लोकप्रिय समाचार
What's Hot
- नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
- नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
- एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
- प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
- जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
- संविधान संशोधन बहसपत्र तयारीका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने
- दरबन्दी जुम्ला, बसाइँ सिंहदरबारमा
- जुम्लामा प्रथम स्ववियू कप भलिबल प्रतियोगिता वैशाख ९ देखि शुरु
Author: naurate nepali
भदौ १५ जुम्ला साविक कर्णाली अंचलकै पहिलो चन्दननाथ माध्यमिक विद्यालय ६३ औँ वर्षमा प्रवेश गरेको छ । शनिबार विद्यालयले ६३ औँ वार्षिकत्सव तथा अभिभाव दिवस भव्यताका साथ मनाएको छ । जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्ने प्रमुख शैक्षिक गन्तव्यका रूपमा विद्यालय स्थापित भएको छ । प्रधानाध्यापक टंकबहादुर महतको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याएपछि विद्यार्थीहरूको आकर्षण बढेको हो । हाल यस विद्यालयमा १ हजार ५ सय ८९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको आन्तरिक आय मात्रै १ करोड ५६ लाख २४ हजार ६५ रुपैयाँ रहेको छ । यसले गर्दा पनि चन्दननाथ माध्यमिक विद्यालय अन्य विद्यालयको…
भदौ १३ जुम्ला कर्णाली राजमार्गको विभिन्न खण्डमा कतै पहिरो र कतै सडक भासिदा पुनः अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको विभिन्न खण्डामा पहिरो आउँदा र सडक भासिदा अवरुद्ध भएको हो । अविरल वर्षाले पहिरो खस्दा र सडक भासिदा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएका छन् । सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो । कालेखोलामा सडक भासिएको छभने गगने खोला र एसमोड लगायतका ठाउँमा पहिरो खसेको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो । उहाँले हुल्मदेखि दहीखोलामा पहिरो खसेको खबर आएको बताउनु…
भदौ १२ जुम्ला विद्यालय शिक्षा विधेयकका केहि प्रावधानमा असन्तुष्टि जनाउँदै निजी विद्यालयहरु आन्दोलित भएका छन् । देशरभकार निजी विद्यालयहरुले विहिबार विद्यालय बन्द गर्दै आन्दोलित भएका हुन् । जुम्लामा रहेका १८ वटा निजी विद्यालयहरुले शिक्षा विधेयको विरोध गर्दै आन्दोलित भएका छन् । पूर्ण छात्रवृत्ति खारेज गर्नु पर्ने, निजी विद्यालय माथिको हस्तक्षेप बन्द हुनु पर्ने, शिक्षा माथि हुने विभेदकारी नीति अन्त्य हुनु पर्ने, उच्च शिक्षामा छात्रवृत्तिमा विभेद बन्द गरिनु पर्ने र शिक्षामा समानता कायम हुनु पर्ने मागहरु राख्दै जुम्लाका निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका हुुन् । छात्रवृत्तिमा सामुदायि विद्यालय सरह पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिनु परेको प्याप्सन जुम्लाका सचिव अमरनाथ योगिले…
भदौ १२ जुम्ला जुम्ला–कालिकोट सडक खण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला स्थित भासिएको सडक मर्मत भएसँगै अवरुद्ध राजमार्ग संचालन भएको छ । कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको हो । सडकमा ढुङ्गा राखेर साना र ठुला सवारी साधान आवत जावत गर्ने बनाईएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनु भयो । उहाँका अनुसार, भासिएको सडक मुनिबाट पर्खाल उठाउने वा रक फुटाउने विषयमा छलफल भइरहेको छ । ठुला सवारी साधन जोखिम मोलेर आउजाउ गर्ने अवस्था रहेको उहाँले जानकारी गराउनु भयो । १० मिटर जति सडक भासिएकोले तत्काल निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । सडक…
भदौ ११ जुम्ला अविरल वर्षाले कर्णाली राजमार्गको जुम्ला–कालिकोट सडक खण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला स्थित सडक भत्किएको छ । करिब १० मिटर सडक भत्किदा राजमार्ग अवरुद्ध भएको छ । पिच र छेउको सडक भत्किएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनु भयो । साना गाडीहरु आवत जावत भए पनि ठुला सवारी साधनहरु रोकिएका छन् । भत्किएको सडकको अवस्था बुझन कर्मचारी पठाईएको चौधरीले बताउनु भयो । उहाँले भत्किएको सडकमा पर्खाल उठाउनु पर्ने वा रक फुटाउनु पर्ने अवस्था रहेको बताउनु भयो । भत्किएको सडक हेरेपछि मात्रै मर्मत कसरी गर्न सकिन्छ भन्ने हो । स्काभेटरहरु तयारी अवस्थामा रहेका छन् । तर,…
