Author: karnaliaja

वैशाख २३ जुम्ला सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ । वैशाख २६ गते हुने प्रतियोगिताका लागि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेष्ट म्याराथन ह्याट्रिक विजेता धावक हरीबहादुर रोकायाले ट्रफी र मेडल सार्वजनिक गरेका हुन् । कर्णाली खेलकुद क्लब जुम्लाका अनुसार प्रतियोगितामा नेपाल सहित भारत, मन्जु श्री ट्रेल रेसका विजयी खेलाडि, इटाली र फ्रान्सका खेलाडीहरूको सहभागिता रहनेछ भने करिब १ हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । ५१ किलोमिटर दौडमा १ सय ३५, १० किलोमिटरमा २ सय र ५ किलोमिटरमा ६ सय जना विद्यार्थी सहभागी हुनेछन् । ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई…

Read More

वैशाख २३ जुम्ला वैशाख २२ जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले कर्णाली प्रदेश खेलकुद क्षेत्रमा देशलाई नेतृत्व गर्न सक्ने बताउनु भयो । उहाँका अनुसार विद्यालय स्तरबाटै सक्षम र दक्ष खेलाडी उत्पादन हुने भएकाले यस्ता प्रतियोगिताले प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्छन् । विकट क्षेत्र हिमा गाउँपालिकामा आयोजना गरिएको यस कार्यक्रमले कर्णालीमा सकारात्मक सन्देश प्रवाह गरेको उहाँको भनाइ थियो । कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सिँजा क्षेत्र सांस्कृतिक राजधानी बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । नेपाली…

Read More

वैशाख २१ जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सम्भव नहुने जटिल प्रकृतिको न्युरो सर्जरीको सफल शल्यक्रिया भएको छ । काठमाण्डौँ स्थित ट्रमा सेन्टरका न्युरो सर्जन डा. निलम खड्काको नेतृत्वमा करिब सात घण्टा लगाएर गरिएको शल्यक्रियाबाट टाउँमा चोट लागेका गम्भीर घाइते बिरामीको ज्यान बचेको हो । जुम्ला पातारासी गाउँपालिका–३ छुम निवासी गोर बोहोरा वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा डाक्टरको समस्याले गर्दा उहाँलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो । तर कमजोर आर्थिक अवस्थाका कारण बिरामीलाई बाहिर लैजान सम्भव नभएको विरामीका ज्वाइँ गोर्खबहादुर रावतले बताउनु भयो । योग…

Read More

वैशाख २० जुम्ला जुम्लामा घट्दै गएका पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा सामुदायिक वन उपभोक्ता समिति तथा खानेपानी उपभोक्ता समितिसँग छलफल गरिएको छ । कर्णाली प्रदेशका मुख्य पानीका मुहानहरूको पहिचान गर्दै पुनर्भरण योजना तयार गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रम उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश वन निर्देशनालय, सुर्खेतको आयोजनामा सम्पन्न भएको हो । छलफलका क्रममा पछिल्लो समय पानीका स्रोतहरू सुक्दै र न्युनिकरण हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै तिनको दीगो व्यवस्थापनका लागि समुदाय र सम्बन्धित निकायहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा प्रदेश वन निर्देशक शेर बहादुर श्रेष्ठले पानीका…

Read More

वैशाख १९ जुम्ला खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ । समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा दलित सदस्य गरी पाँच पदका लागि मतदान भइरहेको हो । समितिको नेतृत्व चयनलाई मतदाताहरूले उत्साहका साथ मतदान गरि रहेका छन् । अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षका प्रत्याशी अशोक कुमार श्रेष्ठ, महेन्द्रबहादुर थापा र मिनबहादुर थापा बिच प्रतिस्पर्धा भइ रहेको छ । आ–आफ्ना एजेन्डासहित मतदाताको समर्थन जुटाउन उम्मेदवार सक्रिय देखिएका छन् । यस्तै, उपाध्यक्ष पदका लागि कालीबहादुर थापा र कालीबहादुर महतका बिच प्रतिस्पर्धा भइरहेको छ । महासचिव पदमा टिका नगरकोटी, दत्तबहादुर शाही…

