लोकप्रिय समाचार
What's Hot
- खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
- पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
- बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
- यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
- आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
- जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
- प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
- भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
Author: naurate nepali
चैत २४ जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लामा अधिकृत स्तरका कर्मचारी कागजमै सीमित हुँदा कार्यालयको दैनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी जुम्लामा रहे पनि प्रमुख दुई कर्मचारी काठमाडौँस्थित सिंहदरबारमा काजमा बस्दा प्रशासनिक काममा असहजता बढेको हो । कार्यालय स्रोतका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा -क्षेत्री) दुवै जना हाल काजमा सिंहदरबारमा कार्यरत छन् । सहायक प्रमुख जिल्ला अधिकारी महतलाई गृह मन्त्रालयले गत मंसिर ८ गते जुम्लामा सरुवा गरेको थियो । तर, उहाँ हाल राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा बस्दै आउनु भएको छ । त्यसैगरी, शाखा अधिकृत रेश्मा बुढा…
चैत २० जुम्ला ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसमा जुम्लामा ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । जिल्ला सहकारी संघ जुम्लाले ज्येष्ठ नागरिक संघमा उपस्थितलाई फलफल वितरण गरेको हो । ६० जना जति ज्येष्ठ नागरिकलाई दिवसका अवसरमा फलफूल वितरण गएिको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले बताउनु भयो । उहाँले दिवसका अवसमा अन्य कार्यक्रम आयोजना नगरि ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरिएको बताउनु भयो उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने नाराका साथ दिवस मनाईएको हो । सहकारी दिवसको अवसरमा उहाँले सहकारीको महत्व र गरिमालाई नागरिक समक्षा पुराउन सक्नु पर्ने बताउनु भयो । सहकारी प्रति नागरिकमा रहेको अविश्वासलाई न्युनिकरण गर्न तिर…
चैत १८ जुम्ला जिल्लामा माध्यमिक शिक्षा परीक्षा -एसईई) सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षा केन्द्रहरूमा प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सबै सामग्री समयमै पु¥याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ । परीक्षा सञ्चालनका लागि १४ जना केन्द्राध्यक्ष, १४ जना सहायक केन्द्राध्यक्ष, ११३ जना निरीक्षक, २३ जना परीक्षा सहायक र ३४ जना कार्यालय सहयोगी परिचालन गरिएको छ । साथै, २१० जना सुरक्षाकर्मीसमेत खटाइएको छ । प्राविधिक धारतर्फका २४ जनासहित कुल ४ सय ४५ जना जनशक्ति परिचालन गरिएको इकाई प्रमुख रमेश लोहार -अन्जान) ले जानकारी दिनुभयो । जिल्लाका १४ वटा परीक्षा केन्द्रबाट कुल २ हजार २ सय ५५…
चैत १७ जुम्ला जुम्लामा आउँदो वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ । विश्वसनीय नीति निर्माण र प्रभावकारी योजना तर्जुमा गर्ने उद्देश्यसहित आर्थिक गणना गर्न लागिएको हो । जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका अनुसार गणनाका लागि १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिनेछन् । यस क्रममा जुम्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन गरिनेछ । आर्थिक गणना २०७५ को तथ्यांक अनुसार जुम्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । स्थानीय तहगत रूपमा चन्दननाथ नगरपालिकामा सबैभन्दा…
चैत १७ जुम्ला हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरूको संरक्षण र दिगो व्यवस्थापनका विषयमा एन्साब जुम्लाले गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ का संकलक, व्यापारी तथा सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रिया गरेको छ । अव्यवस्थित संकलनका कारण जडिबुटी लोप हुने अवस्थामा पुगेपछि सरोकारवालासँग छलफल गरिएको हो । छलफल कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सवडिभिजन वन कार्यालयका प्रतिनिधि तथा सामुदायिक वन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । वनधारा सामुदायिक वनका अध्यक्ष भिम बहादुर बोहोराले जथाभावी संकलनका कारण जडिबुटी हराउँदै गएको बताउनु भयो । गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ जडिबुटीका दृष्टिले समृद्ध भए पनि अव्यवस्थित संकलनले अहिले लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ…
