Author: naurate nepali

साउन ३० जुम्ला जुम्लाको तातोपानी गाउँपालिकामा किसान र उद्यमीलाई वित्तीय संस्था तथा बजारसँग जोड्न पहल गरिएको छ । किर्डाक नेपाल तातोपानीको आयोजनामा गाउँपालिका भित्रका किसान, उद्यमी र वित्तीय संस्थाका प्रमुखलाई एकै ठाउँमा भेला गराई उद्यम गर्न इच्छुकलाई सहुलियत ऋण उपलब्ध गराउने विषयमा छलफल गरिएको हो । कार्यक्रममा हरित उद्यमशिलता प्रवद्र्धन, लगानीका अवसर, बजार पहुँच र सहुलियत ऋण प्रक्रियाका बारेमा जानकारी आदानप्रदान गरिएको छ । उद्यम गर्न इच्छुक किसानलाई न्युनतम ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउन सकिने वित्तीय संस्थाका प्रतिनिधिहरूले बताएका छन् । साथै, किसानले उत्पादन गरेका कृषिवस्तु प्रशोधन गरी बजारसम्म पु¥याउन आवश्यक उपकरण, प्रविधि तथा उत्पादनमा सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धता…

Read More

साउन २९ जुम्ला  तिला गाउँपालिका–८ मा रहेको जुम्लाकोट स्वास्थ्य चौकिलाई पोषण मैत्री घोषणा गरिएको छ । पोषण मैत्री स्थानीय शासन वडा घोषणाका ४९ वटा सूचक मध्ये स्वास्थ्य क्षेत्रका १६ वटा सूचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गरिएको हो । स्थानीय स्वास्थ्य सेवामा सुधार, पोषण सम्बन्धी सचेतना अभिवृद्धि र सेवा पहुँच विस्तारका लागि स्वास्थ्य चौकीले गरेका प्रयासको आधारमा घोषणा गरिएको हो । स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष आँसे बस्नेतले सुपोषित बालबालिका बनाउने सपनातिर वडा उन्मुख भएको बताउनु भयो । विभिन्न कारणले कुपोषित हुने बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आउने उहाँको भनाइ छ । यस्तै,…

Read More

साउन २९ जुम्ला “विद्यालय शिक्षा” सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० मा समावेश गरिएका कानुनी प्रावधानप्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) जुम्लाले चन्दननाथ नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । प्याप्सनले ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामुलक बनाईनेछ’ भन्ने वाक्यांश हटाउनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द खारेज गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो । यस्तै, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग पनि अघि सारिएको छ । प्याप्सन जुम्लाका अध्यक्ष टाशी दोन्डुप लामाले व्यक्तिको पेशा, व्यवसाय र लगानी…

Read More

साउन २८ जुम्ला सिमान्तकृत बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न जुम्लाको तातोपानी गाउँपालिकामा किर्डाक नेपालले सहयात्रा तेस्रो परियोजना संचालन गरेको छ । सेभद चिल्ड्रेनको सहयोग, किर्डाक नेपाल जुम्लाको सहिजकरण, पालिकाको समन्वय र सहकार्यमा परियोजना संचालन भएको हो । तातोपानी गाउँपालिका भित्र रहेका ७ सय ८ जना जोखिममा बालबालिका मध्ये हालसम्म ५ सय ८० जना बालबालिकालाई सहयोग गरिएको र अब बाँकि ३ सय ७ जना बालबालिकालाई पनि सहयोग गर्ने तयारी रहेको किर्डाक नेपाल जुम्लाका शिक्षा परियोजना संयोजक ख्यामराज लामिछानेले बताउनु भयो । उहाँका अनुसार, जोखिममा रहेका बालबालिकाको लागि शसक्त रुपमा आवाज बुलन्द गर्न पालिका स्तरीय बालिका तथा समावेशि शिक्षा संजाल समेत गठन…

