Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    What's Hot
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु
    • भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो
    • जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड
    • मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण
    • भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा
    • नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की
    • नगरपालिकाका सचेत युवाद्धारा सरसफाई अभियान
    • एडिन लसद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    तिला गाउँपालिकाको १७औँ हिउँदे गाउँसभा अधिवेशन सम्पन्न, ६ विधेयक पारित

    Aakash SunarBy Aakash SunarMarch 20, 2026 समाचार No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला — तिला गाउँपालिकाको आयोजनामा शुक्रबार १७औँ हिउँदे गाउँसभा (अधिवेशन) सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा विधेयक पारित गरेको छ।

    गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार पारित भएका विधेयकमध्ये आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (२०८२), गाउँसभा सचिवालय स्थापना तथा सञ्चालन कार्यविधि, बेरुजु फर्छ्यौट कार्यविधि, लेखा समिति गठन तथा सञ्चालन कार्यविधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम सञ्चालन कार्यविधि, ‘घ’ वर्गका निर्माण व्यवसायी इजाजतसम्बन्धी संशोधित कार्यविधि तथा घर नक्सा पाससम्बन्धी मापदण्ड र कार्यविधि रहेका छन्।

    अधिवेशनमा गाउँपालिकाले हालसम्म गरेका भौतिक, वित्तीय, संस्थागत तथा सेवा क्षेत्रका प्रगति विवरण बुँदागत रूपमा प्रस्तुत गरिएको थियो। दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएको तिला–१ राराबस्तीमा खानेपानी योजना सञ्चालनमा आएको छ। चालु आर्थिक वर्षमै रारागाउँ बस्तीमा धारा विस्तार भइसकेको छ भने ट्यांकी निर्माण र घरघरमा पाइपलाइन विस्तारको काम अघि बढाइएको छ।

    आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का प्रक्रियामार्फत सञ्चालन हुने १४ योजनामध्ये १२ वटाको बोलपत्र र सम्झौता सम्पन्न भइसकेको छ भने बाँकी २ योजनाका लागि बोलपत्र आह्वान गरिएको छ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने १७ योजना सम्झौता भइसकेका छन् भने बाँकी १०३ योजना चैतभित्र सम्झौता गर्न वडाहरूलाई निर्देशन दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रावलले जानकारी दिनुभयो।

    शिक्षातर्फ गाउँपालिकाभित्र ३१ सामुदायिक र १ संस्थागत गरी ३२ विद्यालय सञ्चालनमा रहेका छन्। सामुदायिक विद्यालयहरूका लागि पहिलो र दोस्रो त्रैमासिकको चालु निकासा तथा तीन महिनाको दिवा खाजा रकम वितरण भइसकेको छ।

    सामाजिक सुरक्षा भत्ताअन्तर्गत पहिलो त्रैमासिकमा ३३८८ लाभग्राहीलाई करिब १ करोड ७५ लाख रुपैयाँ र दोस्रो त्रैमासिकमा ३४११ जनालाई करिब १ करोड ७७ लाख रुपैयाँ वितरण गरिएको छ।

    स्वास्थ्य सेवातर्फ आयुर्वेद सेवाबाट ६५० जनाले सेवा लिएका छन् भने औषधि खरिदका लागि विनियोजित २ लाख ५० हजार रुपैयाँ प्रक्रियामा रहेको छ।
    राजस्व संकलनतर्फ चालु आर्थिक वर्षका लागि २८ लाख ८ हजार ७५० रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म करिब ९ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ। लघु उद्यम विकास शाखामार्फत ३ नयाँ फर्म दर्ता, १६ फर्म नवीकरण, ५ फर्मको पूँजी वृद्धि, ३ फर्म खारेजी तथा १ उद्योग नवीकरण गरिएको छ भने सिलाइकटाइ तालिम सञ्चालनमा रहेको छ।

    गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड २१ लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म पुँजीगततर्फ २४ प्रतिशत र चालुतर्फ १७ प्रतिशत खर्च भएको छ। साथै विपद् तथा अन्य स्रोतबाट उपलब्ध १ करोड ५३ लाख रुपैयाँ आवश्यकताअनुसार विभिन्न योजनामा विनियोजन गरिने जनाइएको छ।

     

    Post Views: 118

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    मन्त्री पोखरेललाई प्रतिष्ठान जुम्लाको ध्यानाकर्षण

    भूमरी नामक उपन्यास सँगै क बाट कर्णाली नामक पुस्तक अर्को वर्ष ल्याउँदै राजेश विश्वकर्मा

    नालीमा मृत फेला परे ४२ वर्षीय मन बहादुर सार्की

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु

    April 22, 20260 Views
    0 Views

    भगवती आधारभूत विद्यालय शैक्षिक योजना निर्माणमा जुट्यो

    April 21, 20260 Views
    0 Views

    जुम्लामा पहिलोपटक स्वर्णप्राशन अभिमुखीकरण, बालस्वास्थ्य सुधारमा आयुर्वेदको जोड

    April 19, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.