Author: naurate nepali

फागुन २ जुम्ला नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महतलाई गुठिचौर गाउँपालिका क्षेत्रमा भव्य स्वागत गरिएको छ । घरदैलो अभियानका क्रममा स्थानीयवासीले विकास निर्माण तथा नीतिगत सुधारमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै उम्मेदवार महतप्रति आशा व्यक्त गरेका छन् । गुठिचौर गाउँपालिका–३, ४ र ५ मा घरदैलो कार्यक्रम अन्तर्गत स्थानीयसँग भेटघाट गर्नु भएका महतलाई स्थानीयवासीले देशभर लागु हुने एउटै नीति दुर्गम तथा हिमाली भेगका लागि उपयुक्त नहुने भन्दै जुम्लाको हावापानी र भौगोलिक अवस्थाअनुसार नीति निर्माणमा पहल गर्न अनुरोध गरेका छन् । स्थानीयका अनुसार भवन निर्माण लगायतका विकास योजनामा समान मापदण्ड लागु हुँदा जुम्लामा कार्यान्वयनमा समस्या हुने गरेको छ । गाउँपालिका–५…

Read More

माघ २९ जुम्ला कार्य सम्पादन मुल्यांकनमा जुम्लाका स्थानीय तह मध्य हिमा गाउँपालिका उत्कृष्ट अंक सहित प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन कुल प्राप्त अंक मध्य ६४ दशमलव ०२ प्रतिशत उत्कृष्ट अंक अङ्क ल्याउदै हिमा गाउँपालिका प्रथम भएको हो । यस्तै कनकासुन्दरी गाउँपालिकाले ६० दशमलव ८४ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । सिंजा गाउँपालिकाले ५७ दशमलव९५ प्रतिशत अंक ल्याएर तेस्रो स्थान हुन सफल भएको छ । यसैगरी क्रमश ः तातोपानी गाउँपालिकाले ५७ दशमलव ८८ प्रतिशत, गुठिचौरले ५४ दशमलव २८ प्रतिशत, चन्दननाथ नगरपालिकाले ४८ दशमलव ६५ प्रतिशत…

Read More

माघ २९ जुम्ला जुम्लाका ६० वटा वडामा ६० जना मतदाता स्वयंसेवक परिचालन गरिने भएको छ । प्रत्येक वडामा एक–एक जना मतदाता स्वयंसेवक फागुन ३ गतेदेखि १७ गतेसम्म १५ दिनका लागि खटाइने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्ने उद्देश्यले मतदाता स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका मतदाता शिक्षा समन्वयकर्ता धनबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वयंसेवकहरूले निर्वाचन नमूना मतपत्रको माध्यमबाट मतदातालाई मतदान प्रक्रिया सम्बन्धी सही सूचना प्रदान गर्नेछन् । मतदाता स्वयंसेवकले कुनै पनि दल विशेषसँग दान वा उपहार स्वीकार गर्न नपाउने तथा…

Read More

माघ २७ जुम्ला यातायात व्यवस्था कार्यालय जुम्लाले तीन दिनमा लाइसेन्स लिनेहरूमध्ये २२ सय ६ परीक्षार्थीको प्रयोगात्मक परीक्षा गरिएको नक्कली विवरण तयार पारेर फर्जी काम गरेको पाइएको छ । साथै सो कार्यालयले विदेशमा बसेका र फेल भएकालाई पनि लाइसेन्स दिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै तीन दिनमा २२ सय ६ परीक्षार्थीको परीक्षा गराएको भन्ने नक्कली विवरणसमेत बनाएको खुलासा भएको छ । सो कार्यालयले २०७५ सालको असोज १८, १९ र २० गते गरी तीन दिनमा सञ्चालन गरिएको वर्ग ‘ए’…

Read More

माघ २४ जुम्ला नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो पक्षमा चुनावी माहोल बनाउन घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ । जुम्लाका विभिन्न गाउँबस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै उहाँले सडक पूर्वाधार, शिक्षा, कृषि, ऊर्जा तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित विकासका एजेण्डा अघि सार्नु भएको हो । घरदैलो अभियानका क्रममा भण्डारीले कनकासुन्दरी गाउँपालिकाको भैँसेरी–जलजला हुँदै चन्दननाथको काटेसाँघुसम्म सडक निर्माण गर्ने, ओदि देखि कालिकोटको पलाँतासम्म सडक निर्माण गर्ने तथा त्रिवेणी–टोप्ला हुँदै जाजरकोट जोड्ने सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस्तै, नाग्म–गमगढी सडक कालोपत्रे गर्न…

