Author: Aakash Sunar

राजेश विश्वकर्मा—कर्णालीको माटो जुम्ला मा उम्रिएको एउटा सिर्जनशील मन, जसले शब्द, संगीत र सोचका माध्यमबाट समाजसँग गहिरो संवाद गरिरहनुभएको छ।उहाँको जीवनयात्रा केवल व्यक्तिगत उपलब्धिको कथा मात्र होइन, समग्र कर्णालीको सम्भावनालाई उजागर गर्ने एक प्रेरणादायी अध्याय पनि हो। २९औँ जन्मदिनको पावन अवसरमा उहाँले आफ्नो सिर्जनात्मक यात्रालाई अझ उचाइमा पुर्‍याउने दृढ प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। आगामी वर्ष २०८३ भित्र दुई महत्वपूर्ण कृतिहरू—“भूमरी” नामक उपन्यास र “क बाट कर्णाली” नामक विचारप्रधान पुस्तक—पाठकमाझ ल्याउने घोषणा उहाँको साहित्यप्रतिको निष्ठा र समाजप्रतिको जिम्मेवारीको सशक्त अभिव्यक्ति हो। “भूमरी” उपन्यासमा प्रेम, संघर्ष र सफलताको गहिरो अनुभूति समेटिने अपेक्षा गरिएको छ। मानवीय भावनाका अनेक तहहरूलाई स्पर्श गर्ने यो कृति…

Read More

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोली क्षेत्रमा सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। मृतक ४२ वर्षीय मन बहादुर सार्की रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान स्थानीय बासिन्दाले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट सार्कीको शव फेला पारेको हो। प्रहरीका अनुसार मृतक चन्दननाथ नगरपालिका–३ डाँडाकोटका स्थायी बासिन्दा हुन्। घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबु रेग्मीले जानकारी दिएका छन्।

Read More

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब साढे २ बजे जुम्लाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ मेयरखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा हिमा गाउँपालिका–६ का ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ का २६ वर्षीय चालक शक्ति बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सवार अन्य दुई जना घाइते भएका छन्। घाइतेमध्ये ७१ वर्षीय बिरामी कल बहादुर अधिकारीको खुट्टामा चोट लागेको छ भने २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको छ। दुवै घाइतेको कालीकोट जिल्ला अस्पतालमा…

Read More

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन भएपछि पहिलो बैठक आह्वान भएको हो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका संविधान सभाका सदस्य एवम् पूर्व कानूनमन्त्री देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन् । कार्यदलमा ​नेपाली कांग्रेस, श्रम संस्कृति…

Read More

जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा पहिलो पटक स्ववियू कप नामक खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को अगुवाइमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता आगामी वैशाख ९ गतेदेखि सुरु गरिने तयारी गरिएको छ। पत्रकार सम्मेलनमार्फत आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै युवाहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाउनु रहेको छ। स्ववियू अध्यक्ष लोकेन्द्रराज बुढाले क्याम्पसको पहिचान विस्तारमा समेत यस प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। विजेताले १ लाख १ हजार १०१ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने…

Read More

जुम्लामा एक ज्येष्ठ नागरिक महिलाको शंकास्पद मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी ७० वर्षीया महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उनलाई बिहान ८:१० बजे अस्पताल पुर्‍याइएको थियो भने ९:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी निरीक्षक निर्देश बरालका अनुसार मृतकको टाउको र आँखामा गम्भीर चोटपटक देखिएको छ। आफन्तका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको आशंका गरिएको छ। घटना चैत ७ गते घरमै भएको र छिमेकीले थाहा पाएपछि मात्र बाहिर…

Read More

जुम्ला — तिला गाउँपालिकाको आयोजनामा शुक्रबार १७औँ हिउँदे गाउँसभा (अधिवेशन) सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा विधेयक पारित गरेको छ। गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार पारित भएका विधेयकमध्ये आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (२०८२), गाउँसभा सचिवालय स्थापना तथा सञ्चालन कार्यविधि, बेरुजु फर्छ्यौट कार्यविधि, लेखा समिति गठन तथा सञ्चालन कार्यविधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम सञ्चालन कार्यविधि, ‘घ’ वर्गका निर्माण व्यवसायी इजाजतसम्बन्धी संशोधित कार्यविधि तथा घर नक्सा पाससम्बन्धी मापदण्ड र कार्यविधि रहेका छन्। अधिवेशनमा गाउँपालिकाले हालसम्म गरेका भौतिक, वित्तीय, संस्थागत तथा सेवा क्षेत्रका प्रगति विवरण बुँदागत रूपमा प्रस्तुत गरिएको थियो।…

Read More

जुम्ला । कर्णालीको दुर्गम भूगोलमै प्रधानमन्त्रीको आकस्मिक उपस्थितिले जुम्ला यतिबेला राजनीतिक मात्र होइन, शैक्षिक हिसाबले पनि चर्चाको केन्द्र बनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार जुम्लास्थित ऐतिहासिक कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्दै यहाँका सम्भावना र चुनौतीबारे प्रत्यक्ष जानकारी लिएकी छन् । सुर्खेतबाट रारा ताल हुँदै जुम्ला आइपुगेकी प्रधानमन्त्री कार्कीले सदरमुकाम खलंगाको उत्तरी क्षेत्रमा रहेको शिक्षालय पुगेर प्राविधिक शिक्षाको अवस्था, पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनको अवस्थाबारे चासो व्यक्त गरिन् । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको समन्वयमा नम्बर २४ बाहिनी अड्डाले सुरक्षा व्यवस्था कडा बनाएको थियो । यसैक्रममा शिक्षालय नजिकै निर्माणाधीन १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको…

Read More

जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्व लगाईने एचपीभी खोप अभियान जुम्लामा संचालन हुने भएको छ । राष्टि्य खोप कार्यक्रम अन्तर्गत  जुम्लामा एचपीभी खोप अभियान संचालन हुने भएको हो  अहिले एचपीभि खोपलाई अहिले नियमित खोपमा समावेश गरीसकेको छ । जिल्लाका आठ पालिकाका ८४ वटा विधालयमा खोप केन्द्र निर्माण गरी खोप प्रदान गरिने छ । जिल्ला समन्वय समितिका प्रमुख तथा खो समन्वय समितिका संयोजक गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा बुधबार एचपीभी खोपख अभियान संचालनको पूर्वतयारी सुक्ष्म योजनाबारे सरोकारवाला संग छलफल गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए ।  उनका अनुसार चैत ९ गतेबाट जुम्लाका आठै पालिकाका ८४ खोप केन्द्रबाट खोप प्रदान गरिने छ ।…

Read More

जुम्ला । जुम्लामा सुत्केरीपछि स्वास्थ्य अवस्था जटिल बनेकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई थप उपचारका लागि जुम्लाबाट सुर्खेत लगिएको हो। परिवारका अनुसार उनले सुरुमा घरमै सुत्केरी गराउने प्रयास गरिएको थियो। तर लामो समयसम्म व्यथा लागिरहँदा अवस्था जटिल बन्दै गएपछि उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो। प्रतिष्ठानमा चिकित्सकको टोलीले शल्यक्रिया गरेर सुत्केरी गराए पनि उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उच्चस्तरीय उपचार आवश्यक भएको जनाइएको छ। चिकित्सकका अनुसार अत्यधिक व्यथा लागेर ढिलाइ हुँदा सुत्केरीपछि जटिल स्वास्थ्य समस्या देखिन सक्ने जोखिम रहने भएकाले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने निष्कर्ष निकालिएको थियो।…

Read More