Author: naurate nepali

माघ १३ जुम्ला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा जेन–जी पुस्ताका युवा उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । नेपाल जनता पार्टीबाट २६ वर्षका रनिल विक्रम शाही प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएको हो । युवाको सहभागिता न्युन रहेको भनिने नेपाली राजनीतिमा शाहीको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२ डाँगीवाडा निवासी शाही हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत हुनुहुन्छ । प्राविधिक पृष्ठभूमि भएको युवा उम्मेदवारका रूपमा उहाँले विकास, पूर्वाधार र सेवा प्रवाहलाई पहिलो चुनावि एजेन्डा बनाउनु भएको छ । देश राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको अवस्थामा त्यसको निकास खोज्न आफु…

Read More

माघ ८ जुम्ला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाका मतदाता भोट परिवर्तन गर्ने पक्षमा देखिएका छन् । एक पटक मतदान गरि सकेकालाई भन्दा नयाँ पात्रलाई भोट दिने पक्षमा मतदाता देखिएका हुन् । जुम्लामा यस पटकको निर्वाचनमा दुई जना बाहेक सबै उम्मेदवार नयाँ अनुहारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) बाहेक अन्य सबै उम्मेदवार पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाली कांग्रेसबाट दीप बहादुर शाही, नेकपा एमालेबाट शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत, प्रगतिशील…

Read More

माघ ६ जुम्ला जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि दश जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट दीप बहादुर शाही, नेकपा एमालेबाट शान्तिलाल महत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नरेश भण्डारीले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञान बहादुर शाही (ज्ञानेन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विर्ष रावत, नेकपा माओवादीबाट विर्ष बहादुर शाही (प्रभाजित) तथा नेपाल जनता पार्टीबाट रनिल विक्रम शाहीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै, जुम्ला तातोपानी गाउँपालिका–३ लिताकोटका भक्त बहादुर रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ…

Read More

माघ ५ जुम्ला जुम्ला चन्दननाथ नगरपालिका–७ मिचाकी नविना के.सी. नेपाली काँग्रेसले निर्वाचन आयोगमा पेश गरेको बन्द सूचीमा समावेश हुनु भएके छ । नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि महिला खस–आर्य समावेशी समूह अन्तर्गत पेश गरेको बन्द सूचीमा के.सी.को नाम समेटिएको हो । यसैगरी, डोल्पा जिल्लाकी रमादेवी न्यौपाने पनि नेपाली काँग्रेसको बन्द सूचीमा पर्नु भएको छ । साविक कर्णाली प्रदेशबाट दुई जना महिलालाई समावेश गर्दै नेपाली काँग्रेसले निर्वाचन आयोगमा बन्द सूची पेश गरेको हो । यसलाई पार्टीले कर्णाली प्रदेशमा महिलाको राजनीतिक सहभागिता बढाउने प्रयासका रूपमा लिइएको छ । ३० वर्षीया नविना के.सी. विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएको…

Read More

माघ ५ जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर जुम्ला जिल्लामा राजनीतिक गतिविधि चहलपहल बढेको छ । हालसम्म ६ वटा राजनीतिक दलले आफ्ना उम्मेदवार सार्वजनिक गरेसँगै जुम्लामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेले जुम्लाबाट पार्टी अध्यक्ष शान्तिलाल महतलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । एमालेले संगठन सुदृढीकरण र स्थायित्वको नारासहित निर्वाचनमा जाने तयारी गरेको जनाएको छ । नेपाली काँग्रेसले दिपबहादुर शाहीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । काँग्रेसले विगतका उपलब्धि र लोकतान्त्रिक मूल्य–मान्यतालाई मुख्य एजेण्डा बनाएर मत माग्ने तयारी गरिरहेको बताइएको छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी उम्मेदवार रहनु…

