चैत १४ जुम्ला
चैत १४ जुम्ला । जुम्लामा आउँदो वैशाख २६ गते जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा जुम्ला–रारा अल्ट्रा म्याराथन हुने भएको हो । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित दौड प्रतियोगितामा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ । क्लबका अध्यक्ष सरोज शाहीले कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस पटक सातौँ संस्करण गर्न आयोजना गर्न लागिएको बताउनु भयो ।
घर आँगनबाटै अन्तर्राष्ट्रिय दौडको ढोका खोल्ने लक्ष्यका साथ सञ्चालन हुने यस प्रतियोगितामा सहभागी हुन उहाँले खेलप्रेमिहरुलाई आग्रह गर्नु भएको छ । प्रतियोगितामा देश तथा विदेशका धावकहरू सहभागी हुने शाहीले जानकारी गराउनु भयो । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा दौड सञ्चालन गरिनेछ । जसमा पाँच किलोमिटर दौडका लागि कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक व्यक्तिहरू सहभागि हुन सक्ने छन् । जसका लागि दर्ता शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।
यस्तै, १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाहरू सहभागि हुने सक्ने र उनिहरुलाई निःशुल्क सहभागी गराइने शाहीले बताउनु भयो । मुख्य आकर्षणको रूपमा रहेको ५१ किलोमिटर अल्ट्रा दौड अन्तर्गत स्थानीय धावकहरूका लागि तीन हजार रुपैयाँ र अन्य धावकहरुका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क क्लबले निर्धारण गरेको छ । पाँच किलोमिटर तर्फ प्रथम हुनेलाई ५ हजार, द्धितिय ३ हजार र तृृतिय २ हजार पुरस्कार तोकिएको छ ।
१० किलोमिटर तर्फ प्रथम हुनेलाई १० हजार, द्धितिय ७ हजार र तृृतिय ५ हजार रुपैयाँ पुस्कार निर्धारण गरिएको छ । यस्तै, ५१ किलोमिटर तर्फ प्रथम हुनेलाई १ लाख, द्धितिय ७५ हजार, तृृतिय ५० हजार, चौथो र पाचौँलाई २०/२० हजार उपलब्ध गराइने अध्यक्ष शाहीले बताउनु भयो इच्छुक सहभागीहरूलाई वैशाखा वैशाख २० गतेसम्म नाम दर्ता गरा सक्नु अनुरोध गरिएको छ ।
