Author: naurate nepali

पुस २५ जुम्ला नेकपा एमालेले कालिकोट जिल्लाका मिनवहादुर शाहीलाई प्रचार संयोजकको जिम्मेवारी दिएको छ । नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मको अस्थायी कार्य विभाजन गर्दा मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको हो । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष शाही सामुदायिक रेडियोका अभियान्ता समेत हुनुहुन्छ । उहाँ हाल सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष समेत हुनुहुन्छ । दुई कार्यकाल सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्ष रहनु भएका शाहीले एक जिल्ला एक सामुदायिक रेडियो अभियान चलाउनु भएको थियो । साथै उहाँ राष्ट्रिय योजना आयोगको प्रवक्ताका रुपमा काम समेत…

Read More

पुस २४ जुम्ला जुम्लामा स्याउ बगैँचा काटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काटछाँट तथा व्यवस्थापन सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको हो । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास), चन्दननाथ नगरपालिका र कृषि विकास कार्यालय जुम्लाको संयुक्त आयोजनामा अभियानको सुरुवात गरिएको हो । हाल स्याउका बिरुवा भोकाएका र तिर्खाएका अवस्थामा रहेकाले यो समयमा काटछाँट अत्यन्त महत्वपूर्ण मानिएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यतिबेला स्याउका बिरुवा सुसुप्त अवस्थामा हुने भएकाले काटछाँट गर्न उपयुक्त समय भएको बताउनु भयो । किसानको बगैँचामै पुगेर स्याउ व्यवस्थापनका…

Read More

पुस २४ जुम्ला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि छनोट समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लाबाट नरेश भण्डारी र दलबहादुर जिसीको नाम सिफारिस गरेको छ । पार्टीभित्र लामो छलफल र आन्तरिक मूल्यांकनपछि दुई जनाको नाम अन्तिम सूचीमा राखेर केन्द्रमा पठाइएको हो । प्रतिनिधि छनोट समितिका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य तीर्थबहादुर बुढाका अनुसार यसअघि जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारका लागि नवराज न्यौपाने, दलबहादुर जिसी, हरी रावल, रविकिरण, अमराज शाही र नरेश भण्डारी गरी छ जनाको नाम प्रारम्भिक रूपमा सिफारिस गरिएको थियो । ती सबैको राजनीतिक योगदान, संगठन भित्रको भूमिका र स्थानीय स्तरमा प्रभावको आधारमा छलफल गर्दै अन्ततः…

Read More

पुस २३ जुम्ला जुम्लाका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । जिल्लाभरी अटो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि सबै अटोहरू राखी प्रदर्शन गरिएको छ । अटो व्यवसायीका अनुसार जुम्लाको बजार क्षेत्र सानो भएकाले सीमित क्षेत्रमै अटो सञ्चालन गर्नुपर्दा जीविकोपार्जन गर्न कठिन भएको छ । त्यसैले तातोपानी गाउँपालिकादेखि चन्दननाथ नगरपालिकाको बजार क्षेत्रसम्म अटो सञ्चालन गर्न अनुमति दिनुपर्ने उनीहरुको माग छ । भैरवनाथ यातायात सेवा प्रालि जुम्लाका इन्चार्ज राजबहादुर रोकायाका अनुसार हाल तातोपानीदेखि चन्दननाथ नगरपालिकाको सीमित बजार क्षेत्रमा मात्र अटो चलाउन दिइएको छ । जसका कारण अटो व्यवसायीहरुले आफ्नो दैनिक…

Read More

पुस २३ जुम्ला नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसले कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने उम्मेदवारका रूपमा शाहीलाई अघि सारेको हो । जुम्ला तथा समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका शाही नेपाली कांग्रेसभित्र अनुभवी र संगठनप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । कर्णालीका दुर्गम जिल्ला, विकासमा पछाडि परेका समुदाय, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई निरन्तर उठाउँदै आउनुभएका शाहीलाई पार्टीले राष्ट्रिय सभा जस्तो गरिमामय सदनका लागि उपयुक्त व्यक्ति ठहर गर्दै उम्मेदवार बनाएको जनाएको छ । कर्णालीका मुद्दा राष्ट्रिय नीति…

