Author: naurate nepali

चैत १४ जुम्ला भुलभुले क्षेत्र वर्षौँदेखि प्रभावकारी सञ्चार सेवाबाट वञ्चित हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका छन् । मुगुको राराताल जाने मार्गमा पर्ने यो महत्वपूर्ण स्थानमा फोन नेटवर्क नियमित रूपमा नचल्दा पर्यटक र स्थानीय व्यवसायी दुवै प्रभावित भएका हुन् । कनकासुन्दरी गाउँपालिका–१ अन्तर्गत मोर्फान गाउँको डाँडामा रहेको टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा भुलभुले क्षेत्रमा सञ्चार सेवा अवरुद्ध जस्तै भएको स्थानीयको गुनासो छ । विशेषगरी रारातालतर्फ जाने पर्यटकहरू बाटोमा विश्रामका लागि भुलभुलेमै बस्ने गरे पनि सञ्चार अभावले अलपत्र पर्ने अवस्था देखिएको छ । स्थानीय होटल व्यवसायी गोविन्द भण्डारीका अनुसार नेटवर्क नियमित नहुँदा पर्यटकसँग सम्पर्क गर्न समस्या हुने गरेको बताउनु…

Read More

चैत ११ जुम्ला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा देखिएका समस्या समाधान तथा गुणस्तर अभिवृद्धिका लागि सर्वपक्षीय छलफल तथा सुझाव ग्रहण कार्यक्रम आयोजना गरेको छ । सेवाग्राहीको गुनासो, अनुभव र सरोकारवालाको सुझावलाई समेटेर सेवा सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मी महतका अनुसार छलफलबाट प्राप्त सुझावका आधारमा स्पष्ट कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने बताउनु भयो । सेवालाई अझ सुधार गर्दै गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ सेवा प्रदान गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । छलफल कार्यक्रममा सहभागी पूर्वमन्त्री बलबहादुर महत, नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाही तथा नेकपा नेता विष्णबहादुर महत -गौरव) लगायतले प्रतिष्ठानलाई…

Read More

चैत ९ गते ‎जुम्लाको गुठीचौर गाउँपालिकाले लामो समयदेखि प्रयोगमा नआएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनलाई यथाशीघ्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सवारी साधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ लागु भएसँगै गाउँपालिकाले सवारी व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखेको हो । ‎गत कात्तिक २८ गते सुशासन अभियान घोषणा गर्दै गाउँपालिकाले कार्यालयबाहेक व्यक्तिगत प्रयोजनका लागि सवारी साधन प्रयोगमा प्रतिबन्ध लगाएको थियो । सोही अभियानलाई थप प्रभावकारी बनाउन नयाँ कार्यविधि लागु गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो । ‎उहाँका अनुसार सवारी साधनको दुरुपयोग रोक्न, इन्धन खर्च नियन्त्रण गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यविधि ल्याइएको हो ।…

Read More

चैत ६ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिका १ देखि १० नम्ब वडा भित्रका ३३४ जनालाई एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका ३३४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो । यही चैत ९ र १० गते दुई दिनमा एचपिभी खोप लगाइने योजना रहेको छ । ६ कक्षामा अध्ययनरत छात्रालाई एचपिभी खोप लगाइने छ । राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । १ नम्बर वडाका १० जना, २ नम्बर वडाका १९ जना, ४ र ५ नम्बर वडाका १३० जना छात्रालाई एचभिपी खोप लगाउन…

Read More

चैत ५ जुम्ला जुम्लाको चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापन फेरि चुनौतीपूर्ण बनेको छ । नगरपालिकाले नियमित रूपमा फोहोर फाल्दै आएको स्थानमा स्थानीय समुदायको अवरोधपछि समस्या झनै चर्किएको हो । नगरपालिकाले यसअघि वडा नम्बर २ को दुनादुनै क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर भण्डारीवाडा गाउँका स्थानीयले करिब एक वर्षदेखि फोहोर फाल्न नदिएपछि वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । हाल नगरपालिकाले आफ्नै कार्यालय पछाडि रहेको अस्थायी संकलन केन्द्रमा फोहोर जम्मा गर्दै आएको छ । तर यसले दीर्घकालीन समाधान दिन नसकेको भन्दै बजारवासीले नियमित फोहोर संकलन नहुँदा गुनासो गरिरहेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढथापाले बजारको फोहोर…