Read More

साउन २८ जुम्ला विद्यार्थी संख्या अनुसारको शौचालय नहुँदा विद्यार्थीहरुलाई कठिनाई भइरहेको छ । जुम्लाको चन्दननाथ नगरपािलकामा रहेको चन्दननाथ माध्यामिक विद्यालयमा यस्तो समस्या देखिएको हो । अहिले विद्यालयमा १ हजार ८ सया जनाको हाराहारीमा विद्यार्थी संख्या भएपनि आवश्यकता अनुसारको शौचालय नहुँदा लाइनमा बस्नु पर्ने बाध्यातका कारण पढाईमा समेत बाधा पुगिरहेको कक्षा १० मा अध्ययनरत छात्रा सुजता काफ्लेले बताउनु भयो । उहाँका अनुसार सबै भन्दा बढी छात्राहरुलाई महिनावारी भएको समयमा शौचालय प्रयोगमा समस्या हुने गरेको छ । शौचालय अभावका कारण बिचमा पढाईलाई छुटाउनु पर्ने समस्या भोग्न परिरहेको विद्यालयका अर्का छात्र उज्वल उपाध्यायले बताउनु भयो । उहाँले पहिला भएको शौचालय भत्काईएको र नयाँ…

Read More

साउन २६ जुम्ला जुम्लामा रहेको शसस्त्र प्रहरी वल नेपाल नं.३३ गण हेड क्वाटर त्रिपुरा जुम्लाको ११ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ । साविक कर्णालीलाई समेट्ने गरि शसस्त्र प्रहरी बल जुम्लामा स्थापना भएको ११ वर्ष पुगेको उपलक्ष्यमा सोमबार आयोजित विशेष समारोह गरि मनाईएको हो । दिवसका अबसरमा उत्कृष्ट कार्य गर्ने, विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने शसस्त्र प्रहरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शसस्त्र प्रहरी बल नेपालका बरिष्ठ उपरिक्षक तथा महेश्वरी बाहिनीका निमित्त बाहिनीपति विनोदराज श्रेष्ठले उच्च पेशागत कौसलता प्रदान गरि जुम्लामा शसस्त्र प्रहरीले आफ्नो पेशागत जिम्मेवारी पुरा गरिरहेको बताउनु भयो । जनताको शान्ति…

Read More

जुम्लामा जात्रा शुरु, पहिलो दिन गाईजात्रा , साउन २५ जुम्ला जुम्लामा आईतबारदेखि कर्णालीकै लामो र ठुलो जात्रा शुरु भएको छ । पहिलो दिन आईतबार गाईजात्रा, २६ गते रोपाई जात्रा, २७ गते पल्टन जात्रा, २८ गते बाघभालु जात्रा तथा साउन ३१ गते कृष्ण जन्मष्टमी र भदौ १ गते लाखे काट्ने जात्रा संचालन हुने जात्रा समितिले जनाएको छ । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले आईतबार पहिलो दिन गाइजात्रा पर्व मनाएका छन् । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईलाई सिंगारेर अथवा मानिसले गाईको रुप धारण गरेर टोलटोल घुम्ने चलन छ । शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ…

Read More

साउन २५ जुम्ला तिला गाउँपालिका–९ ले हरित विद्यालय निर्माण र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि वृक्षारोपण गरेको छ । वडा भित्र रहेका सामुदायिक विद्यालय परिसर, सार्वजनिक स्थल, मठमन्दिर, पर्यटकीय क्षेत्र र बाढी पहिरोको उच्च जोखिम रहेको ठाउँमा वृक्षारोपण गरेको हो । वडा भित्र रहेका ६ वटा विद्यालय मध्ये ज्योति माध्यमिक विद्यालय राँसामालापानी र महादेव माध्यमिक विद्यालय रुखडेचौर तथा आधारभुत तहमा नदैदेवि आधारभुत विद्यालय माथिलो खोप्रि, मालिका आधारभुत विद्यालय तल्लोखोप्रि, सूर्यदय आधारभुत विद्यालय राँसा, महादेव आधारभुत विद्यालय ढिपुमा वृक्षारोपण गरिएको वडाध्यक्ष धन वहादुर रावतले बताउनु भयो । यसैगरी, खानेपानीका मुहान भएको स्थान र पहिरोको उच्च जोखिम भएको ठाउँमा पनि…

Read More