जुम्ला । जुम्लामा जारी फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा जनसेवा युवा क्लब (बी) विजयी भएको छ। प्रतिस्पर्धात्मक खेलमा जनसेवाले एज डब्लु डिसीलाई १–० गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफदेखि नै दुबै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा चलेको थियो। जनसेवाका खेलाडीहरूले बल नियन्त्रणमा राख्दै आक्रामक खेल प्रदर्शन गरेका थिए भने एज डब्लु डिसीले पनि बलियो प्रतिरोध गरेको थियो। खेलको दोस्रो हाफतिर जनसेवाका तर्फबाट निर्णायक गोल भएको हो, जसले टोलीलाई सेमिफाइनलमा प्रवेश गराय।

