Author: naurate nepali

माघ २२ जुम्ला नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसार अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले गाउँ–गाउँ केन्द्रित अभियान सञ्चालन गर्दै दुई दिनमै दुई दर्जनभन्दा बढी गाउँमा चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ । पार्टीले जुम्ला जिल्लाका विभिन्न स्थानीय तहमा एकैसाथ प्रचार अभियान सञ्चालन गर्दै संगठन परिचालनलाई तीव्र बनाएको हो । मंगलबार मात्रै नेपाली कांग्रेसले जुम्लाका ११ स्थानमा चुनावी कार्यक्रम सम्पन्न गरेको छभने बुधबार गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा चुनाव केन्द्रित कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा…

Read More

माघ २१ जुम्ला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिनिता कठायतले राप्रपाका उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले चुनावी अभियानका क्रममा दुष्प्रचार गरेको आरोप लगाउनु भएको छ । बुधवार बिहान रास्वपा जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार कठायतले ज्ञानेन्द्र शाहीले प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टी एउटै हो भन्ने गलत प्रचार गर्दै जनतालाई भ्रमित गरिरहेको बताउनु भयो । गाउँ–गाउँमा पुगेर यस्तो गलत सूचना प्रवाह गरिएको प्रति उहाँले आपत्ति जनाउनु भएको छ । घण्टी चुनाव चिन्ह मन परेको भए रास्वपाबाटै उम्मेदवारी दिनुपर्ने बताउँदै कठायतले सुर्खेतबाट रास्वपाको टिकट नपाएपछि जुम्ला आएर गलत प्रचार गरिएको आरोप लगाउनु भयो । संसदमा…

Read More

माघ २० जुम्ला नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले जुम्लाको निर्वाचन परिचालन समितिको संयोजकमा महिला नेतृ कान्तिका सेजुवालाई तोकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका गतिविधिको नेतृत्व गर्ने गरी सेजुवालाई संयोजक तोकिएको हो । जुम्लामा सेजुवाल संगै नेपाली कांग्रेसले देशभरीका १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि चुनावी कमाण्डर तोकेको छ । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले जुम्ला नेपाली कांग्रेसको निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी तोकेपनि आफुलाई थाहा नभएको नेतृ कान्तिका सेजुवालले बताउनु भयो । ‘कसरी संयोजक तोकियो आफुलाई थाहा नभएको उहाँको भनाइ छ । मलाई नसोधी जिम्मेवारी तोकिएको छ । अहिले मिडियामा आएपछि…

Read More

माघ २० जुम्ला नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महत चुनाव प्रचारका लागि सिँजा क्षेत्रमा पुग्नु भएको छ । उहाँले सिँजा क्षेत्र अन्तर्गतका तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पालिका स्तरीय भेलामार्फत चुनाव प्रचार गरिरहनु भएको छ । चुनावी प्रचारका क्रममा उम्मेदवार महतले सिँजा क्षेत्रका लागि व्यवस्थित अस्पताल स्थापना गर्ने प्रमुख चुनावी मुद्दा अघि सार्नु भएको छ । सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका स्थानीय नागरिकले स्वास्थ्य उपचारका लागि करिब छ घण्टा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिँजा क्षेत्रमै पायक पर्ने स्थानमा व्यवस्थित अस्पताल स्थापना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो । घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनु…

Read More

माघ २० जुम्ला प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनऋषि धितालले चुनावी खर्च जुटाउन पुस्तक बिक्री अभियान सुरु गर्नु भएको छ । निर्वाचनका बेला चन्दा र सहयोग लिएर खर्च जुटाउने परिपाटीको अन्त्य गर्न आफूले यो अभियान सुरु गरेको उहाँले बताउनु भयो । चन्दा र सहयोगमा निर्भर नहुने बताउँदै उहाँले आफ्नै लेखनबाट प्राप्त आम्दानी निर्वाचनमा खर्च गर्ने स्पष्ट पार्नु भएको छ । पुस्तक बिक्रीबाट संकलन भएको रकम चुनावी खर्चमा प्रयोग गरिने उहाँको भनाइ छ । धितालले २०८० सालमा प्रकाशित आफ्ना आठ वटा पुस्तकलाई ‘बुक बन्डल’का रूपमा पाँच हजार रुपैयाँमा बिक्री गरिरहनु भएको छ । दर्शन, राजनीति, समाज र वैचारिक बहससँग…

