Author: Aakash Sunar

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KHSI) जुम्लाको नयाँ उपकुलपतिमा स्थानीय चिकित्सक डा. पुजन रोकाया नियुक्त भएका छन्। प्रतिष्ठानमा करिब एक दशकदेखि सतत सेवा दिँदै आएका रोकाया जुम्लाकै स्थायी बासिन्दा हुन्। प्रधानमन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णय अनुसार मंगलबार डा. रोकायासहित मुलुकका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको नियुक्ति गरिएको हो। प्रधानमन्त्री कार्यालयका स्रोतअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. भरत बहादुर खत्रीले मंगलबारै औपचारिक रूपमा नियुक्तिपत्र बुझेका छन्, भने बाँकी तीन उपकुलपतिहरूलाई बुधबार बिहान प्रधानमन्त्री निवासमा बोलाई नियुक्तिपत्र प्रदान गरिनेछ। सरकारको निर्णयअनुसार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – डा. पुजन रोकाया विपी कोइराला स्वास्थ्य…

Read More

साउन २८ आज नेपालभर औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूको माध्यमबाट अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। राजधानीको टुँडिखेलदेखि गाउँ–गाउँका विद्यालय, युवा क्लब र सामुदायिक सभासम्म युवाको सक्रियता देखिए पनि, दीर्घकालीन नीति कार्यान्वयनमा सुस्त गतिले यो उत्साहलाई स्थायित्व दिन सकेको छैन। नेपाल सरकारले यो दिवसलाई आधिकारिक मान्यता दिँदै मनाउन थालेको करिब २० वर्ष भइसकेको छ। तर, युवाको जीवनस्तर उकास्ने ठोस योजना र कार्यान्वयन अभावका कारण रोजगारी, उद्यमशीलता र प्रविधि–सीपको पहुँच जस्ता मुद्दा अझै समाधानको प्रतीक्षामा छन्। वैदेशिक रोजगार विभागका तथ्याङ्कअनुसार, हरेक वर्ष सात लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेशिन्छन्। यो संख्या पछिल्ला पाँच वर्षयता स्थिर होइन—उल्टै बढ्दो क्रममा छ। पढाइका लागि विदेशिने युवाको लहर…

Read More

मेरी आमा महान् को मेरी आमा, मेरो जीवनको आधार, सधैं उज्यालो लिएर आउँछिन् बिहान बारम्बार। धूप चिसो जे भए पनि साथ दिइन्, शब्दभन्दा ठूलो माया तिनको मनभित्र भईन्। थाक्दिनन् कहिल्यै, हिँड्छिन् बिनास्वास, मेरो सुख-दुखको साथी, मेरो विश्वास। ती आँखा जताततै चम्किन्छन् उज्यालो, म दिर्घश्वास फेरौं, उनी छिन् मेरो आयालो। घरेलु कर्ममा थाक्दिनन्, थाक्दिनन् आफुलाई, सपना बुन्दै मेरी आमा, घरलाई सुनौलो बनाउँछिन्। दुःखको पहाड जति गहिरो भए पनि, मुस्कुराउँदै अगाडि बढ्छिन्, आफैंलाई नदुखाई। मेरो गल्तीमा माया देखाइन्, मेरो सफलतामा सधैं साथ पाइन्। समयको सङ्ग्राममा थाक्दिनन्, थाक्दिनन् कहिल्यै, मेरो आमा छिन् शेरनी, मेरो जीवनको ढालै। उनको माया, समर्पण,…

Read More

रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक जमानतसम्बन्धी निवेदन जिल्ला अदालत रुपन्देहीमा दिइसकेका छन्। उक्त निवेदनमाथि आज न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ हुने निर्णय भएको छ। लामिछानेले बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उनलाई थुनामा पठाउन आदेश दिएपछि २५ चैतदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन्। यसअघि उनी जिल्ला अदालत रुपन्देहीबाट १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए। तर अहिले लामिछानेले आफ्नो धरौटी बराबरको बैंक जमानत लिएर पुनः रिहाइको माग गर्दै साउन १९ गते निवेदन दिएका छन्। निवेदनमा उनले मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ६८ अनुसार बैंक…

Read More

मेरी आमा मेरी आमा, मेरो जीवनको आधार, सधैं उज्यालो लिएर आउँछिन् बिहान बारम्बार। धूप चिसो जे भए पनि साथ दिइन्, शब्दभन्दा ठूलो माया तिनको मनभित्र भईन्। थाक्दिनन् कहिल्यै, हिँड्छिन् बिनास्वास, मेरो सुख-दुखको साथी, मेरो विश्वास। ती आँखा जताततै चम्किन्छन् उज्यालो, म दिर्घश्वास फेरौं, उनी छिन् मेरो आयालो। घरेलु कर्ममा थाक्दिनन्, थाक्दिनन् आफुलाई, सपना बुन्दै मेरी आमा, घरलाई सुनौलो बनाउँछिन्। दुःखको पहाड जति गहिरो भए पनि, मुस्कुराउँदै अगाडि बढ्छिन्, आफैंलाई नदुखाई। मेरो गल्तीमा माया देखाइन्, मेरो सफलतामा सधैं साथ पाइन्। समयको सङ्ग्राममा थाक्दिनन्, थाक्दिनन् कहिल्यै, मेरो आमा छिन् शेरनी, मेरो जीवनको ढालै। उनको माया, समर्पण, त्याग र…