Read More

पुस २२ जुम्ला कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडक खण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा जाजरकोट जोड्ने सडक अन्तरर्गतको टोप्ला इमिल्छा हँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो । सुर्खेतको छिन्चु जोड्ने छोटो मार्गका रुपमा रहेको यो सडक टोप्ला इमिच्छा–जाजरकोटसम्मको सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्ने भएको छ । उक्त सडक निर्माणका लागि बहुवर्षिय योजनाका रुपमा स्रोत सुनिश्चित गर्दै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आवमा १५ करोड ९० लाख बजेट विनियोजन गरेको छ । सोही बजेट अन्तरर्गत सडक विस्तारको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय जुम्लाले ठेक्का आह्वान गरिसकेको छ…

Read More

पुस २१ जुम्ला रैथाने सीप र कला संस्कृतिमा जीवन समर्पण गर्नु भएका जुम्ला चन्दननाथ नगरपालिका–३ डाँडाकोट निवासी डाक्टर गोविन्द नेपाली संस्कृति संरक्षणमा लाग्नु भएको छ । उहाँले काठमाण्डौँमा संग्रहालय बनाउनु भएको छ । देश भरीमा २२ वटा संग्रहालय उहाँकै डिजाईमा निमार्णधिन अवस्थामा छन् । साथै एक दर्जन भन्दा बढि पुस्तकहरु प्रकाशन गरि सक्नु भएको छ । हुड्को नाच नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण पहिचान हो । हुड्को नाच केवल मनोरञ्जनको साधन मात्र नभई समाजको इतिहास र चेतनालाई जीवन्त बनाउने माध्यमका रूपमा लिइन्छ । आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रभावका कारण हुड्को नाच लोपोन्मुख हुँदै गएको डाक्टर नेपालीको भनाइ छ । हालै मात्र…

Read More

पुस २० जुम्ला नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महतको नाम आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गरिएको छ । पार्टीको जिल्ला कमिटीको हालै सम्पन्न बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो । संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका महतले जिल्लाको राजनीतिक, सामाजिक तथा विकासका मुद्दामा निरन्तर योगदान पु¥याउँदै आएको मूल्यांकनका आधारमा उहाँको नाम अघि सारिएको हो । विशेषगरी जुम्लाको भौगोलिक विकटता, विकासका चुनौती र जनताको आवाजलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पु¥याउन सक्ने क्षमताका कारण महतलाई प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा एमाले…

Read More

पुस १९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेदवार समावेश भएका छन् । राप्रपाले सार्वजनिक गरेको जुम्ला जिल्लाको प्रतिनिधिसभाको समानुपातिक सूचीमा दलित महिलातर्फ बिपना नेपाली ९असी दरा०, खसआर्य पुरुषतर्फ जयन्त महत ९बजार क्षेत्र०, खसआर्य महिलातर्फ कमला कुमारी बोहोरा ९बिष्ट० ९चौधबीस दरा० र दलित पुरुषतर्फ बल बहादुर बस्याल ९पानसय दरा० रहनु भएको छ । उक्त सूचीले दलित, महिला र खसआर्य समुदायबीच सन्तुलित प्रतिनिधित्व कायम गर्दै जुम्लाका विभिन्न भुगोल र वर्गको सहभागिता सुनिश्चित गरेको राप्रपाको दाबी छ । लामो समयदेखि राज्यका निर्णयकारी तहमा न्युन प्रतिनिधित्व भोग्दै आएको दलित समुदायका लागि यो अवसर आशा, भरोसा र राजनीतिक सशक्तीकरणको…

Read More

पुस १६ जुम्ला । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि जुम्लाका उम्मेदवारहरूले निर्वाचन खर्चको विवरण नबुझाएको भन्ने समाचार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाईएको छ । ती समाचारले उम्मेदवारहरूलाई मात्र होइन, समग्र निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएको छ । तर यथार्थ भने फरक रहेको सार्वजनिक भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनु भएका रतननाथ योगीले २०७९ मंसिर १९ गते नै निर्वाचनमा भएको १८ लाख ८ हजार रुपैयाँ खर्चको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लामा बुझाई सक्नु भएको प्रमाणसहित जानकारी दिइएको छ । उहाँसँगै गोमा कुँवर र ज्ञानेन्द्र शाहीले विवरण नबुझाएको भनी प्रकाशित समाचारप्रति सोही समयका उम्मेदवारहरूले…

Read More