Author: soraj shahi

साउन २३ गते  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व शनिबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदैछ । शनिबार बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ। मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा…

Read More

साउन २३ गते । तिला गाउँपालिका–९ ले हरित विद्यालय निर्माण र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि वृक्षारोपण गरेको छ । वडा भित्र रहेका सामुदायिक विद्यालय परिसर, सार्वजनिक स्थल, मठमन्दिर, पर्यटकीय क्षेत्र र बाढी पहिरोको उच्च जोखिम रहेको ठाउँमा वृक्षारोपण गरेको हो । वडा भित्र रहेका ६ वटा विद्यालय मध्ये ज्योति माध्यमिक विद्यालय राँसामालापानी र महादेव माध्यमिक विद्यालय रुखडेचौर तथा आधारभुत तहमा नदैदेवि आधारभुत विद्यालय माथिलो खोप्रि, मालिका आधारभुत विद्यालय तल्लोखोप्रि, सूर्यदय आधारभुत विद्यालय राँसा, महादेव आधारभुत विद्यालय ढिपुमा वृक्षारोपण गरिएको वडाध्यक्ष धन वहादुर रावतले बताउनु भयो । यसैगरी, खानेपानीका मुहान भएको स्थान र पहिरोको उच्च जोखिम भएको ठाउँमा…

Read More

साउन २३ जुम्लाजुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् । बा. १ झ ०९७६ नम्बरको फोर्स गाडि अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

साउन २१ जुम्लाहाल देशभर विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेको लर्को बढ्दै गएको छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म विभिन्न दलका नेता, कार्यकर्ता तथा समर्थकहरूले एमाले रोज्न थालेका छन् । आन्तरिक कलह, गुटबन्दी र नेताहरूबीचको असहमतिको कारण अन्य दलहरूमा असन्तुष्टि देखिएको छ । एमालेले पुनः संगठन सुदृढ गर्दै जनसरोकारका मुद्दालाई उठाउने गरेको छ । जसले नयाँ तथा पुराना कार्यकर्तालाई आकर्षित गरिरहेको छ । विशेष रूपमा स्थानीय तहमा हुने चुनाव, नियुक्ति र विकास योजनामा सहभागी हुन इच्छुक नेताहरू एमालेमा लाग्ने क्रम बढ्दो छ । यसैक्रममा नेकपा एमालेमा ४० जनाले प्रवेश गरेका छन् । मंगलबार विभिन्न पार्टी परित्याग…

Read More

साउन १९ जुम्लाहिमाली जिल्ला जुम्लाका विपन्न, गरिब, अतिअसक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आकर्षित भएका छन् । सस्तो र सुलभ उपचार पाउने आशाले बिमामा आवद्ध भएका हुन् । २०७८ को जनगणना अनुसार जुम्लाको जनसंख्या १ लाख १८ हजार तीन सय ४९ रहेको छ । उक्त जनसंख्या मध्ये ९८ हजार तीन सय ५९ जना बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ । जम्मा जनसंख्या मध्ये १९ हजार नौ सय ९० जनसंख्या मात्रै स्वास्थ्य बिमामा समावेश हुन सकेका छैनन् । करिब ९५ प्रतिशत जनसंख्या स्वास्थ्य बिमामा आवद्ध रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयका…

Read More

साउन १८ जुम्लाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सकको अभावका कारण भिडियो एक्सरे सेवा ठप्प भएको छ । डाक्टर नहुँदा एक्सरे सेवा ठप्प भएपछि उपचारका लागि आएका विरामीहरू मारमा परेका छन् । भिडियो एक्सरे गराउने रेडियोलोजिका डाक्टर दुई हप्ता पहिले प्रतिष्ठानमा बिना जानकारी अनुपस्थित भएकाले सेवा प्रभावित भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति डाक्टर डब्ब वहादुर धामीले रेडियोलोजि डाक्टरको खोजि भइरहेको बताउनु भयो । काम गरी रहनु भएका डाक्टर सम्पर्क विहिन भएकाले नयाँ डाक्टरको खोजिमा रहेको उहाँको भनाइ छ । अति आवश्यक विरामीलाई भिडियो एक्सरे सेवा उपलब्ध गराए पनि अन्य विरामीले भिडियो एक्सरे सेवा पाउन सकेका छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा…

Read More

साउन १६, २०८२कोदो सम्बन्धी उत्कृष्ट पत्रकारिताका लागि जुम्लाका पत्रकार सागर परियारलाई ‘सर्वोत्तम पत्रकार पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा शुक्रबार सम्पन्न राष्ट्रिय कोदो दिवस २०८२ का अवसरमा उत्कृष्ट पत्रकार घोषणा गरिएको हो । कर्णालीलाई पत्रकारिताको केन्द्र बनाउँदै करिब एक दशकदेखि कृषिसम्बन्धी रिपोर्टिङ गर्दै आएका परियारलाई कोदोजन्य बालीसम्बन्धी गहन, तथ्यपरक र जनचेतनामूलक सामग्री प्रकाशन गरेबापत ‘सर्वोत्तम पत्रकार’को रुपमा छनोट गरिएको आयोजक अनाजले जनाएको छ । परियार कारोबार दैनिक र रेडियो…

Read More

साउन १४ गते रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ । त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ ।यता, जापानको स्थानीय समाचारसंस्था एनएचकेले जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको जनाएको छ । सुनामी पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको एनएचकेका उल्लेख छ । जापानी अधिकारीहरूले अब आउने लहरहरू…

Read More

साउन १३ जुम्लाजुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुुूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पुजाआजाका लागि जुम्लाको सरकारी टोली मंगलबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जुम्लाका सुब्बा विष्णु महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको हो । हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रूपमा बडिमालिकाको पुजा गर्ने प्रचलन अनुसार जिल्लाको सरकारी टोली बडिमालिका गएको जुम्लाका प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र…

Read More

साउन १२ जुम्लाजुम्लाको चन्दननाथ नगरपालिकामा कार्य सम्पादन करार सम्झौता गरेको छ । चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाबीच ३६ बुँदे कार्यसम्पादन करार सम्झौता भएको हो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सुशासनलाई प्रभावकारी बनाउन र वार्षिक विनियोजित बजेट र नीति कार्यक्रमको कार्यान्वयनलाई जनमुखी बनाउन कार्यसम्पादन सम्झौता गरिएको नगर प्रमुख राजुसिंह कठायतले बताउनु भयो । साउन १ गतेदेखि लागु हुने गरी प्रमुख प्रशासकीय अधिकृत सँग कार्यसम्पादन सम्झौता भएको कठायतले बताउनु भयो । विभिन्न पक्षलाई ध्यानमा राख्दै कसरी नगरको विकास र समृद्विमा टेवा पुराउन सकिन्छ भन्ने धेयले काम गर्न खोजिएको…

Read More