Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»अर्थतन्त्र

    गुठिचौरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, पूर्वाधार विकासमा फड्को

    Aakash SunarBy Aakash SunarNovember 2, 2025 अर्थतन्त्र No Comments4 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला  कार्तिक १६

    जुम्लाको गुठिचौर गाउँपालिकाले पूर्वाधार विकास देखी सुशासनमा जोड दिएको छ । उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नागरिकका आबश्यकता र भौगोलिक अबस्थालाई मध्यरनजर गर्दै गुठिचौरले पूर्वाधार विकासलाई बढी जोड दिएको हो ।

    साथै पछिल्लो समय सुशासन कायम, सेवा प्रवाह लगायतका विषयमा समेत जोड दिएको पाइएको छ । साथै यसैबीच गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा एक वर्षमा १ सय ६५ वटा योजना निर्माण गरेको छ । गाउँ बस्ती स्तरबाट माग भई आएका आबश्यकतामा आधारित १ सय ६५ वटा योजना निर्माण गरेको हो ।

    आईतबार आयोजित गुठिचौरको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार पालिकाका ५ वटा वडाका सबै बस्तीमा १६५ वटा योजना एक वर्षमा निर्माण गरेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले बताइन् ।

    उनका अनुसार एक लाखभन्दा कम लागतका १५ वटा, एक लाख देखी ३ लाख सम्मका ७१ वटा, तीन लाख देखी ५ लाख सम्मका २६ वटा योजना निर्माण भएका छन् । त्यस्तै, ५ लाख देखी १० लाख सम्मका १८ वटा, १० लाख देखी २५ लाख सम्मका १५ वटा र २५ लाख भन्दा माथिका २० वटा योजना गरी गत आर्थिक वर्षमा १ सय ६५ वटा योजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिईन् ।

    गुठिचौरमा गत आ.वमा चालु र पुँजीगत गरी कूल ४१ करोड ८२ लाख बढी बजेट विनियोजन गरिएको थियो । जसमा चालु तर्फ विनियोजित २४ करोड ३५ लाख ८६ हजार मध्य २१ करोड ४६ लाख ७९ हजार ९४४ रुपैयाँ खर्च भएको थियो । त्यस्तै पूँजिगत तर्फ विनियोजित १७ करोड ४६ लाख १८ हजार मध्य खर्च १५ करोड ६१ लख ८ हजार ३७१ रुपैयाँ भएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।

    पुँजिगत तर्फको विनियोजित बजेट मध्य झण्डै २ करोडबढी रकम खर्च हुन नसकेर फिर्ता भएको देखिन्छ । अन्य पूर्वाधार विकास तर्फ सार्वजनिक शौचालय ५ वटा, विद्यालय भवन १, मन्दिर तथा थान निर्माण २० वटा, प्रतिक्षालय ५ वटा, सामुदायिक भवन, स्वास्थ्य भवन तथा वडा कार्यालय निर्माण तथा मर्मत ९ वटा, गाउँपालिकाको तला थप र जलविद्युत मर्मत ४ वटा निर्माण भएको प्राविधिक शाखा प्रमुख दिपेन्द्र भण्डारीले बताए । पालिकाले वियोजन गरेका पुँजीगत बजेटलाई सिमित जनशक्ति, भौगोलिक कठिनाईका बीच कार्यान्वय गर्दै आएको उनको भनाई छ ।

    राजश्व संकलनमा बृद्धि

    गुठिचौर गाउँपालिकाले विभिन्न शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । विषयगत शाखा तथा वडाबाट राजश्व संकलन गर्दै आएको हो । गुठिचौर ५ वटा वडाबाट गत आर्थिक वर्षमा ८ लाख ७६ हजार ३१३ रुपैयाँ राजश्व संकलन भएको छ ।

    जसमा वडा नं. १ मा ८२ हजार ७३०, वडा नंं. २ मा १ लाख १२ हजार ६०५, वडा नं. ३ मा १ लाख ५३ हजार ६८५, वडा नं. ४ मा २ लाख ६८ हजार ७६२ र वडा नं. ५ मा २ लाख ५८ हजार ५३१ रुपैयाँ राजश्व संकलन भएको छ ।

    त्यसैगरी मालपोत कार्यालयबाट रजिष्ट्ेसन बापत प्राप्त ३ लाख १३ हजार ९८१, प्याराग्लाईडिङ महोत्सव संचालन बापत ८ लाख ४४ हजार, डोजर प्रयोगबाट ५ लाख ५९ हजार ५ सय, एम्बुलेन्स संचालनबाट ८१ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

    त्यसैगरी पशु शाखाबाट ७ लाख ८४ हजार ८६१ गरी गत आर्थिक वर्षमा कूल ३३ लाख ३९ हजार ४९० रुपैयाँ राजश्व उठेको गाउँपालिकाको प्रगती प्रतिवेदनमा उल्लेख छ । चालु आवको कार्तिक १४ गतेसम्म ९ लाख ९७ हजार ७३३ रुपैयाँ राजश्व संकलन भएको छ ।

    गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले सिमित स्रोत साधन र भौगोलिक कठिनाईका बीच पनि पूर्वाधार विकासलाई प्रथामिकता दिएको बताए । जिल्लाकै पहिलो पालिकाका रुपमा सुशासन अभियान र सुरक्षित पालिका अभियान संचालन गरेका छौ ।

    उनले भने,‘पर्यटन प्रर्बद्धन, १० लाख भन्दा तलका योजना कार्यान्वयन गर्ने, वास प्लान बनाउने, प्रशासनिक भवनलाई पूर्णता दिने हाम्रो भावी योजना छन् । नुमना गुठिचौर बनाउन संस्थागत तथा नीति गत विकासमा समेत जोड दिदै आएका छौ ।’

    आफ्नो कार्यकालमा उत्कृष्ट कामका रुपमा आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण, प्याराग्लाईडिङ महोत्सव र पर्यटन प्रर्बद्धनमा काम गरेको अध्यक्ष बुढाले जानकारी दिए ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयहरुले जेष्ठ नागरिकको बजेट घट्दै गएको, विकास निर्माणमा ढिला सुस्ती भएको र अपेक्षाकृत रुपमा पालिकाले काम गर्न नसेको गुनासो पोखे । टुक्रे योजना अन्त्य गर्नुपर्ने, सेवा प्रवाहलाई छिटो छरितो बनाउनु पर्ने, वडा स्तरमा सार्वजनिक सुनुवाई गर्नुपर्ने, असारे विकासलाई अन्त्य गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

    गुठिचौर गाउँपालिकाको आयोजना, रेडियो कर्णाली र दूवो खबरको समन्वय तथा साझेदारी तथा ठाकुरज्यू मिडिया प्रा.लीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

    Post Views: 54

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.