Read More

सिँजा (जुम्ला), साउन २६ पछिल्ला वर्षहरूमा कुल कृषि उत्पादन घट्दो क्रममा रहे पनि जुम्लाबाट बाहिरी जिल्लामा जाने कृषिउपजको मात्रा र मूल्य दुवै बढेका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट करिब २३ हजार टन कृषिउपज निर्यात भई ६९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ। निर्यात हुने सूचिमा स्याउ पहिलो स्थानमा छ। त्यसपछि मार्सी चामल, ओखर, सिमी, कोदो लगायतका रैथाने उपज पर्छन्। बजार पहुँच, सडक सञ्जालको विस्तार र सञ्चार सुविधामा सुधारसँगै व्यापार सहज भएको भए पनि भण्डारण, प्रशोधन केन्द्रको अभाव र मूल्यको स्थायित्व अझै चुनौतीका रूपमा उभिएको अधिकारीको भनाइ छ। गत वर्ष…

Read More

जुम्ला २३ साउन जुम्ला — कर्णालीको इतिहासमै सबैभन्दा लामो र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिने जात्रालाई स्वागत गर्न जुम्ला सदरमुकाम बजारमा व्यापक सरसफाइ अभियान चलाइएको छ। जात्रा अवधिमा बजार क्षेत्रमा दुर्गन्ध फैलिनु र फोहोर थुप्रिनु जस्ता समस्या देखिने भएकाले यस वर्षलाई लक्षित गर्दै बजार सफा र आकर्षक बनाउन विभिन्न निकायको संयुक्त पहल गरिएको हो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार, यस अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवी, सरकारी कार्यालयका कर्मचारी तथा विभिन्न संघसंस्थाले सक्रिय भूमिका खेलेका छन्। टुडिखेल, खेलकुद विकास समितिको कार्यालय वरिपरि, जिल्ला प्रहरी कार्यालय, मुख्य बजार क्षेत्र, कालेखोली हुँदै बसपार्कसम्म सरसफाइ गरिएको छ। अभियानअन्तर्गत…

Read More

नाग पञ्चमी हिन्दू धर्मको एक गहिरो आस्था र पुरातन परम्परासँग जोडिएको चाड हो। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी, अर्थात् साउने महिनाको पञ्चमी तिथिमा मनाइन्छ। यस दिन नाग अर्थात् सर्पको पूजा गरिन्छ। यद्यपि यो परम्परा कहिले सुरु भयो भन्ने ठोस प्रमाण नभए पनि, मानव सभ्यताको सुरुवातदेखि नै सर्पप्रतिको पूजा संस्कृतिमा गहिरो गरी बसिसकेको पाइन्छ। पौराणिक आधार र ऐतिहासिक पृष्ठभूमि नाग पञ्चमीको उत्पत्ति वैदिक युगमै खोज्न सकिन्छ। ऋग्वेद, स्कन्द पुराण, गरुड पुराण, र महाभारतजस्ता ग्रन्थहरूमा सर्पहरूको उल्लेख पाइन्छ। विशेषगरी महाभारतमा वर्णित आस्तिक ऋषिको कथा यो पर्वको आधार मानिन्छ। कथाअनुसार, राजा परीक्षित तक्षक नामक सर्पको टोकाइबाट मृत्युवरण गर्छन्। उनका पुत्र जनमेजयले…

Read More

जुम्ला, १३ साउन झण्डै दुई वर्षको अन्तरालपछि जुम्लामा पुनः राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सञ्चालनमा आउने भएको छ। आयोगले लेखा प्रणाली (LMBIS) पुनःसञ्चालनमा ल्याएको छ भने आवश्यक कर्मचारीहरू पनि खटाइसकेको छ। यससँगै आयोगको सेवा अब पूर्ण रूपमा पुनःसक्रिय भएको छ।सन् २०२३ मा आयोगको केन्द्रीय निर्णयअनुसार जुम्ला कार्यालयको लेखा प्रणाली हटाएपछि यहाँ कार्यरत १४ जना कर्मचारीको दरबन्दी कटौती गरिएको थियो। त्यसयता कार्यालय सहायक तहमा मात्र सीमित भई जिल्ला समन्वय समितिको एक कोठामा अस्थायी रूपमा सञ्चालन हुँदै आएको थियो। जनशक्ति र अधिकार कटौतीका कारण कार्यालयको प्रभावकारिता कमजोर हुँदै गएको थियो।पछिल्ला महिनाहरूमा स्थानीय नागरिक अगुवा, मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा तीन तहका…

Read More

जुम्ला साउन १२ जुम्ला — स्याउ उत्पादनमा भएको क्षतिपछि बीमा भुक्तानी माग गर्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा किसानहरूले थालेको तालाबन्दी ११ बुँदे सहमतिसँगै अन्त्य गरिएको छ। किसान राजबहादुर खत्रीका अनुसार, साउन २ गतेदेखि सुरु भएको तालाबन्दी विस्तृत वार्ता र सहमतिपछि खोलिएको हो। लगातारको मौसमी प्रतिकूलताका कारण स्याउबारीमा व्यापक क्षति पुगेपछि बीमा दाबीको लागि किसानहरू पटक–पटक बीमा कम्पनी धाउँदै आएका थिए। तर सुनुवाइ नहुँदा किसानहरू आन्दोलनमा उत्रिन बाध्य भएका थिए। आन्दोलन चर्किएपछि सरोकारवाला पक्षबीच संवाद प्रक्रिया अघि बढेको र अन्ततः सहमतिमा पुगेको किसानहरूको भनाइ छ। किसान महासंघका केन्द्रीय सदस्य तथा आन्दोलन संयोजक खड्ग बहादुर सेजुवालले बीमा कम्पनीले प्रक्रियागत कमजोरी स्वीकार्दै समस्याको…

Read More