Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लामा तीन दिनमा २२ सयको परीक्षा गरिएको नक्कली विवरण

    naurate nepaliBy naurate nepaliFebruary 10, 2026 समाचार No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    माघ २७ जुम्ला
    यातायात व्यवस्था कार्यालय जुम्लाले तीन दिनमा लाइसेन्स लिनेहरूमध्ये २२ सय ६ परीक्षार्थीको प्रयोगात्मक परीक्षा गरिएको नक्कली विवरण तयार पारेर फर्जी काम गरेको पाइएको छ । साथै सो कार्यालयले विदेशमा बसेका र फेल भएकालाई पनि लाइसेन्स दिएको पाइएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै तीन दिनमा २२ सय ६ परीक्षार्थीको परीक्षा गराएको भन्ने नक्कली विवरणसमेत बनाएको खुलासा भएको छ ।

    सो कार्यालयले २०७५ सालको असोज १८, १९ र २० गते गरी तीन दिनमा सञ्चालन गरिएको वर्ग ‘ए’ र ‘के’ को प्रयोगात्मक परीक्षामा २२ सय ६ जनाले परीक्षा दिएको अभिलेख तयार गरेको पाइएको तर सोही कार्यालयले २०८१ सालमा अख्तियारलाई लेखेको पत्रमा जुम्ला कार्यालयले दैनिक न्युनतम २ सयदेखि अधिकतम २ सय ५० जनाको मात्रै परीक्षा लिन सक्ने क्षमता भएकाले तीन दिनमा २२ सयको परीक्षा लिइएको भन्ने विवरण अस्वाभाविक देखिएको थियो ।

    यसका आधारमा अख्तियारले गरेको छानबिनमा जुम्ला कार्यालयले ठूलो अनियमितता गरेको पाइएको जनाएको हो । अख्तियारले यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल र जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायब निरीक्षक गंगाराम विश्वकर्माविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    उहाँहरूले २२ सय ६ जानको परीक्षा लिइएको नक्कली विवरण बनाउनुका साथै वैदेशिक रोजगारीमा रहेको व्यक्ति तथा प्रयोगात्मक परीक्षामा फेल÷अनुपस्थित भएका व्यक्तिसमेत १८ जनालाई सवारी चालक अनुमतिपत्र दिएको आयोगको भनाइ छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रयोगात्मक परीक्षा नतिजा रिपोर्टमा फेल तथा अनुपस्थित जनाइएका १८ (अठार) जना व्यक्तिहरूको नाममा वर्ग ‘ए’ र ‘ई’ तथा विदेशमा रहेका व्यक्ति शालिकराम भण्डारीको नाममा ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र जारी गरेको पाइएको छ । जबकि, जुन बेला उनी विदेशमा थिए त्यो बेला यहाँ लिखित र प्रयोगात्मक परीक्षामा सहभागी भएको अभिलेख राखिएको छ ।

    आयोगले गरेको अनुसन्धानमा भण्डारी २०७०÷०५÷१९ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गई २०७५÷०५÷२३ मा नेपाल फर्केको देखिएको छ । तर, उनलाई २०७५÷०४÷२० गतेको लिखित परीक्षा र २०७५÷०४÷२०को प्रयोगात्मक परीक्षामा पास गराई २०७५÷०४÷२५ गते ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र नं. १४–००४५२३ जारी गरेको देखिएको छ ।

    त्यसै गरी, प्रयोगात्मक परीक्षाको परिणाममा फेल जनाइएको कम्प्युटर प्रवृष्टिमा एडिट गरी फेलबाट पासमा नतिजालाई सच्याई, उत्तीर्ण जनाई सवारी चालक अनुमतिपत्र जारी गरे गराएको, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण जनाइएका शिवबहादुर क्षेत्रीलाई ‘ई’ वर्गको, प्रयोगात्मक परीक्षामा अनुपस्थित हिमाल बोहोरालाई पनि पास देखाइ लाइसेन्स दिएको पाइएको छ ।

    यसै गरी, प्रयोगात्मक परीक्षामा फेल जनाइएका अंकबहादुर शाही, शान्ता कुमारी चौलागाईं, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दहाल, दिपक शाही, रेशम अधिकारी, नेत्रकला जैशी, आस्था भट्टराई, कुंग सन्डुप लामा, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल, ताराबहादुर थापालाई समेत परीक्षाको परिणाम फेरबदल लाइसेन्स दिइएको आयोगले जनाएको छ ।

    निमित्त कार्यालय प्रमुख देवकोटाले फेल भएको नतिजालाई पास भनी कम्प्युटरमा (युजर आईडी) ४६७ बाट सच्चाएको कुरा यातायात व्यवस्था विभाग, सूचना प्रविधि शाखाको २०८२÷०३÷१९ को पत्रसमेतबाट थप पुष्टि भएको आयोगले जनाएको छ ।

    स्रोत ः नेपाल समाचार पत्र

    Post Views: 1,654

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    naurate nepali
    • Website

    Keep Reading

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.