Author: naurate nepali

फागुन ११ जुम्ला । जुम्लामा निर्वाचन लक्षित सर्वदलिय छलफल गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य, शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सर्वदलिय छलफल गरिएको हो । छलफलमा सहभागी सरोकारवालाले जुम्लामा निर्वाचन आचारसंहिता पालनामा हुन नसकेकाले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले निर्वाचनमा बालबालिकाको प्रयोग भईरहेको, जनप्रतिनिधि आफ्नै पालिकामा प्रचारमा गईरहेको भएपनि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सुक्ष्म अनुगमन नगरेको गुनासो व्यक्त गर्नुभयो । फागुन ४ गते अघि २५ जना भन्दा बढी भेला हुन नपाउने, सडक जाम गरेर चुनावी गतिविधि गर्ने, बालबालिकाको प्रयोग गर्ने लगायतका आचारसंहिता विपरितका कार्य…

Read More

फागुन १० जुम्ला तिला गाउँपालिका–६ रिपि र सुडि गाउँका स्थानीयले वडा कार्यालय भवन निर्माणको विषयलाई लिएर गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । पायक नपर्ने स्थानमा वडा कार्यालय भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको भन्दै टेण्डर प्रक्रिया रद्द गर्न माग गर्दै उनीहरूले आईतबार नाराबाजीसहित तालाबन्दी गरेका हुन् । वडा नम्बर ६ मा रिपि, सुडि र घोडेगाउँ गरी तीन गाउँ रहेका छन् । रिपि र सुडिगाउँको भुगोल आपसमा जोडिएको भए पनि घोडेगाउँ छुट्टै भू–भागमा पर्छ । वडा कार्यालयको निर्णयका आधारमा गाउँपालिकाले घोडेमा वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ लागत अनुमान सहित यसै साता टेण्डर आह्वान भएको छ ।…

Read More

फागुन १० जुम्ला प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले आईतबार जुम्ला केन्द्रित विकासको संकल्प पत्र सार्वजनिक गर्नु भएको छ । विकास, संस्कृति, शिक्षा, रोजगारी र सुशासनलाई मुख्य आधार बनाएर तयार पारिएको घोषणापत्र मार्फत भण्डारीले “दया होइन अवसर, उपेक्षा होइन न्याय, आश्वासन होइन परिणाम” भन्ने नारासहित मतदातामाझ प्रतिबद्धता व्यक्त गर्नु भएको हो । घोषणापत्रको दोस्रो बुँदामा खस सिँजा सभ्यताको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । सिँजा उपत्यका नेपालको ऐतिहासिक तथा भाषिक धरोहरका रूपमा चिनिन्छ । उक्त सभ्यताको संरक्षणका लागि सिँजा सभ्यता विधेयक पारित गरी भाषा, संस्कृति, लिपि, ऐतिहासिक सम्पदा र परम्पराको संरक्षण गरिने उल्लेख गरिएको छ…

Read More

फागुन १० गते निर्वाचनमा उम्मेदवारहरूबीच एकआपसमा प्रतिस्पर्धा हुने भएकाले कतिपय स्थानमा बोलचाल समेत हुँदैन । उनीहरूले एकअर्कालाई प्रतिस्पर्धी ठान्ने भएकाले संवाद गर्ने अवस्थासमेत रहँदैन । तर जुम्लामा फरक दृश्य देखिएको छ । नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार शान्तिलाल महतले नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीलाई टेलिफोन गरेर भोट माग्नु भएको छ । उनीहरूको यो अभ्यासले जिल्लामा सकारात्मक सन्देश फैलिएको स्थानीयले बताएका छन् । हिमा गाउँपालिका–५ बुअ गाउँमा पुगेका एमाले उम्मेदवार महतले कांग्रेस उम्मेदवार शाहीलाई फोन गरेर आफ्नो पक्षमा भोट मागिदिन आग्रह गर्नु भएको हो । उहाँले फोन संवादमा भन्नुभयो, म तपाईको गाउँमा आइपुगेको छु । भोट माग्न । तपाईले भोट मागि दिनुप¥यो…

