लोकप्रिय समाचार
What's Hot
- प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
- भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
- जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
- मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
- भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
- नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
- नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
- एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
Author: naurate nepali
वैशाख ९ जुम्ला जुम्लामा प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) जुम्लाको आयोजनामा प्रतियोगिता सञ्चालनमा आएको हो । प्रतियोगिताको उद्घाटन खेल जुम्ला बहुमुखी क्याम्पसका कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण रुपमा सम्पन्न भएको थियो । जसमा पत्रकारको टोलीले सोझो दुई सेटमा क्याम्पसको टोलीलाई पराजित गरेको छ । स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टोलीले एक लाख १ हजार १ सय १ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उद्घाटन…
वैशाख ८ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका–८ जातिभिडमा रहेको भगवती आधारभूत विद्यालयले विदाको समयलाई सदुपयोग गर्दै शैक्षिक योजना निर्माण कार्यलाई तीव्रता दिएको छ । शैक्षिक सत्र २०८३ लाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमुलक बनाउने लक्ष्यसहित विद्यालयले विभिन्न योजना निर्माणमा ध्यान केन्द्रित गरेको हो । विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाका अनुसार, २०८३ सालको वार्षिक कार्ययोजना, समग्र शैक्षिक योजना निर्माण, विद्यालय सुधार योजना अध्यावधिक, सिकाइ उपलब्धि विश्लेषण तथा एकीकृत पाठ्यक्रम कार्यान्वयन योजना निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले शिक्षकहरूलाई खाली समयको सदुपयोग गर्दै योजना निर्माणमा सक्रिय रूपमा संलग्न गराइएको जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको छभने २९६ जना विद्यार्थी…
लैशाख ५ जुम्ला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल समक्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन कुमार रोकाया र रजिष्ट्रार लक्ष्मी महतले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी नीतिगत विषयमा महत्वपूर्ण ध्यानाकर्षण गराउनु भएको छ । उहाँहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा संशोधनको आवश्यकता रहेको विषयलाई प्रमुख रूपमा उठान गर्दै मन्त्रीलाई औपचारिक रूपमा ध्यानाकर्षण गराउनु भएको हो । विशेषगरी कर्णाली प्रदेश लगायत भौगोलिक रूपमा विकट तथा विकासका दृष्टिले पछाडि परेका क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै ऐनमा सुधार गर्नु पर्नेमा जोड दिइएको छ । ध्यानाकर्षणमा उल्लेख गरिए अनुसार हालको कानुनी व्यवस्था पर्याप्त समावेशी हुन नसकेको र त्यसले कर्णालीका विद्यार्थीहरूलाई चिकित्सा शिक्षा…
चैत २८ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका भित्र फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएपछि स्थानीय सचेत युवाहरु सक्रिय भएका छन् । उपेन्द्र बुढथापाको नेतृत्वमा युवाहरुले बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेका हुन् । नगरपालिकाले यस अघि चन्दननाथ–२ को दुनादुनै क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर, भण्डारीवाडा गाउँका स्थानीयको विरोधपछि उक्त स्थानमा फोहोर व्यवस्थापन प्रभावित भएको छ । उपयुक्त स्थानको अभावका कारण नगरपालिकाले नियमित रूपमा फोहोर संकलन गर्न सकेको छैन । यसको असर बजार क्षेत्रमा स्पष्ट देखिएको छ । अहिले बजारका विभिन्न स्थानमा फोहोर थुप्रिन थालेको छ । जसले नगरको सरसफाइ र पहिचानमै प्रश्न उठाएको छ । यस्तो अवस्थामा सफा र…
