चैत ६ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका १ देखि १० नम्ब वडा भित्रका ३३४ जनालाई एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका ३३४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो । यही चैत ९ र १० गते दुई दिनमा एचपिभी खोप लगाइने योजना रहेको छ । ६ कक्षामा अध्ययनरत छात्रालाई एचपिभी खोप लगाइने छ । राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
१ नम्बर वडाका १० जना, २ नम्बर वडाका १९ जना, ४ र ५ नम्बर वडाका १३० जना छात्रालाई एचभिपी खोप लगाउन थालिएको हो । यस्तै ६ नम्बर वडाका १३ जना, ७ नम्बर वडाका २७ जना, ८ नम्बर वडाका ३८ जना, ९ नम्बर वडाका १५ जना र १० नम्बर वडाका ८२ जनालाई एचपिभी खोप लगाउन थालिएको हो । कुनै पनि किशोरीलाई खोपबाट बञ्चित नगराउने र नदोहो¥याउने अभियान साथ एचपिभी खोप कार्यक्रम सञ्चालन गर्न थालिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताउनु भयो । गतवर्ष एक हजार ३७६ जना किशोरीलाई यो एचपिभी खोप लगाएको थियो ।
यसका लागि जिल्ला स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताउनु भयो । गतवर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिईएको थियो । यसवर्ष कक्षा ६ मा पढ्ने किशोरीलाई मात्र खोप दिईने छ । कुनै पनि किशोरी एचपिभी खोपबाट बञ्चित नहुन् भनेर जिल्लाका सरोकारवाला निकाय, शिक्षा, स्वास्थ्य, महिला स्वास्थ्य सेविका, सञ्चार मिडिया चौतर्फी समन्वय सहकार्य गरिएको उहाँको भनाइ छ ।
एचपीभि खोप अभियान नेपाल सरकारको उच्च प्रथामिकतामा रहेको उनको भनाई छ । बालमृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता बृद्वि गर्न खोप महत्वपूर्ण मानिन्छ । खोप अभियानबाट कोहि नछुट्ने । नदोहोरिने गरी अभियान प्रभावकारी रुपमा संचालन गरिने तयारी छ । लक्ष्यनुसारका सबै किशाोरीलाई खोपको पहुँचमा ल्याउने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । खोप शतप्रतिशत सफल देखिएको छ ।
कथमकदाचित खोपको असर देखिएको खण्डमा तत्काल व्यवस्थापन गर्नका लागि प्रदेश -क) क्षेत्रका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टरको टोली र प्रदेश -ख) सिंजा क्षेत्रका लागि प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका डाक्टर टोली परिचालन गरिएको छ । चन्दननाथ नगरपालिका कार्यबहाक प्रमुख तिलक प्रसाद न्यौपानेका अनुसार एचपिभी खोप उमेर समुहका विद्यालय बाहिर रहेका किशोरीलाई छुट्ने सम्भावना हुन्छ । यस्ता विषय सुक्ष्म अध्ययन गरी खोप अनिवार्य लगाउनु पर्दछ ।