Read More

माघ २४ जुम्ला नेकपा एमाले जुम्लाको २५ सय एक जनाको निर्वाचन परिचालन समिति गठन गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन लाई लक्षित गरी २५ सय सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । निर्वाचन परिचालन समितिको नेतृत्वको जिम्मेवारी एमाले नेता देविलाल थापालाई दिईएको छ । जिल्लाका आठै पालिकामा थापाकै नेतृत्वमा निर्वाचन गतिविधि संचालन हुने छन् । भने पालिका स्तरमा पनि निर्वाचन परिचालन समिति गठन गरेर चुनावी प्रचार प्रशारलाई तिब्रता दिईएको छ । जसमा तातोपानी गाउँपालिकामा पालिका स्तरीय निर्वाचन परिचालन कमिटीको संयोजकमा आदी प्रसाद न्यौपाने र ईन्चार्ज धनकृष्ण पाण्डे रहनु भएको छ । तिला गाउँपालिकामा…

Read More

माघ २३ जुम्ला जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित सुमात्रा परियोजनाको सामाजिक परीक्षण गरिएको छ । शुक्रबार आयोजित सामाजिक परीक्षण कार्यक्रममा परियोजनाले दुई वर्षभन्दा बढी अवधिमा गरेका गतिविधि, उपलब्धि र आगामी प्राथमिकताबारे समीक्षा गरिएको हो । किर्डाक नेपाल जुम्लाका क्षमता अभिवृद्धि विशेषज्ञ श्रीवहादुर भण्डारीका अनुसार साढे दुई वर्षसम्म सञ्चालन भएको परियोजनामा ८० लाख ५० हजार रुपैयाँ खर्च भएको बताउनु भयो । परियोजना मार्फत १ हजार ८ सय ७५ जनासँग प्रत्यक्ष रूपमा काम गरिएको उहाँले जानकारी दिनुभयो । क्षमता विकास, नीति निर्माणमा सहयोग तथा पानीका मुहान संरक्षणलाई केन्द्रमा राखेर परियोजना सञ्चालन गरिएको भण्डारीको भनाइ छ । परियोजनाले जलस्रोत तथा प्राकृतिक स्रोतको दीगो संरक्षणलाई…

Read More

माघ २२ जुम्ला नेकपा एमाले जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी बाचा–पत्र सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत जुम्लामा प्रतिस्पर्धामा रहेका दश जना उम्मेदवारमध्ये पहिलो दलका रूपमा एमालेले चुनावी बाचा–पत्र सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको बाचा–पत्रमा जुम्लाको सडक तथा पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तार तथा विद्युत विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ । सिँजा क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने, झण्डै २० मेगावाट विद्युत उत्पादन गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन र बजारीकरणमा सुधार गर्ने योजना अघि सारिएको छ । सडक पूर्वाधारतर्फ मुख्य राजमार्गसँग जोडिएका…

Read More

माघ २२ जुम्ला नेकपा एमाले जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ । निर्वाचन केन्द्रित गतिविधिलाई अघि बढाउने क्रममा बुधबार तातोपानी गाउँपालिका स्तरीय पालिका कमिटीको विस्तारित बैठक सम्पन्न गरिएको छ । बैठकले एमाले नेता आदी प्रसाद न्यौपानेको संयोजकत्वमा पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले तातोपानी गाउँपालिका भित्र सञ्चालन हुने सम्पूर्ण निर्वाचन गतिविधिको नेतृत्व गर्ने जनाइएको छ । निर्वाचन परिचालन, संगठन परिचालन तथा गाउँ–बस्तासम्म पार्टीको पहुँच विस्तार गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएका शान्तिलाल महत प्रतिनिधि सभा सदस्यका उम्मेदवार…

Read More

माघ २२ जुम्ला दलित समुदायलाई निर्वाचनको समयमा मात्रै सम्झिने र मत संकलनको माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न दलित अगुवाहरूले आग्रह गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटका दलित अगुवा बालाराम नेपालीले राजनीतिक दलहरूले दलित समुदायलाई चुनावका बेला मात्रै प्राथमिकता दिने गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । उहाँका अनुसार अरु समय राजनीतिक रूपमा बेवास्ता गरिने दलित समुदायलाई चुनाव नजिकिँदा मत संकलन केन्द्रका रूपमा प्रयोग गर्ने गरिएको बताउनु भयो । जुम्लामा एक जना स्वतन्त्रसहित दश जना उम्मेदवार चुनावी मैदानमा रहे पनि कुनै पनि दलले दलित समुदायबाट उम्मेदवार नबनाएको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।…

Read More