भदौ ८ जुम्ला वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको आईतबार संयुक्त अनुगमन गरिएको छ । अनुगमन टोलीको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले नेतृत्व गर्नु भएको थियो । अनुगमन टोलीले जुम्लाका चारवटा गाउँपालिका तिला, तातोपानी, गुठिचौर र पातारासी साथै चन्दननाथ नगरपालिकामा सञ्चालित कार्यक्रमहरूको अवस्था अवलोकन गरेको हो । तातोपानी गाउँपालिका–१ राँकास्थित चेतनशिल कृषि स्याउ समूह, तातोपानी–२ बाबिरास्थित बाबिरा मष्ट जलवायु मैत्री कृषक पाठशाला, तातोपानी–५ श्रीनगरस्थित देउती आलु उत्पादन समूह र चन्दननाथ नगरपालिका–१० गैरागाउँस्थित उर्जनशील महिला आलु उत्पादन समूहमा पुगेर टोलीले कार्यप्रगति बारे जानकारी लिएको छ । तरकारीखेतीबाट घरखर्च संचालन तरकारी उत्पादन गर्दै महिलाहरू आत्मनिर्भर…
भदौ ८ जुम्ला विभिन्न विद्यार्थी संघ संगठन परित्याग गर्दै ३३ जना विद्यार्थी अनेरास्ववियु जुम्लामा आवद्ध भएका छन् । कालिकोट, जाजरकोट र जुम्लाका ३३ जना विद्यार्थी अनेरास्ववियुमा आवद्ध भएको अनेरास्ववियुका सचिवालय सदस्य बिराज भण्डारीले बताउनु भयो । नवप्रवेशि विद्यार्थीर्ला नेकपा एमालेका जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगी, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष शान्तिलाल महत, अनेरास्ववियु केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगी, प्रदेश सल्लाहकार गोरख पछाइ, पार्टी सचिब मान बहादुर रोकाया र जिल्ला कमिटि सदस्य सुमन आचार्यले खादा र अबिर लगाई स्वागत गर्नु भएको छ । यसैगरी, जुम्लाका आठवटै स्थानीय तहमा इन्चार्ज तोकिएको छ । चन्दननाथ नगरपालिकामा गोकर्ण डाँगी, तातोपानी गाउँपालिकामा…
भदौ ६ जुम्ला जुम्ला चन्दनाथ नगरपालिका–७ मा रहेको जनता माध्यमिक महतगाउँका प्रधानाध्यापक हरिकृष्ण महतले जन्मदिनको अवसरमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नु भएको छ । आफ्नै विद्यालयमा अध्ययनरत जेहेनदार र गरिब विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको हो । विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको छ । करिब डेढ लाख रुपैयाँको शैक्षिक सामग्री तथा पोशाक वितरण गर्नु भएको छ । विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाउनु भएको छ । ५० औँ जन्मत्सवका अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न, दलित, जेहेन्दार तथा शारिरिक रुपमा अशक्त बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गर्नु भएको हो…
भदौ ३ जुम्ला जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको निर्यात सुरु भएको छ । स्याउको रंग र गुलियोपनाको मात्रा बढेपछि निर्यातको प्रक्रिया प्रारम्भ भएको हो । स्याउ पाकेर खाना लायकको भएपछि औपचारिक रुपमा बजारमा बिक्रिका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यस अघि साउन २ गते जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ–संस्थाको वार्षिक समिक्षा कार्यक्रममा भदौ १५ गतेपछि मात्रै निर्यात गर्ने निर्णय गरिएको थियो । पहिलेको निर्णयलाई उल्ट्याउँदै पाकेको स्याउ ढिलो संकलन गर्दा कुहिएर खेर जाने भएकाले निर्यात प्रारम्भ भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनु भयो । योभन्दा पहिले कृषि विकास कार्यालय जुम्लाले साउन…
भदौ २ जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा सुरु भएको छ । मृगौला रोगीका लागि निकै महत्वपूर्ण र अत्याआश्यक मानिने डायलासिस सेवा जुम्लामै सुरु भएको हो । डायलासिस मेसिन स्थापना भएको दुई वर्षपछि सेवा पूर्ण रुपमा संचालन आएको छ । जसले गर्दा विकट कर्णालीका नागरिकले राहत पाएका छन् । तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जुम्लामा २०८० साल भदौ १४ गते डायलासिस सेवाको शुभारम्भ गर्नु भएको थियो । तर, उपकरण अभाव लगायतका प्राविधिक कारणले सेवा संचालनमा आउन सकेको थिएन् । जसले गर्दा कर्णाली थुप्रै विरामी मारमा परेका थिए । स्वच्छ पानीको पहुँच प्रयाप्त रुपमा नपुगेको कर्णालीमा…