Read More

फागुन ९ जुम्ला  रनिल विक्रम शाहीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले आगामी निर्वाचनका लागि प्रतिबद्धतासहित घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । रनिल जिताउ, राष्ट्र जोगाउ “भन्ने नारा सहित नेपाल जनता पार्टी जुम्लाका उम्मेदवार शाहीले ३७ बुँदे घोषणापत्र सार्वजनिक गर्नु भएको हो । उम्मेदवार शाहीले देश अत्यन्तै संकटको घडीमा रहेको हुदा आफ्नो सुख सुबिधा त्यागेर यो देशको रक्षाको निम्ति जन्मभुमीमा नेपाल जनता पार्टी देखि प्रतिनिधि सभा प्रत्यक्ष तर्फ जेनजीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताउनु भयो । घोषणा पत्रमा जुम्लाका सबै स्थानीय तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा लागु गर्ने उल्लेख गरिएको छ…

Read More

फागुन ८ जुम्ला जुम्लामा आगलागीबाट तीन तले घर पूर्ण रूपमा नष्ट भएको छ । तातोपानी गाउँपालिका–८ बङतडिस्थित एक घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट तातोपानी गाउँपालिका–८ बङतडिका सन्देश कुमार शाहीको तीन तले नौ कोठे घर पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । पीडित शाहीका अनुसार बिहीबार राति करिब १० बजेतिर घरमा आगो लागेको हो । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन पाएन । तर घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेको परिवारले जनाएको छ । शाहीका बुबा दिलबहादुर शाही जडीबुटी व्यापारी भएकाले घरमा नगद रकम पनि…

Read More

फागुन ७ जुम्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ । कुल ६ सय ५४ जना कर्मचारी खटिनुपर्ने भए पनि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा परिचालन गरिएको हो । जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी परिचालन गर्न बाँकी छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तले जिल्लाको १ सय ८ मतदान केन्द्रमा १०८ मतदान अधिकृत, १०८ सहायक मतदान अधिकृत, १०८ जना सहयोगी र तीन सय २४ जना अन्य कर्मचारी परिचालन गरिएको बताउनु भयो । समानुपातिक र पारदर्शी हिसाबले कर्मचारी…

Read More

फागुन ७ जुम्ला ‎‎जुम्लामा भ्यान दुर्घटना हुँदा तीन जना निर्वाचन प्रहरी सहित सात जना घाईते भएका छन् । विहिबार जुम्ला बजारदेखि नाग्म तर्फ जादै गरेको भे १ ज ८१८ नम्बरको ईलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका वडा नम्बर ६ धौलापानीमा दुर्घटना हुँदा सवार सात जना घाईते भएका हुन् । गम्भिर घाइते हुनेमा तिला गाउँपालिका वडा नम्ब १ बस्ने बर्ष ३५ कि मेनुका बुढा निर्वाचन प्रहरी हिमा गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २१ का धर्मेन्द्र रोकाया गम्भिर घाईते हुनु भएको छ । बुढाको निधार र ढाडमा तथा रोकायाको मुखमा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा चालक जुम्ला तातोपानि गाउँपालिका…

Read More

फागुन ४ जुम्ला नेपाली कांग्रेस जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीप बहादुर शाहीले ‘समुन्नत जुम्ला, सुखी जुम्लाबासी’ नारासहित आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्नु भएको छ । लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रत्याभूति र समग्र विकासलाई केन्द्रमा राख्दै जुम्लाको आवाज राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भएको हो । प्रतिज्ञा पत्र सार्वजनिक गर्दै शाहीले विकास, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली स्थापना आफ्नो प्राथमिकता रहेको बताउनु भयो । स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन तथा संस्कृति क्षेत्रको समग्र विकासमार्फत जुम्लाको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । प्रतिज्ञा पत्रमा पार्टीका…

Read More

फागुन ४ जुम्ला जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर १ र २ का महिलालाई लक्षित गर्दै पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या झेल्दै आएका महिलालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा १ सय ८१ जना महिलाको पाठेघरसम्बन्धी जाँच गरिएको आयोजकले जनाएको छ । जाँचका क्रममा सामान्य समस्या देखिएका ४ जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) मा रिफर गरिएको छ । त्यस्तै, शिविरमा १ सय ७७ जना महिला पाठेघरको चेकजाँच गरिएको सर्वाेदय नेपाल जुम्लाका सामाजिक परिचालक ओम वहादुर अधिकारीले जानकारी दिनुभयो । शिविर कर्णाली…

Read More