लोकप्रिय समाचार
What's Hot
- खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
- पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
- बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
- यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
- आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
- जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
- प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
- भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
Author: naurate nepali
पुस १४ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ७ मा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो मौसमलाई मध्यनजर गर्दै वडा कार्यालयले करिब ३ लाख रुपैयाँको लागतमा न्यानो कपडा वितरण गरेको हो । वडाध्यक्ष गणेश महतका अनुसार ७० वर्षभन्दा माथिका ८३ जना र ६० वर्षभन्दा माथिका १ सय ४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा उपलब्ध गरिएको बताउनु भयो । साथै, ७ जना पूर्ण अपांगता भएका र ११ जना आंशिक अपांगता भएका व्यक्तिलाई पनि न्यानो कपडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । जुम्लाको मौसम अत्यन्त चिसो हुने भएकाले राहत स्वरूप न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष…
पुस १४ जुम्ला कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला जलवायु संवेदनशील जिल्ला मध्ये एक हो । जुम्लामा रहेका हिमतालहरूको हिउँ पग्लिदै जानु, अनियमित वर्षा, पानीको अभाव र खाद्य असुरक्षा जस्ता समस्याले यहाँको जनजीवनमा गम्भीर असर पारिरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले जुम्लामा जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्ने उद्देश्यसहित “कर्णाली प्रदेशका वन तथा वनमा निर्भर समुदायहरूको जीविकोपार्जन र क्षमता सुदृढीकरण मार्फत जलवायु उत्थानशीलता” परियोजना सञ्चालन गर्न लागेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक तथा जलवायु परिवर्तन विभाग प्रमुख डा. मनिषराज पाण्डेका अनुसार यो परियोजना जुम्लासहित डोल्पा, जाजरकोट र दैलेख जिल्लाका ३१ वटा स्थानीय तहमा सञ्चालन…
पुस १३ जुम्ला जुम्लामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विकल्प सीमित छन् । यही कारणले हरेक वर्ष सयौँ विद्यार्थी स्नातक र स्नातकोत्तर अध्ययनका लागि जिल्ला बाहिरिन बाध्य छन् । यही यथार्थलाई बदल्ने उद्देश्यका साथ जुम्ला बहुमुखी क्याम्पसले नयाँ संकाय थप तथा शैक्षिक सुदृढीकरणको प्रक्रिया अघि बढाएको छ । यसै सन्दर्भमा जुम्ला बहुमुखी क्याम्पसमा जिल्ला स्तरीय सरोकारवालाहरूबीच छलफल आयोजना गरिएको छ । छलफलमा जुम्लाका स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा, क्याम्पस प्रशासन र अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । २०३० सालमा स्थापना भएको जुम्ला बहुमुखी क्याम्पस जुम्लामा उच्च शिक्षाको मेरुदण्डका रूपमा चिनिदै आएको छ । तर समयअनुसार विषय…
पुस १२ जुम्ला नेकपा एमाले जुम्लाले समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको छ । खुला तर्फ राजुशरण न्यौपाने, गोर्खबहादुर बुढा, नन्दराम रोकाया र हंश रोकायाको नाम सिफारिस भएको छ । यस्तै महिला तर्फ सिफारस हुनेमा शान्ता शाही, मेनका रेग्मी, मेनका पछाई र पम्फी बुढाको नाम सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ । पिछडिएको तर्फ डाक्टर कुशेन्द्र महत र बिष्णुबहादुर शाहीको नाम सिफारिस गरिएको छ । दलिततर्फ राजकली सार्कीको नाम सिफारिस भएको छ । प्रत्यक्ष तर्फका उम्मेदवार चयन गर्न बाँकी रहेको नेकपा एमाले जुम्लाका पार्टी अध्यक्ष शान्तिलाल महतले जानकारी दिनु भयो । उहाँका अनुसार, पार्टीको सर्कुलर अनुसार समानुपातिक तर्फका…
पुस ११ जुम्ला जुम्ला चन्दननाथ नगरपालिका ३ डाँडाकोट निवासी डाक्टर गोविन्द नेपाली र इन्दिरा घलेद्वारा लेखेको दलित कला र आदिवासी प्रविधिहरूको दस्तावेजीकरण गरिएको पुस्तक बजारमा आएको छ । गएको शिनबार काठमाडौँको नेपाल पर्यटन बोर्डको सभाहलमा उक्त पुस्तक विमोचन गरिएको हो । उक्त पुस्तक गोविन्द सार्की (नेपाली) र इन्दिरा घलेद्वारा लेखिएको हो भने फ्राइड कालान्तारीले सम्पादन गरेका हुन्। पुस्तक ३५ वर्षको अवधिमा नेपालका विविध भौगोलिक क्षेत्रहरूमा गरिएको अनुसन्धानमा आधारित छ । लेखकहरूका अनुसार यस कृतिले दलित समुदायलाई सर्जक तथा आदिवासी ज्ञानका संरक्षकका रूपमा पुनः स्थापित गर्ने प्रयास गरेको छ । गोविन्द सार्की (नेपाली)ले दलित समुदायलाई नेपालको सभ्यताका आविष्कारका रूपमा पुस्तकले प्रस्तुत…
