जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोली क्षेत्रमा सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। मृतक ४२ वर्षीय मन बहादुर सार्की रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान स्थानीय बासिन्दाले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट सार्कीको शव फेला पारेको हो।
प्रहरीका अनुसार मृतक चन्दननाथ नगरपालिका–३ डाँडाकोटका स्थायी बासिन्दा हुन्। घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबु रेग्मीले जानकारी दिएका छन्।
