चैत २६ जुम्ला
प्याप्सन ग्रासरुट फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याप्सन) जुम्लाको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाका १२ वटा नीजि विद्यालयका १७ वटा टिम सहभागी छन् । उहाँका अनुसार छात्र १२ र छात्राको ५ टिम सहभागी हुनेछन् । प्रतियोगिताको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले उद्घाटन गर्नु भएको हो ।
उहाँले औपचारिक शिक्षा संगै खेलकुदले बालबालिकालाई अनुसाशित बनाउने भएकाले यो यस्ता प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गर्नुभयो । साथै जुम्लामै रेफ्री उत्पादन गर्न एन्फासंग सहकार्य गरी नगरपालिकाले लगानी गर्ने समेत प्रतिबद्वता व्यक्त गर्नुभयो । एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले खेलकुदमा आबद्ध भएका कुनै पनि बालबालिका कुलतमा नफस्ने भएकाले खेलको महत्व गाउँ गाउँमा बुझाउनु पर्ने बताउनु भयो ।
प्याप्सनले पहिलो पटक आयोजना गरेर खेल अनुशासन देखाउने प्रयास गरेकोमा धन्यबाद दिनुभयो । जुम्लाका आठै पालिकाले रेफ्रि उत्पादन गर्न लगानी गर्न पर्नेमा जोड दिनुभयो । तर स्थानीय तहले खेल क्षेत्रमा अपेक्षित लगानी नगरेको उल्लेख गर्नुभयो । जुम्ला जिल्लाको शैक्षिक तथा खेलकुद इतिहासमा पहिलोपटक प्राथमिक तहका बालबालिकाहरूलाई लक्षित गरी प्याप्सन जुम्लाले प्रतियोगिता आयोजना गरेको प्याप्सनका अध्यक्ष लामाले उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्नु छात्र–छात्राहरूमा खेलकुद सम्बन्धी रुचि र क्षमता विकास गर्न खोजिएको उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले प्रतियोगिताले विद्यार्थीको शारीरिक दक्षता, रणनीतिक सोच, टीमवर्क, अनुशासन र नेतृत्व क्षमता गर्ने, अभिवृद्धि गर्दै भविष्यका लागि प्रतिभा पहिचानमा सहयोग पुरÞ्याउने, स्वास्थ्य र खेलकुद गतिविधिमा सहभागीता बढाउने विश्वास व्यक्त गर्नुभया ।

