लोकप्रिय समाचार
What's Hot
- जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
- मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
- भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
- नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
- नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
- एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
- प्याप्सन जुम्लाद्धारा ग्रासरुट फुटबल प्रतियोगिता आयोजना
- जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकसहित २ को मृत्यु, २ घाइते
Author: karnaliaja
जुम्ला — आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। आइतबार बिहान १० बजेदेखि होटल मानव सरोवरमा सुरु भएको कार्यक्रममा चन्दननाथ नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जिल्लामा स्वर्णप्राशन कार्यक्रम पहिलोपटक सुरु गरिएको जानकारी दिँदै यसको आवश्यकतामाथि जोड दिएका थिए। उनले बालस्वास्थ्य सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दृष्टिले यस कार्यक्रम महत्वपूर्ण रहेको बताए। साथै, वैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय खोप अभियानसँग यस कार्यक्रमले समन्वय गरी अझ प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरे।…
मुगु । रारा ताल घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए। उनको घिमिरेको शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारकाक्रममा मृत्यु भएको हो। उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आएकी थिइन्। उनीसँगै रहेका अन्य दुई जना शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) दुवै बाँके जिल्लाका रहेको जनाइएको छ। तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए। रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको…
कृष्णमाया उपाध्याय, जुम्ला देशभर खाना पकाउने ग्यासकाे अभावकाे समाचार आएसँगै जुम्लामा पनि कालाे बजारी शुरू भएपछि जिल्ला प्रशासन कार्यालय उद्योग वाणिज्य संघ जुम्लाको पहलमा ग्यासकाे डिलरबाट नै ग्यास वितरण गर्न शुुरू भएको छ । जुम्लामा रहेका दुईवटा ग्यास डिलर मार्फ ग्यास वितरण गरिने भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मीन बहादुर रावलले जानकारी दिए । उनले भने शनिबार देखि पहिला कै मुल्य अथार्त २२०० सय रूपैयाँमा उपभोक्ताले सिलिन्डर साटि रहेका छन् । जुम्लाका दुईवटा डिलरले ५ सयका लरले १ हजार सिलिन्डर ल्याउँदै आएकाे भएपनि अहिले अभाव हुने देखिएकाे उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष टेकेन्द्र नगरकाेटीले बताए ।उनका अनुसार आज…
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल-भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा अनौपचारिक सीमा समन्वय बैठक बसेर सीमा क्षेत्रको अनुगमन गरी सुरक्षामा कडाइ गरिएको जानकारी दिए । दुवै देशका अधिकारीबीच भएको अनौपचारिक छलफल र सीमा क्षेत्रको अनुगमनमा नेपालको तर्फबाट प्रजिअ पोखरेलसहित जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाही, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी…
साउन २३ गते जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउलगायतका गेडागुडी मिसाएर टुसा उमारेर तयार गरिन्छ । “क्वाँटी” शब्द नेपाल भाषाको “क्वाति” शब्दबाट आएको हो । जसको अर्थ “क्वा” भनेको तातो र “ती” भनेको झोल वा सुप हो । नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा प्रदान गर्न र शरीरमा भएको चिसो भगाउन जनैपूर्णिमा क्वाँटी खाने परम्परा सुरु गरिएको जनविश्वास छ । विभिन्न प्रकारका गेडागुडी मिसाएर बनाउने क्वाँटी खाँदा जति…
साउन ६ जुम्लाउच्च अदालत सुर्खेत जुम्ला ईजलासले ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ कुल दर्ता भएका मुद्दा मध्य असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् । मंगलबार उच्च अदालत सुर्खेत जुम्ला ईजलासद्वारा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरि कुल २१७ वटा मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्षको असार मसान्त सम्म कुल दर्ता भएका मुद्दा मध्य २०२ वटा अर्थात ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएको अदालत स्रोतले जानकारी दिएको छ । प्रतिवदेननुसार हाल १५…
काठमाडौँ साफ यु–२० महिला च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग ४–० गोलले पराजित भएपछि नेपाल उपविजेतामा सिमित बन्यो । बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको थियो । बङ्गलादेशको जितमा सबै गोल मोसमत सागोरिकाले गर्नुभयो । आठौँ मिनेटमा गोलको खाता खोल्नुभएकी उहाँले ५१औँ र ५८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो । त्यसपछि सागोरिकाले ७७औँ मिनेटमा ब्यक्तिगत चौथो गोल गर्दै टोलीलाई सानदार जित दिलाउनुभयो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग…
काठमाडौँ नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६७ पैसा र बिक्रीदर १६१ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५३ पैसा र बिक्रीदर १८६ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ३४ पैसा र बिक्रीदर १७३ रुपियाँ नौ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८० पैसा र बिक्रीदर ९० रुपियाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर…
