Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    What's Hot
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    karnaliajaBy karnaliajaApril 26, 2026Updated:April 26, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वैशाख १३ जुम्ला
    जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ कार्कीवाडा निवासी यमराज कार्की -बैरागी बाबु) ले आफ्नो नयाँ कृति ‘जाग्राम जुम्ला’ सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनलाई समेटेर तयार पारिएको उक्त पुस्तक आइतबार एक विशेष समारोहका बीच विमोचन गरिएको हो । विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै लेखक कार्कीले कर्णाली प्रदेश स्थापना गर्ने क्रममा जुम्लामा भएका संघर्ष, आन्दोलनका चरणहरू, स्थानीय जनताको योगदान र त्यस समयको अवस्था पुस्तकमा समेटिएको जानकारी दिनुभयो । उहाँले कर्णालीका जनताले आफ्ना अधिकारका लागि लामो समयसम्म संघर्ष गर्नु परेको उल्लेख गर्दै ती संघर्षका अनुभूति र इतिहासलाई भावी पुस्तासम्म पु¥याउने उद्देश्यले पुस्तक लेखिएको बताउनु भयो । लेखक कार्कीका अनुसार २०७४ सालमा कर्णाली प्रदेश स्थापनाको माग गर्दै जुम्लामा सशक्त आन्दोलन भएको थियो ।

    सो आन्दोलनमा हरीबहादुर कुँवर शहिद हुनु भएको थियो । जुम्लामा करिब एक हप्तासम्म निरन्तर रूपमा चलेको आन्दोलनले कर्णाली प्रदेश स्थापनाको मुद्दालाई थप सशक्त र प्रभावकारी बनाएको थियो । उक्त आन्दोलनका क्रममा भएका विभिन्न गतिविधि, प्रदर्शन, सभा तथा जनआन्दोलनका दृश्यहरूलाई पुस्तकमा समेटिएको छ । साथै आन्दोलनले कर्णालीबासीको पहिचान, अधिकार र आत्मसम्मानका लागि खेलेको भूमिकालाई पनि पुस्तकमा उजागर गरिएको लेखकको भनाइ छ ।

    उहाँले इतिहासका यस्ता महत्वपूर्ण पाटाहरूलाई लेखेर राख्नु आवश्यक रहेको बताउँदै यसले भविष्यका अनुसन्धानकर्ता तथा पाठकहरूलाई समेत सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले पनि कर्णाली प्रदेश स्थापना आन्दोलनको इतिहासलाई पुस्तकमार्फत दस्तावेजीकरण गर्नु महत्वपूर्ण कार्य भएको भन्दै लेखक कार्कीको प्रयासको प्रशंसा गरेका थिए । उनीहरूले यस्ता कृतिहरूले स्थानीय इतिहास, संस्कृतिको संरक्षण तथा पहिचान प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखेका थिए ।

    ‘जाग्राम जुम्ला’ पुस्तकले कर्णाली प्रदेश स्थापनाका लागि भएका आन्दोलनका विविध आयाम, संघर्षका कथा र जनताको योगदानलाई समेट्दै कर्णालीको इतिहासलाई उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहने अपेक्षा गरिएको छ । ८० पृष्ठको पुस्तक ३ सय रुपैयाँमा विक्रि भइ रहेको छ ।

    Post Views: 23

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक

    April 26, 20260 Views
    0 Views

    आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम

    April 24, 20260 Views
    0 Views

    जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक

    April 23, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.