Author: naurate nepali

भदौ २५ जुम्ला जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगार भित्र रहेका हतियार र दाउराको प्रयोग गरी मंगलबार राति ११ बजेतिर कैदिबन्दी भागेको प्रहरीले जनाएको छ । भागेका ४१ जना कैदिबन्दी भागेकोमा त्यसमध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छभने अन्य ३६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताउनु भयो । जेनजी आन्दोलनको मोका छोपि रातिको समयमा कैदिबन्दी भागेका हुन् । डिउटीमा रहेका प्रहरी र जेलर माथि हातपात गर्दै कारागारमा रहेका कैदिबन्दी भागेको उहाँको भनाइ छ । ९७ जना कैदीबन्दी मध्ये ५ जना महिला र ९२ जना पुरुष कैदिबन्दी कारागरामा रहेका थिए ।…

Read More

भदौ २४ जुम्ला नेपालको सामाजिक र राजनीतिक परिदृश्यमा नयाँ पुस्ता जेनेजी पुस्ताले फरक दृष्टिकोण र स्पष्ट आवाज उठाउँदै आएको छ । तर यही पुस्ता राज्यको अन्याय र दमनको शिकार बनेपछि आमाको कोख रित्यिएको घटनाले देशलाई स्तब्ध बनाएको छ । पीडा व्यक्तिगत मात्र नभई समग्र समाज र राष्ट्रव्यवस्थाको असफलताको प्रतिबिम्ब बनेको छ । सन्तान गुमाएकी आमाको आँसु केवल निजी दुख होइन, यो नेपालमा व्याप्त असमानता, बेवास्ता र असक्षम शासनको प्रमाण हो। ग्रामीण क्षेत्रमा अस्पतालमा औषधि र विशेषज्ञको अभाव, आपतकालीन उपचारमा ढिलाइ, विद्यालयमा शिक्षक अनुपस्थिती र न्याय प्रक्रियामा ढिलासुस्ती, यी सबैले आमाको पीडालाई अझ गहिरो बनाएका छन् । भ्रष्टाचार र सरकारी उदासीनताले…

Read More

भदौ २३ जुम्ला बागवानी अनुसन्धान केन्द्र राजीकोट, जुम्लाले दुईवटा नयाँ जातका लसुन सिफारिस गरेको छ । उच्च पहाडमा हुने फलफूल तथा तरकारीमा अध्ययन अनुसन्धान गर्दै आएको सो केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा ‘राजीकोट लसुन–१’ र ‘राजीकोट लसुन–२’ नामका जात सिफारिस गरेको हो । वरिष्ठ वैज्ञानिक (एस–३) राजुकुमार गिरीका अनुसार पाँच वर्षसम्म केन्द्रमा र तीन वर्षसम्म किसानको बारीमा अनुसन्धान गरी सकारात्मक नतिजा प्राप्त भएपछि यी जात सिफारिस गरिएको हो । उहाँका अनुसार नेपालमा हाल लसुनको औसत उत्पादकत्व ६ मेट्रिकटन प्रति हेक्टर मात्र रहेको छ । तर, नयाँ सिफारिस गरिएका जातहरूमा १५ मेट्रिकटन भन्दा बढी उत्पादन दिने क्षमता देखिएको छ । गिरीका…

Read More

भदौ २१ जुम्ला गुठिचौर गाउँपालका– ५ मा रहेको कालिका आधारभुत विद्यालयले ६२ औँ वार्षिकत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । विद्यालय स्थापना भएको अवसरमा वार्षिकत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकत्सव तथा अभिभावक दिवसका अवसरमा प्रधानाध्यापक कर्ण वहादुर खत्रीले विद्यालयको भौतिक अवस्था र आय व्यय प्रस्तुत गर्नु भएको छ । उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा आय तर्फ ४६ लाख ७ हजार २ सय ७० रुपैयाँ र व्ययतर्फ ४३ लाख ७२ हजार २ सय ३७ रुपैयाँ रहेको उल्लेख छ । यस्तै बैँकमा २ लाख ३६ हजार ३३ रुपैयाँ मौज्दात रहेको खत्रीले बताउनु भयो । शिक्षक दरबन्दि अन्तर्गत ५ जना…

Read More

भदौ २० जुम्ला कृष्णमाया उपाध्याय नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवशको अवसरमा मुगुको खत्याड गाउँपालिका २ कि जीरकला भियाललाई कम्बल वितरण गरिएको छ । पत्रकार कृष्णमाया उपाध्यायको पहलमा कम्बल वितरण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौलाको डायलासिस गर्दै आउनु भएका भियाल जुम्लामा डेरा गरेर बस्दै आउनु भएको छ । उहाँलाई ओठ्ने, ओछ्याउने कपडाको अभावका बिच दिन बिताउन गा¥हो भएको हुनाले २ वटा कम्बल र १ वटा म्याड नेपाल रेडक्रस सोसाइटी जुम्लाका सभापति लोकदर्शन श्रेष्ठले हस्तान्तरण गर्नु भएको हो । व्यक्तीगत रूपमा उहाँलाई एक हजार रूपैयाँ समेत उहाँले प्रदान गर्नु भएको छ । पिडित भियालले उपचार गर्दागर्दै आफुसँग…

