मङ्सिर १२ जुम्ला
जुम्लामा ‘बास्तविक कर्णाली कथा संग्रह’ नामको पुस्तक सार्वजनिक भएको छ । चन्दननाथ नगरपालिका–३ का निवासी लेखक राजबहादुर शाही ‘जुम्ली राज’ द्वारा लेखिएको पुस्तक शुक्रबार एक औपचारिक कार्यक्रमबीच विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नु भएको हो ।
सो अवसरमा धावक हरी रोकाया, पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रेबिनबाबु रेग्मी लगायतको उपस्थिति थियो । लेखक शाहीका अनुसार ७ हजार ७ प्रति पुस्तक प्रकाशित भएको बताउनु भयो । पुस्तक एक सय एक पृष्ठको छ । जसमा २७ विषय समेटिएका छन् ।
कर्णाली क्षेत्रका जडीबुटी, भाषा, संस्कृति र सामाजिक विकास लगायतका विषयमा विस्तृत चर्चा गरिएको पुस्तक बजारमा पाँच सय रुपैयाँका दरले प्रति पुस्तक बिक्री भइरहेको छ । डाक्टर गोविन्द नेपालीको सम्पादन र जुम्ला बहुमुखि क्याम्पस जुम्लाका प्रमुख प्रकाशचन्द्र खत्रीको भाषिक सम्पादनमा पुस्तक प्रकाशन भएको हो ।