Read More

वैशाख १३ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ कार्कीवाडा निवासी यमराज कार्की -बैरागी बाबु) ले आफ्नो नयाँ कृति ‘जाग्राम जुम्ला’ सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनलाई समेटेर तयार पारिएको उक्त पुस्तक आइतबार एक विशेष समारोहका बीच विमोचन गरिएको हो । विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै लेखक कार्कीले कर्णाली प्रदेश स्थापना गर्ने क्रममा जुम्लामा भएका संघर्ष, आन्दोलनका चरणहरू, स्थानीय जनताको योगदान र त्यस समयको अवस्था पुस्तकमा समेटिएको जानकारी दिनुभयो । उहाँले कर्णालीका जनताले आफ्ना अधिकारका लागि लामो समयसम्म संघर्ष गर्नु परेको उल्लेख गर्दै ती…

Read More

जुम्ला — आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। आइतबार बिहान १० बजेदेखि होटल मानव सरोवरमा सुरु भएको कार्यक्रममा चन्दननाथ नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जिल्लामा स्वर्णप्राशन कार्यक्रम पहिलोपटक सुरु गरिएको जानकारी दिँदै यसको आवश्यकतामाथि जोड दिएका थिए। उनले बालस्वास्थ्य सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दृष्टिले यस कार्यक्रम महत्वपूर्ण रहेको बताए। साथै, वैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय खोप अभियानसँग यस कार्यक्रमले समन्वय गरी अझ प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरे।…

Read More

राजेश विश्वकर्मा—कर्णालीको माटो जुम्ला मा उम्रिएको एउटा सिर्जनशील मन, जसले शब्द, संगीत र सोचका माध्यमबाट समाजसँग गहिरो संवाद गरिरहनुभएको छ।उहाँको जीवनयात्रा केवल व्यक्तिगत उपलब्धिको कथा मात्र होइन, समग्र कर्णालीको सम्भावनालाई उजागर गर्ने एक प्रेरणादायी अध्याय पनि हो। २९औँ जन्मदिनको पावन अवसरमा उहाँले आफ्नो सिर्जनात्मक यात्रालाई अझ उचाइमा पुर्‍याउने दृढ प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। आगामी वर्ष २०८३ भित्र दुई महत्वपूर्ण कृतिहरू—“भूमरी” नामक उपन्यास र “क बाट कर्णाली” नामक विचारप्रधान पुस्तक—पाठकमाझ ल्याउने घोषणा उहाँको साहित्यप्रतिको निष्ठा र समाजप्रतिको जिम्मेवारीको सशक्त अभिव्यक्ति हो। “भूमरी” उपन्यासमा प्रेम, संघर्ष र सफलताको गहिरो अनुभूति समेटिने अपेक्षा गरिएको छ। मानवीय भावनाका अनेक तहहरूलाई स्पर्श गर्ने यो कृति…

Read More

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोली क्षेत्रमा सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। मृतक ४२ वर्षीय मन बहादुर सार्की रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान स्थानीय बासिन्दाले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट सार्कीको शव फेला पारेको हो। प्रहरीका अनुसार मृतक चन्दननाथ नगरपालिका–३ डाँडाकोटका स्थायी बासिन्दा हुन्। घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबु रेग्मीले जानकारी दिएका छन्।

Read More

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब साढे २ बजे जुम्लाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ मेयरखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा हिमा गाउँपालिका–६ का ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ का २६ वर्षीय चालक शक्ति बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सवार अन्य दुई जना घाइते भएका छन्। घाइतेमध्ये ७१ वर्षीय बिरामी कल बहादुर अधिकारीको खुट्टामा चोट लागेको छ भने २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको छ। दुवै घाइतेको कालीकोट जिल्ला अस्पतालमा…

Read More