कृष्णमाया उपाध्याय, जुम्ला
देशभर खाना पकाउने ग्यासकाे अभावकाे समाचार आएसँगै जुम्लामा पनि कालाे बजारी शुरू भएपछि जिल्ला प्रशासन कार्यालय उद्योग वाणिज्य संघ जुम्लाको पहलमा ग्यासकाे डिलरबाट नै ग्यास वितरण गर्न शुुरू भएको छ ।

जुम्लामा रहेका दुईवटा ग्यास डिलर मार्फ ग्यास वितरण गरिने भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मीन बहादुर रावलले जानकारी दिए । उनले भने शनिबार देखि पहिला कै मुल्य अथार्त २२०० सय रूपैयाँमा उपभोक्ताले सिलिन्डर साटि रहेका छन् ।

जुम्लाका दुईवटा डिलरले ५ सयका लरले १ हजार सिलिन्डर ल्याउँदै आएकाे भएपनि अहिले अभाव हुने देखिएकाे उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष टेकेन्द्र नगरकाेटीले बताए ।उनका अनुसार आज ५ सयवटा खाना पकाउने ग्यास सिलिन्डर विक्री गर्न थालिएको छ । जुम्लामा ग्यास साट्नकाे लागि कर्मचारी, विद्यार्थी तथा जुम्ला बजारमा भाडाकाे काेठामा बस्ने मानिसहरूकाे लाईन् धेरै देखिएकाे छ ।

