आज रातिदेखि देशभर सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोगको निर्देशनअनुसार मतदान प्रक्रिया नसकिँदासम्मका लागि सवारी ‘लकडाउन’ लागू गरिएको हो ।
गृह मन्त्रालयका अनुसार अत्यावश्यक सेवाबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने छैन । एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अनुमति प्राप्त सञ्चारमाध्यमका सवारी भने सञ्चालनमा रहने जनाइएको छ ।
निर्वाचन अवधिभर शान्ति सुरक्षा मजबुत पार्न देशभरका सुरक्षा निकाय उच्च सतर्कतामा राखिएका छन् । सवारी आवागमनमा रोक लगाइएपछि सर्वसाधारणलाई आवश्यक काम समयमै व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