Read More

भदौ १९ जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन, २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्ति गर्नु भएको हो । महत कर्णालीकै बौद्धिक, शालिन र अनुभवि व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (PHD) अध्ययनरत महतको शोधकार्य जनस्वास्थ्यसँग सम्बन्धित छ । उहाँले २०७७ सालदेखि घरायसी खानेपानी, सरसफाइ तथा स्वच्छता (wash) सेवा र त्यसको पानीजन्य रोगसँगको सम्बन्ध विषयमा अनुसन्धान गरि रहनु भएको छ । उहाँले २०५७…

Read More

भदौ १७ जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिक्त रजिष्ट्रार पदमा समयमै नियुक्ति नहुँदा प्रतिष्ठानका महत्वपूर्ण काम प्रभावित भएका छन् । रजिष्ट्रार नहुँदा औषधि खरिद, कर्मचारीको पारिश्रमिक भुक्तानी, आन्तरिक व्यवस्थापन र नियमित प्रशासनिक प्रक्रिया अघि बढ्न सकेका छैनन् । अस्पताल निर्देशकलाई उपकुलपति नियुक्त गरिएपछि रजिष्ट्रारको पद खाली भएको हो । यस्तै, शिक्षाअध्यक्ष पनि उपकुलपति प्रतिस्पर्धाका लागि काठमाण्डौँ गएको र अहिलेसम्म जुम्ला नफर्किएकाले संस्थागत गतिविधि थप प्रभावित भएको स्रोतले जनाएको छ । प्रतिष्ठान भित्रको आन्तरिक काम मात्र नभई बाह्य सम्पर्क तथा व्यवस्थापनसमेत अवरुद्ध हुँदा सेवा प्रवाहमै असर परेको जनाइएको छ । राजनीतिक खिचातानी र उपकुलपतिको ढिलासुस्ती नै रजिष्ट्रार नियुक्तिमा मुख्य बाधक…

Read More

भदौ १६ जुम्ला । जुम्ला स्याउ उत्पादनका लागि प्रमुख जिल्ला मानिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्ला स्याउ खेतीको दृष्टिले सबैभन्दा अगाडि छ । यहाँ करिब चार हजार चार सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले लगाएका छन् । पछिल्लो समय परम्परागत खेतीभन्दा उन्नत जातको स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ । २०७७ मा जुम्ला गुठिचौर गाउँपालिका–५ जजला धपडामा सबै भन्दा ठुलो उन्नत जातको स्याउ खेती सुरु गरिएको हो । २०७८ मा उक्त बगैँचाबाट स्याउ उत्पादन सुरु भएको हो । १ लाख ७० हजार वर्गमिटरमा ३८ हजार फुजि स्याउका विरुवा लगाईएको छ ।…

Read More

भदौ १५ जुम्ला कर्णाली राजमार्ग सडक अन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको गगनेखोलामा ठुलो ढुङ्गा सहितको पहिरो आइ सडक अवरुद्ध भएको छ । उक्त ढुङ्गा फुटाउन ब्रेकरको प्रयोग प्रयोग भरहेको हुँदा सडक सुचारु हुन करिब ३ घण्टा जति समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताउनु भयो । भदौ १३ गते सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा भत्किएको सडक मर्मत गरी सुचारु भइ सहेको चौधरीले बताउनु भयो । गगने खोलामा ठुला ढुङ्गाहरु खसेर सडकमा झरेको हुनाले फुटाउने कार्य जारी छ । अविरल वर्षाको कारण डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा…

Read More

भदौ १५ जुम्ला पछिल्लो समयमा नकेपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा विद्यार्थीको आवद्ध हुने क्रममा बढी रहेको छ । अनेरास्ववियुका सचिवालय सदस्य बिराज भण्डारीको विशेष पहलमा विद्यार्थी अनेरास्ववियुमा आवद्ध भइ रहेका छन् । गत शनिबार ३३ जना विद्यार्थी अनेरास्ववियुमा आवद्ध भएकोमा भदौ १४ गतेको शनिबारका दिनमा पुनः ३५ जना विद्यार्थी आवद्ध भएका हुन् । यसले गर्दा विद्यार्थीको आकर्षण अनेरास्ववियुमा देखिएको छ । विद्यार्थीको हकहितका पक्षमा काम गर्ने अनेरास्ववियुले शैक्षिक सवालहरु जोडतोडका साथ उठाई रहेको छ । शैक्षिक मुद्दामा बलियो भएकै कारण जुम्ला बहुमुखि क्याप्स जुम्लामा अनेरास्ववियुकै नेता लोकेकन्द्र बुढाले नेतृत्व गरि रहनु भएको छ । नयाँ पुस्तामा राजनीतिक वितृष्णा जागेको…

Read More