चैत २० जुम्ला
६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसमा जुम्लामा ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । जिल्ला सहकारी संघ जुम्लाले ज्येष्ठ नागरिक संघमा उपस्थितलाई फलफल वितरण गरेको हो । ६० जना जति ज्येष्ठ नागरिकलाई दिवसका अवसरमा फलफूल वितरण गएिको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले बताउनु भयो । उहाँले दिवसका अवसमा अन्य कार्यक्रम आयोजना नगरि ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरिएको बताउनु भयो उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने नाराका साथ दिवस मनाईएको हो ।
सहकारी दिवसको अवसरमा उहाँले सहकारीको महत्व र गरिमालाई नागरिक समक्षा पुराउन सक्नु पर्ने बताउनु भयो । सहकारी प्रति नागरिकमा रहेको अविश्वासलाई न्युनिकरण गर्न तिर लाग्न सुझाव दिनु भएको छ । बचत फिर्ता गर्न र बचत गर्ने बानिको विकास गर्न उहाँले अनुरोध गर्नु भएको छ । यता दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई फलफुल उपलब्ध गराएकोमा ज्येष्ठ नगारिक तुलराज न्यौपानेले धन्यवाद दिनु भएको छ । ज्येष्ठ नागरिकको भवनमा पुगेर गरिएको सम्मान प्रति उहाँले अभार व्यक्त गर्नु भएको छ ।