पुस १० गते राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाबाट उम्मेदवार सिफारिस गरेको दुई वटा पत्र सार्वजनिक भएपछि पत्रको आधिकारिकता माथि प्रश्न उठेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपा जुम्लाले छुट्टा छट्टै दुई पत्र सार्वजनिक गरेपछि आधिकारिता माथि प्रश्न उठेको हो । कार्यबाहक अध्यक्ष देविकृष्ण न्यौपानेको हस्ताक्षरमा प्रतिनिधिसभामा ज्ञानेन्द्र बहादुर शाहीलाई एकल सिफारिस सहित समानुपाति तर्फ पुरुष, महिला र दलित गरी १५ जनाको नाम सिफारिस गरेको पत्र सार्वजनिक भएको थियो । जुम्ला सहित देशका ६ जिल्लाबाट ज्ञानेन्द्र बहादुर शाही प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएको समचारले बुधबार निकै चर्चा पनि पायो । तर त्यो चर्चा चलेको केही समय…
पुस ७ जुम्ला जुम्ला चन्दननाथ नगरपालिका–१० का मक्कर बहादुर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारमा दाबी गर्नु भएको छ । कर्णाली प्रदेश भरिका २४ योग्य, क्षमतावान र अनुभवी व्यक्तिमध्ये उहाँले पनि दाबी गर्नु भएको हो । २०८० साल माघ ८ गते शिक्षा प्रशासन सेवाको उपसचिव पदबाट राजीनामा दिनु भएका भण्डारीले पार्टीले आह्वान गरेको समानुपाति उम्मेदवारमा दाबी गरेको बताउनु भयो । अनलाईनबाटै समानुपातिकको उम्मेदवारी दिएको उहाँको भनाइ छ । रास्वपाले समानुपातिक उम्मेदवारका लागि सूचना आह्वान गरेको थियो । पार्टीले आह्वान गरेको सूचना अनुसार योग्य र सांसदका लागि उपयुक्त पात्र भएकाले उम्मेदवारीमा दाबी गरेको भण्डारीले बताउनु भयो । २०८० साल माघ १२…
पुस ६ जुम्ला पुसको औँसीको समयमा जुम्लाका गाउँ बस्तीमा एक समय भैलो खेल्ने समूह उपस्थित हुन्थे । ढोका–ढोकामा पुगेर भैलो माग्ने समूहहरू, रातभर जाग्राम बसेर रमाइलो गर्ने युवायुवती र पाटीभातको बहानामा सामूहिक वनभोज यी सबै दृश्य जुम्लाको मौलिक संस्कृति भित्रका अमूल्य सम्पदा थिए । तर समयसँगै यी दृश्यहरू स्मृतिमा मात्रै सीमित बन्दै गएका छन् । जुम्लामा पुस औँसीदेखि पाँच दिनसम्म खेलिने भैलोलाई स्थानीय भाषामा ‘ए औँसीबार’ पनि भन्ने गरिन्छ । भैलो केवल मनोरञ्जनको साधन मात्रै थिएन, यो सामाजिक सम्बन्ध बलियो बनाउने, परिवार र समुदायलाई एकतामा बाँध्ने माध्यम पनि थियो । तर पछिल्लो समय यो परम्परा क्रमशः लोप हुँदै गएको छ…
पुस ५ जुम्ला प्लान इन्टरनेशनल नेपालको सहयोगमा पेश नेपाल र क्याड नेपाल जुम्लाले सञ्चालन गर्दै आएका कार्यक्रमको अनुगमनपछि समीक्षा गरिएको छ । जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा अनुगमनका निष्कर्षबारे छलफल गरिएको हो । हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा सञ्चालन भएका कार्यक्रमको शुक्रबार अनुगमन गरी शनिबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेर समीक्षा गरिएको हो । हिमा र सिँजा गाउँपालिकामा पेश नेपाल जुम्ला तथा कनकासुन्दरी गाउँपालिकामा क्याड नेपाल जुम्लाले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सशक्त बालिका परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका छन् । बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा क्षेत्रीले सिमान्तकृत बालबालिकाको क्षेत्रमा केन्द्रित भएर काम…
पुस ५ जुम्ला जुम्लामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप कार्यक्रम तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यालय प्रमुख किरण शर्माका अनुसार चारवटा स्थानीय तहका ३० वटा वडामा कार्यरत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको सहभागितामा गोष्ठी आयोजना गरिएको हो । गोष्ठीको उद्देश्य खोप कार्यक्रमको समीक्षा गर्नुका साथै सुष्म योजना अध्यावधिक तथा निर्माण गर्नु रहेको छ । कार्यक्रममा जुम्ला निर्वाचन क्षेत्र (क) अन्तर्गतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । यही पुस ७ र ८ गते सिँजा क्षेत्रका स्वास्थ्यकर्मीहरूको सहभागितामा पनि कार्यक्रम सञ्चालन हुने जनाइएको छ । गोष्ठीको…