चैत १६ जुम्ला जुम्लामा सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्र्याङ्गकोटकी २२ वर्षीया कविता बुढालाई चैत १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँमाथि चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा सोही ठाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोप छ । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लामा उजुरी दिएका थिए । त्यसपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले आरोपितलाई पक्राउ गरेको डिएसपी रविनबाबु रेग्मीले जानकारी दिनुभयो । यता, उक्त भिडियो सार्वजनिक गरेपछि आरोपितले पत्रकार महेश नेपालीमाथि गालीगलोज गरेको भन्दै नेपाल…
चैत १५ जुम्ला एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै नेकपा एमाले जुम्लाले विरोध–पत्र बुझाएको छ । प्रर्दशनसँगै जिल्ला प्रशासन मार्फत तत्काल रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो । केन्द्रको सर्कुलर अनुसार ७७ जिल्ला प्रशासनमा विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत जुम्लामा पनि विरोधपत्र बुझाईएको नेकपा एमालेका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बुढाले बताउनु भयो । गैरकानुनी रुपमा राजनीतिक प्रतिशोधका आधारमा पूर्वाग्राही रुपमा गरिएको गिरफ्तारी एमालेलाई स्वीकार्य नभएको उहाँको भनाइ छ । तत्काल रिहा नगरे कडा आन्दोलन सुरु हुने र त्यसको जवाफदेहि सरकार हुनु पर्ने उहाँको तर्क छ । नेकपा एमालेले गरेको शान्तिपूर्ण आन्दोलनबाट ओलि रिहाई नभए जुम्लामा रहेका सरकारी कार्यालयमा…
लेखक सुमन आचार्य हिजो मात्र शपथ ग्रहण गरेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो निर्णयले आज देशभरमा बहस र प्रतिक्रिया निम्त्याएको छ। विशेष गरी आजको दिन, पूर्वप्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता रमेश लेखकको प्रशोधात्मक गिरफ्तारीले राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ। नागरिक, राजनीतिक विश्लेषक र सञ्चार माध्यमका दृष्टिले यो कदम हतारमा लिइएको र धैर्यता तथा परिपक्कताको अभाव भएको ठहरिएको छ। यसले सरकारको पहिलो दिनमै दीर्घकालीन स्थायित्व र रणनीतिक सोचमा कमजोरी देखाएको स्पष्ट संकेत दिएको छ। आजको गिरफ्तारी र त्यसपछिको आन्दोलनले देखाएको छ कि नयाँ सरकारको निर्णयहरू तत्कालीन राजनीतिक दबाब र परिस्थितिप्रतिको प्रतिक्रियामा आधारित छन्। राजधानीसहित विभिन्न शहरमा विरोध र प्रदर्शन भएको…
चैत १४ जुम्ला चैत १४ जुम्ला । जुम्लामा आउँदो वैशाख २६ गते जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा जुम्ला–रारा अल्ट्रा म्याराथन हुने भएको हो । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित दौड प्रतियोगितामा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ । क्लबका अध्यक्ष सरोज शाहीले कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस पटक सातौँ संस्करण गर्न आयोजना गर्न लागिएको बताउनु भयो । घर आँगनबाटै अन्तर्राष्ट्रिय दौडको ढोका खोल्ने लक्ष्यका साथ सञ्चालन हुने यस प्रतियोगितामा सहभागी हुन उहाँले खेलप्रेमिहरुलाई आग्रह गर्नु भएको छ । प्रतियोगितामा देश तथा विदेशका धावकहरू सहभागी हुने शाहीले…
चैत १४ जुम्ला नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिको रिहाइको माग गर्दै जुम्लामा राँके जुलुस निकालिएको छ । नेकपा एमाले निकटका युवाहरूले प्रदर्शन गर्दै पूर्वप्रधानमन्त्री ओलीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह नेतृत्वको सरकारको विरोध गर्दै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङको राजीनामा समेत माग गरेका छन् । जुलुसका क्रममा ओलीलाई रिहा गर, सरकारको निर्णय खारेज गर जस्ता नाराबाजी गरिएको थियो । सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भन्दै प्रहरीले…