Read More

माघ १९ जुम्ला नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले निर्वाचन रणनीति तयार गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा काँग्रेसका उम्मेदवार दीप बहादुर शाहीलाई जिताउन विशेष चुनावी रणनीति तयार गरेको हो । आगामी निर्वाचनमा पार्टीका पक्षमा बहुमत ल्याउन संगठन सुदृढीकरण र जन सम्पर्क विस्तारको पक्ष जोड दिने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा सादगी नेता दीप बहादुर शाहीलाई उम्मेदवारका रुपमा उठाएको छ । दुई पटक तत्कालिन गाविस अध्यक्ष भईसक्नु भएका शाही जनतासँग प्रत्यक्ष रहेर काम गरिरहेकाले आफ्नो जित हुने दाबी गर्नु भयो । कांग्रेसको आईतबार बसेको बैठकले गाउँ गाउँमा…

Read More

माघ १८ जुम्ला नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले सिँजा सभ्यता विधेयक कानुनका रूपमा अघि बढेकाले जुम्लालाई सांस्कृतिक राजधानी बनाउने आधार तयार भएको बताउनु भएको छ । जुम्लामा आयोजित निर्वाचन परिचालन समितिको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले तथ्य र तथ्यांकका आधारमा जुम्लालाई सांस्कृतिक राजधानी घोषणा गर्न संसदमा बहस सुरु गर्ने बताउनु भयो । सिँजा सभ्यता विधेयक पारित भएमा सांस्कृतिक राजधानीको ढोका खुल्ने दाबी गर्दै भण्डारीले कर्णाली भाषा, संस्कृति र सभ्यताका हिसाबले अग्रस्थानमा रहेकाले जुम्ला सांस्कृतिक राजधानीका लागि उपयुक्त रहेको बताउनु भयो । देशको प्रशासनिक र राजनीतिक राजधानी काठमाण्डौँ हुन सक्छ भने जुम्ला किन सांस्कृतिक राजधानी हुन…

Read More

माघ १७ जुम्ला नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महत चुनाव प्रचारका लागि सिँजा क्षेत्रमा पुग्नु भएको छ । उहाँले सिँजा क्षेत्र अन्तर्गतका तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पालिका स्तरीय भेलामार्फत चुनाव प्रचार गरिरहनु भएको छ । चुनावी प्रचारका क्रममा उम्मेदवार महतले सिँजा क्षेत्रका लागि व्यवस्थित अस्पताल स्थापना गर्ने प्रमुख चुनावी मुद्दा अघि सार्नु भएको छ । सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका स्थानीय नागरिकले स्वास्थ्य उपचारका लागि करिब ६ घण्टा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिँजा क्षेत्रमै पायक पर्ने स्थानमा व्यवस्थित अस्पताल स्थापना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो । घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनु…

Read More

माघ १५ जुम्ला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जुम्लामा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त देखिएका छन् । जुम्लाका गाउँ–गाउँ पुगेर उम्मेदवारहरूले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागि रहेका छन् । यसपटक जुम्लाबाट प्रतिनिधि सभाका लागि दश जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवार आ–आफ्नो पक्षमा जनमत जुटाउन सक्रिय छन् । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शान्तिलाल महतले जनताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै मत मागि रहेको बताउनु भएको छ । विकास, रोजगारी र आधारभूत सेवामा केन्द्रित एजेण्डाका साथ आफु मतदातामाझ पुगिरहेको बताउनु भयो । २०७९ सालको निर्वाचनमा समानुपातिक तर्फ नेकपा एमाले जुम्लाको पहिलो…

Read More

माघ १३ जुम्ला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाबाट एक जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नौ जना पुरुष उम्मेदवारबीच एक मात्र महिला उम्मेदवारका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विनिता कठायत चुनावी मैदानमा उत्रिनु भएको छ । २०७९ सालको निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद रहनु भएकी कठायत अहिले प्रत्यक्ष निर्वाचनका लागि मतदातासँग घरदैलो गर्दै हुनुहुन्छ । एकल महिला उम्मेदवार भएकाले उहाँलाई महिला मतदाताबाट विशेष समर्थन र आश्वासन प्राप्त भइरहेको छ । जुम्लामा रास्वपाको राजनीतिक धरातल बलियो नभएपनि चुनाव आफ्नो पक्षमा पार्ने रणनीति सहित कठायत सक्रिय हुनुहुन्छ । माघ १० गते जुम्लामा हिमपात हुँदा समेत उहाँ…

Read More