Read More

माघ २ जुम्ला जुम्लामा २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा प्रभातफेरि लगायत ग्याँसबाट हुने आगलागि र भूकम्प आउँदा अपनाउनु पर्ने सचेतना कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाईमा जिल्लाका सरकारी र गैर सरकारी निकायको साझेदारीमा कार्यक्रम मनाईएको हो । भूकम्पबाट हुन सक्ने क्षति न्युनीकरणका लागि पूर्वतयारी, सुरक्षित घर निर्माण र जनचेतनाको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भयो । शसस्त्र प्रहरीले ग्याँसमा आगलागि हुँदा नियन्त्रण गर्ने उपाय र नेपाली प्रहरीले भूकम्पको आउँदा अपनाउनु पर्ने विधिका बारेमा नमूना अभ्यास मार्फत जानकारी गराएका छन् । कार्यक्रममा शसस्त्र प्रहरीले एलपी ग्याँस चुहावट…

Read More

पुस ३० जुम्ला जुम्लाको पातारासी क्षेत्रमा जल, जमिन र जंगल संरक्षणका लागि स्थानीय बस्तीमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको छ । पातारासी गाउँपालिकाका सातै वडाका २६ वटा बस्तीमा पुगेर सचेतना कार्यक्रम गरिएको किर्डाक नेपाल जुम्लाका क्षमता अभिवृद्धि विशेषज्ञ श्रीवहादुर भण्डारीले जानकारी दिनुभयो । (DUPC IHE Delft) नेदरल्याण्ड सरकारको सहयोग, मध्यपश्चिम विश्वविद्यालयको समन्वय र किर्डाक नेपाल जुम्लाको साझेदारीमा सञ्चालित ‘सुमात्रा’ परियोजना अन्तर्गत उक्त सचेतना अभियान सञ्चालन गरिएको हो । अभियानमा सामुदायिक वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, शिक्षक, सचेत युवा, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा प्राकृतिक स्रोत, वन तथा जडिबुटीको संरक्षण स्थानीय तहमै कसरी गर्न सकिन्छ…

Read More

पुस २७ जुम्ला जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरेको हो । यस्तै उच्चरक्तचाप ८ जना, मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श २५ जना र मधुमेह समस्या भएका १२ जना कैदीबन्दी रहेका छन् । कारागार भित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको टोलीले कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गराएको हुन् । टोलीले कैदीबन्दीहरूको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित…

Read More

पुस २७ जुम्ला नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका गणेश बहादुर रोकाया निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न महासंघको प्रादेशिक अधिवेशनबाट रोकाया सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनु भएको हो । कर्णाली प्रदेशका सातै जिल्लाबाट आएका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता बीच सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै महासंघको भावी कार्यदिशा तय गरेको छ । नव–निर्वाचित अध्यक्ष रोकाया लामो समय देखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय रहँदै आएका अनुभवी व्यवसायी हुनुहुन्छ । व्यवसायिक हकहित, नीति निर्माण र संगठन सुदृढीकरणमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रतिनिधिहरूले नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । अध्यक्षमा निर्वाचित भएपछि रोकायाले आफुलाई विश्वास…

Read More

पुस २५ जुम्ला  तातोपानी गाउँपालिका जुम्लाले वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्री जुम्ली पुत्र माधव प्रसाद चौलागाईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जुम्लाको समग्र विकाससँग जोडिएका गम्भीर विषयहरूमा ध्यानाकर्षण गराएको छ । पुस २५ गते ललितपुरको जावलाखेलस्थित मन्त्री निवासमा भएको भेटघाट तथा छलफलमा जुम्लाका स्याउ उत्पादक किसानले भोग्दै आएका बीमा समस्यादेखि भौतिक पूर्वाधार र पर्यटन विकासका महत्वपूर्ण सवालहरू प्राथमिकताका साथ उठाइएका हुन् । भेटलाई जुम्लाको आवाज केन्द्र सरकारसम्म पु¥याउने अवसरका रूपमा लिइएको छ । छलफलमा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले आर्थिक वर्ष २०८०÷०८१ मा शिखर इन्स्योरेन्स कम्पनीसँग गरिएको स्याउ बीमाको दाबी भुक्तानीमा भएको ढिलाइ र अव्यवस्थित…

Read More