Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    • प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
    • जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    karnaliajaBy karnaliajaApril 19, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला — आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। आइतबार बिहान १० बजेदेखि होटल मानव सरोवरमा सुरु भएको कार्यक्रममा चन्दननाथ नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


    कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जिल्लामा स्वर्णप्राशन कार्यक्रम पहिलोपटक सुरु गरिएको जानकारी दिँदै यसको आवश्यकतामाथि जोड दिएका थिए। उनले बालस्वास्थ्य सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दृष्टिले यस कार्यक्रम महत्वपूर्ण रहेको बताए। साथै, वैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय खोप अभियानसँग यस कार्यक्रमले समन्वय गरी अझ प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरे।


    कार्यक्रमका सभापति तथा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख डा. सन्तोष पौडेलले स्वर्णप्राशनको ऐतिहासिक, औषधीय र पोषणीय पक्षबारे प्रष्ट पारे। उनका अनुसार काश्यप संहितामा उल्लेख गरिएको यो प्राचीन आयुर्वेदिक विधि विशेष गरी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा प्रयोग गरिन्छ, जसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।


    स्वागत मन्तव्य दिँदै केन्द्रकी सुमित्रा आचार्यले जुम्लामा पहिलोपटक सञ्चालन गरिएको यस कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताइन्। उनले समुदायस्तरमा जनचेतना फैलाउन स्वयंसेविकाहरूलाई अग्रसर हुन आग्रह गरिन्।


    अभिमुखीकरण कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए। डा. पौडेलले स्वर्णप्राशनको आधारभूत अवधारणा र महत्त्वबारे प्रस्तुति दिएका थिए भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मुन्ना केशरीले बालबालिकाको विकासक्रमबारे जानकारी दिएका थिए। त्यसैगरी किरण शर्माले कुपोषण सम्बन्धी विषयमा र डा. रमेश आचार्यले बालरोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।


    आयुर्वेदिक मान्यताअनुसार स्वर्णप्राशनले बालबालिकाको बुद्धि, पाचन शक्ति तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास गरिन्छ। नियमित प्रयोगले स्मरण शक्ति सुधार हुने तथा समग्र स्वास्थ्यमा दीर्घकालीन लाभ पुग्ने उल्लेख गरिएको छ।


    नेपालमा केही वर्षयता सञ्चालनमा रहेको स्वर्णप्राशन कार्यक्रम यस वर्षदेखि कर्णाली प्रदेशका विभिन्न जिल्लामा विस्तार भइरहेको छ। जुम्लासहित सुर्खेत र कालिकोटमा पनि यसको दायरा बढाइएको हो।

    Post Views: 82

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान

    एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    0 Views

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    April 18, 20260 Views
    0 Views

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    April 15, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.