Author: Aakash Sunar

साउन ११ जुम्लाजुम्ला गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खादा एकै परिवारका पाँच जना बिरामी भएका छन् । आईतबार दिउँसो करिब ३ बजे पकाएर खाएको च्याउको सेवनपछि उनीहरूमा विषाक्तताको लक्षण देखिएको हो । घाइते हुनेमा ६० वर्षीय लेखकमान महताराको परिवारका सदस्यहरू ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतारा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट रहेका छन् । सबै जनाले घर नजिकैको जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । खाना खाएको केही समयपछि उनीहरूमा वान्ता हुने, पेट दुख्ने, जीउ गल्ने लगायतका लक्षण देखा परेपछि स्थानीयले तत्काल उद्धार गरी साँझ करिब ७ः१५ बजे कर्णाली स्वास्थ्य विज्ञान…

Read More

साउन ११ जुम्ला जुम्ला जिल्ला तातोपानी गाउँपालिका–४ स्थित पाण्डेवाडामा काठ बोकेको ट्याक्टरबाट खसेर एक जना सरकारी कर्मचारी गम्भीर घाइते हुनु भएको छ । आईतबार दिउँसो करिब २ः३० बजे तातोपानी खोलाबाट संकलन गरिएका काठहरू लोड गरी फर्किने क्रममा क १ त १२ नम्बरको ट्याक्टर दुर्घटना परेको हो । दुर्घटनामा ५५ वर्षीय गणेश पाण्डे घाइते हुनु भएको छ । घटनास्थल सदरमुकामबाट पश्चिमतर्फ करिब ११ किलोमिटर दुरीमा रहेको छ । डिभिजन वन कार्यालय जुम्लामा कार्यरत खरिदार पाण्डे काठसहित कार्यालयतर्फ फर्किदै गरेका बेला ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । पाण्डेसँगै सवार सोही गाउँपालिकाका अर्का स्थानीय बासिन्दा पनि ट्याक्टरबाट खख्नु…

Read More