चैत २८ जुम्ला जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयका पूर्व प्रमुख एडिन लसले लामो समयपछि शिक्षालयको अवलोकन गर्नु भएको छ । उहाँले २०४३ देखि २०४४ सालसम्म शिक्षालय प्रमुखका रूपमा कार्यभार सम्हाल्नु भएको थियो । अवलोकनका क्रममा उहाँले शिक्षालयको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी लिनु भएको शिक्षालय प्रशासनले जनाएको छ । उहाँको भ्रमणले शिक्षालयको समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय नेपालकै पहिलो प्राविधिक शिक्षालयका रूपमा परिचित छ । शिक्षालयले लामो समयदेखि प्राविधिक धारका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । पूर्व प्रमुख लसको अवलोकनप्रति शिक्षालय परिवारले खुशी व्यक्त गरेको छ । उहाँको…
चैत २६ जुम्ला प्याप्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याप्सन) जुम्लाको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाका १२ वटा नीजि विद्यालयका १७ वटा टिम सहभागी छन् । उहाँका अनुसार छात्र १२ र छात्राको ५ टिम सहभागी हुनेछन् । प्रतियोगिताको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले उद्घाटन गर्नु भएको हो । उहाँले औपचारिक शिक्षा संगै खेलकुदले बालबालिकालाई अनुसाशित बनाउने भएकाले यो यस्ता प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गर्नुभयो । साथै जुम्लामै रेफ्री उत्पादन गर्न एन्फासंग सहकार्य गरी नगरपालिकाले लगानी गर्ने समेत प्रतिबद्वता व्यक्त गर्नुभयो । एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले…
चैत २४ जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लामा अधिकृत स्तरका कर्मचारी कागजमै सीमित हुँदा कार्यालयको दैनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी जुम्लामा रहे पनि प्रमुख दुई कर्मचारी काठमाडौँस्थित सिंहदरबारमा काजमा बस्दा प्रशासनिक काममा असहजता बढेको हो । कार्यालय स्रोतका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा -क्षेत्री) दुवै जना हाल काजमा सिंहदरबारमा कार्यरत छन् । सहायक प्रमुख जिल्ला अधिकारी महतलाई गृह मन्त्रालयले गत मंसिर ८ गते जुम्लामा सरुवा गरेको थियो । तर, उहाँ हाल राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा बस्दै आउनु भएको छ । त्यसैगरी, शाखा अधिकृत रेश्मा बुढा…
चैत २० जुम्ला ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसमा जुम्लामा ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । जिल्ला सहकारी संघ जुम्लाले ज्येष्ठ नागरिक संघमा उपस्थितलाई फलफल वितरण गरेको हो । ६० जना जति ज्येष्ठ नागरिकलाई दिवसका अवसरमा फलफूल वितरण गएिको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले बताउनु भयो । उहाँले दिवसका अवसमा अन्य कार्यक्रम आयोजना नगरि ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरिएको बताउनु भयो उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने नाराका साथ दिवस मनाईएको हो । सहकारी दिवसको अवसरमा उहाँले सहकारीको महत्व र गरिमालाई नागरिक समक्षा पुराउन सक्नु पर्ने बताउनु भयो । सहकारी प्रति नागरिकमा रहेको अविश्वासलाई न्युनिकरण गर्न तिर…
चैत १८ जुम्ला जिल्लामा माध्यमिक शिक्षा परीक्षा -एसईई) सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षा केन्द्रहरूमा प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सबै सामग्री समयमै पु¥याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ । परीक्षा सञ्चालनका लागि १४ जना केन्द्राध्यक्ष, १४ जना सहायक केन्द्राध्यक्ष, ११३ जना निरीक्षक, २३ जना परीक्षा सहायक र ३४ जना कार्यालय सहयोगी परिचालन गरिएको छ । साथै, २१० जना सुरक्षाकर्मीसमेत खटाइएको छ । प्राविधिक धारतर्फका २४ जनासहित कुल ४ सय ४५ जना जनशक्ति परिचालन गरिएको इकाई प्रमुख रमेश लोहार -अन्जान) ले जानकारी दिनुभयो । जिल्लाका १४ वटा परीक्षा केन्द्रबाट कुल २ हजार २ सय ५५…
चैत १७ जुम्ला जुम्लामा आउँदो वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ । विश्वसनीय नीति निर्माण र प्रभावकारी योजना तर्जुमा गर्ने उद्देश्यसहित आर्थिक गणना गर्न लागिएको हो । जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका अनुसार गणनाका लागि १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिनेछन् । यस क्रममा जुम्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन गरिनेछ । आर्थिक गणना २०७५ को तथ्यांक अनुसार जुम्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । स्थानीय तहगत रूपमा चन्दननाथ नगरपालिकामा सबैभन्दा…
