसका अवसमा अन्य कार्यक्रम आयोजना नगरि ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरिएको बताउनु भयो उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने नाराका साथ दिवस मनाईएको हो । सहकारी दिवसको अवसरमा उहाँले सहकारीको महत्व र गरिमालाई नागरिक समक्षा पुराउन सक्नु पर्ने बताउनु भयो । सहकारी प्रति नागरिकमा रहेको अविश्वासलाई न्युनिकरण गर्न तिर…
चैत १८ जुम्ला जिल्लामा माध्यमिक शिक्षा परीक्षा -एसईई) सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षा केन्द्रहरूमा प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सबै सामग्री समयमै पु¥याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ । परीक्षा सञ्चालनका लागि १४ जना केन्द्राध्यक्ष, १४ जना सहायक केन्द्राध्यक्ष, ११३ जना निरीक्षक, २३ जना परीक्षा सहायक र ३४ जना कार्यालय सहयोगी परिचालन गरिएको छ । साथै, २१० जना सुरक्षाकर्मीसमेत खटाइएको छ । प्राविधिक धारतर्फका २४ जनासहित कुल ४ सय ४५ जना जनशक्ति परिचालन गरिएको इकाई प्रमुख रमेश लोहार -अन्जान) ले जानकारी दिनुभयो । जिल्लाका १४ वटा परीक्षा केन्द्रबाट कुल २ हजार २ सय ५५…
चैत १७ जुम्ला जुम्लामा आउँदो वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ । विश्वसनीय नीति निर्माण र प्रभावकारी योजना तर्जुमा गर्ने उद्देश्यसहित आर्थिक गणना गर्न लागिएको हो । जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका अनुसार गणनाका लागि १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिनेछन् । यस क्रममा जुम्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन गरिनेछ । आर्थिक गणना २०७५ को तथ्यांक अनुसार जुम्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । स्थानीय तहगत रूपमा चन्दननाथ नगरपालिकामा सबैभन्दा…
चैत १७ जुम्ला हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरूको संरक्षण र दिगो व्यवस्थापनका विषयमा एन्साब जुम्लाले गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ का संकलक, व्यापारी तथा सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रिया गरेको छ । अव्यवस्थित संकलनका कारण जडिबुटी लोप हुने अवस्थामा पुगेपछि सरोकारवालासँग छलफल गरिएको हो । छलफल कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सवडिभिजन वन कार्यालयका प्रतिनिधि तथा सामुदायिक वन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । वनधारा सामुदायिक वनका अध्यक्ष भिम बहादुर बोहोराले जथाभावी संकलनका कारण जडिबुटी हराउँदै गएको बताउनु भयो । गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ जडिबुटीका दृष्टिले समृद्ध भए पनि अव्यवस्थित संकलनले अहिले लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ…
चैत १६ जुम्ला जुम्लामा सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्र्याङ्गकोटकी २२ वर्षीया कविता बुढालाई चैत १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँमाथि चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा सोही ठाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोप छ । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लामा उजुरी दिएका थिए । त्यसपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले आरोपितलाई पक्राउ गरेको डिएसपी रविनबाबु रेग्मीले जानकारी दिनुभयो । यता, उक्त भिडियो सार्वजनिक गरेपछि आरोपितले पत्रकार महेश नेपालीमाथि गालीगलोज गरेको भन्दै नेपाल…
चैत १५ जुम्ला एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै नेकपा एमाले जुम्लाले विरोध–पत्र बुझाएको छ । प्रर्दशनसँगै जिल्ला प्रशासन मार्फत तत्काल रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो । केन्द्रको सर्कुलर अनुसार ७७ जिल्ला प्रशासनमा विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत जुम्लामा पनि विरोधपत्र बुझाईएको नेकपा एमालेका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बुढाले बताउनु भयो । गैरकानुनी रुपमा राजनीतिक प्रतिशोधका आधारमा पूर्वाग्राही रुपमा गरिएको गिरफ्तारी एमालेलाई स्वीकार्य नभएको उहाँको भनाइ छ । तत्काल रिहा नगरे कडा आन्दोलन सुरु हुने र त्यसको जवाफदेहि सरकार हुनु पर्ने उहाँको तर्क छ । नेकपा एमालेले गरेको शान्तिपूर्ण आन्दोलनबाट ओलि रिहाई नभए जुम्लामा रहेका सरकारी कार्यालयमा…