Read More

फागुन २७ जुम्ला जुम्लाको बजार क्षेत्रको एयरपोर्ट लाइनमा रहेका विभिन्न पसलहरूको बजार अनुगमन गरिएको छ । उपभोक्ताको अधिकार सुरक्षित गर्न तथा मिति सकिएको सामान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका लगायतका क्षेत्रमा रहेका साना पसलहरूमा सामान एयरपोर्ट लाइनका ठुला पसलबाट जाने भएकाले सो क्षेत्रका पसलहरूलाई लक्षित गरी अनुगमन गरिएको हो । अनुगमनका क्रममा एयरपोर्ट लाइनमा रहेका ज्योति खाद्यान्न तथा खुद्रा पसल, महारुद्र जनरल स्टोर, बासमती जनरल स्टोर, नविना जनरल स्टोर, सन्दिपा जनरल स्टोर र जनक खुद्रा पसलको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा मिति सकिएका सामान तत्काल…

Read More

फागुन २६ जुम्ला नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले चुनाव खर्च सार्वजनिक गर्नु भएको छ । महतले चुनाव अवधिभर भएको खर्च मंगलबार सार्वनजिक गर्नु भएको हो । सार्वजनिक भएको खर्च विवरण अनुसार महतको चुनाव अवधिभर ५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । जुम्लाका एक स्वतन्त्र सहित १० उम्मेदवार मध्य चुनाव खर्च सार्वजनिक गर्ने एमाले उम्मेदवार महत र नेकपा माओवादीका विर्ष वहादुर शाही पहिलो हुनुहुन्छ । खर्च विवरण अनुसार गाडी एउटा ९० हजार, ईन्धन एक सय लिटर ३० हजार, प्रचार सामाग्री पर्चा पम्पलेट खर्च १ लाख ६० हजार, आवाज सहितको सन्देश निर्माण तर्फ १ लाख ३० हजार र अन्य खर्च…

Read More

फागुन २३ जुम्ला जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान वहादुर शाही विजयी हुनु भएको छ । २०७९ सालमा निर्वाचित हुनु भएका शाही पुन दोस्रो पटक पनि निर्वाचित हुनु भएको हो । १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । शाहीका प्रतिद्धोन्द्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्नु भएको छ । ३ हजार १८१ मतले भण्डारीलाई शाहीले पारजित गर्नु भएको हो । २०७९ मा २२ हजार ८१९ मत पाउनु भएका शाहीले दोस्रो पटक १४ हजार ८१६ मत प्राप्त गर्नु भएको छ । विगतमा प्रतिनिधि सभा सदस्य नदोहोर्याउने जुम्लाले यस पटक भने…

Read More

फागुन २१ जुम्ला । जुम्लामा ५६.८९ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार ७१ हजार ७ सय ३९ मतदातामध्ये ४१ हजार २ सय १० मत खसेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भयो । जसमा महिला तर्फ २१ हजार १ सय ४६ र पुरुष तर्फ २० हजार ६४ जनाले मतदान गरेका छन् । पुरुष भन्दा महिला १ हजार ८२ जना बढीले मतदान गरेका छन् । यस्तै अस्थायी खाद्य व्यवस्था तथा व्यापार कम्पनि मतदान केन्द्रमा १ सय २ जनाले समानुपातिक तर्फ मतदान गरेका छन् ।  यसैबिच, प्रतिनिधि सभा सदस्यको निर्वाचन जुम्लामा शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न भएको…

Read More

फागुन १३ जुम्ला जयरत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाले विद्यालय स्तरीय च्याम्पियन कप प्रतियोगिताको सुरुवात गरेको छ । विद्यालय भित्रका इनहाउस (सदन) बीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुने जनाइएको छ । विद्यालय स्तरीय च्याम्पियन कपको उद्घाटन धावक हरी बहादुर रोकायले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयस्तरबाट सञ्चालन भइरहेका खेलकुद गतिविधिको प्रशंसा गर्नुभयो । विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रति रुचि जागृत गराउने उहाँको भनाइ छ । खेलकै माध्यमबाट आफु स्थापित भएको अनुभव सुनाउँदै रोकायले आगामी दिनमा पनि यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिनुभयो । प्रतियोगितामा दौड, हाई जम्प, सटपुट, नृत्य, सोलो साइकल रेस र…

Read More